यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?

Microsoft Word - Participation List Accenta 2013 Ace travels (1).docबेल्जियममा नौ दिन सम्म चलेको मेलामा नेपालीसित मोटो रकम असुले केहि ब्यापारि, ब्यवस्थापक र प्रबर्धक मिलेर । भन्ने बेला सबै नेपाल फर्किने भने । त्यो त्यतिबेला टार्नकालगि मात्रै थियो । किनकि आउने मध्ये धेरैसित मोटो रकम लिएका थिए । ब्यापार राम्रो हुने, पैसा कमाईने, युरोप स्वर्ग हो भन्दै आश्वाशन दिएका थिए । तर मेला नसकिँदै धेरै नेपाली भागे । त्यसरि मेलामा आउने नेपाली, ल्याउने नेपाली कोको थिए ? कुन कुन संस्थाका थिए ? कसरि कस्तो कागज पठाएकाले आएका थिए ? नेपाल पक्षको ब्यवस्थापन गर्नेले सार्वजनिक नगर्नुलेपनि तिनको नियत सफा थिएन भन्ने बुझिन्छ । नेपालप्लसले ति ति नेपालीको र ल्याउनेको नामावली मागेको हो । अन्यले पनि मागेका छन् । तर अहिले केहि नेपालीको नाम प्राप्त भएको छ । तर किन सबै नेपालीको नाम सार्वजनिक गरेनन् ? यो शंकाको विषय हो । समितिमा बसेका सबैले रकम असुलेका छैनन् होला । जो जसले असुलेनन् र अचानो बनाइए तिनले यसका सबै पक्ष र पाटोको सार्वजनिक गर्नुपर्छ । नत्र तिपनि स्वत : मुछिने छन् । जे होस प्राप्त भएका नामावली हेर्नुस् ।

 

तपाइँको प्रतिक्रिया