चुनावमा निस्किने नेपाली सेना चुनाव पछि फर्केला त ब्यारेक ?

Nepal-army-with-arms-01912764312हुन त मंशिर ४ मा आव्हान गरिएको संविधान सभाको दोस्रो निर्वाचन हुन्छनै भन्ने निश्चित छैन । तरपनि यहि चुनावकालागि भनेर नेपाली सेना परिचालन गर्ने निश्चित भएको छ । राष्ट्रपती सेना परिचालनको सरकारी प्रस्ताबलाई स्विकार गर्न बाध्य भए । दलहरुले चाहे अनुसार अब सेना परिचालन हुनेपनि भयो । खास गरि नेकपा-माओवादी सहितका ३३ दलले चुनावको मिति घोषणा गर्दापनि आन्दोलन गरिरहेकाले र माओवादीले जसरिपनि निर्वाचनलाई भड्काउने भनेपछि दलहरु तर्सिए । बैध्य माओवादीको निर्वाचन असफल पार्ने हुति छैन भनेर बाहिर कराएपनि उनीहरु त्रसित देखिएकैले सेना अप्रिचालनाकलागि राष्ट्रपतीसित माग गरेका हुन् । निर्वाचनकालागि मात्रै सेना परिचालन गर्ने त भनिएको छ । तर एक पटक परिचालित भएको सेना के निर्वाचनपछि ब्यारेक फर्केला त ?

संविधान सभाको निर्वाचनमा राष्ट्रिय अखण्डता, राष्ट्रियताको लागि गठित सेना निर्वाचनकालागि परिचालित गरिन्न । हुन त राष्ट्रिय हितका लागि आफ्नै देशको राष्ट्रिय सेना परिचालन गर्नु सामान्य हो भन्ने तर्क गर्नेपनि छन् । विश्वमा यसरि संविधान सभाकै लागि सेना परिचालन गरिएका घटनापनि नगण्य छन् भनिन्छ । जे होस, मंशिर चारको निर्वाचन अहिलेकै अवस्थामा सामान्य तरिकाले हुने स्थिति छैन । ३३ दल आन्दोलनमा छन् । झन आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन् ।

नेकपा-माओवादीले निर्वाचनलाई जसरिपनि भाँड्ने घोषणा गरेपछि त्यहि त्रासले नेपाली सेना परिचालन गर्न खोजिएको हो । खसगरि नेकपा-माओवादीको पोखरा सम्मेलनले संविधान सभाको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाले उनीहरुले सैन्य तयारि गर्न सक्छन् भन्ने मानसिकताले नेपाली सेना परिचालन गर्न खोजेको हुन सक्छ । तर सैन्य तयारि गरेकै हुन् भन्ने आधार भने सरकारले पुष्ति गर्न न्सकेकाले त्यो उति भरपर्दो भने यसै हुन्न । चुनाव भाँड्ने उद्घोष त उनीहरुले मंशिरकोबाट सारेर चिततिर गराउनैकालागिपनि हुन सक्थ्यो ।

सरकारले सेन परिचालनको घोषणा गरेपछि बहिस्कारबादीलाईपनि त्यहि अनुसारको तयरिकालागि उक्साउने, प्रेरित गर्ने छ । त्यो भनेको परिचालित सेनासित लड्नकालागि बिगतमा झैं जन सेनाको तयारि । उनीहरुले नेपाली सेना परिचालन हुने निश्चित भएपछि त्यसलाई टक्कार दिएर निर्वाचन भाँड्न के कस्तो तयरि गरेका छन् भन्ने त कसैलाई पत्तो भएको देखिन्न । तर यसले पक्कैपनि सैन्य बिद्रोहलाईनै बल दिन्छ ।

त्यसो त, संविधान सभाको निर्वाचनमा परिचालित सेना के निर्वाचनपछि ब्यारेकमा फर्केला त ? किनभने संविधन सभाको निर्वाचन पक्कैपनि सहज र शान्तिपूर्ण ढंगले हुने छैन । यो निर्वाचनमै दोहोरो भिडन्तका घटना हुन सक्छन् । आन्दोलनरत दल वा ति मध्येका केहिले मात्रै सैन्य तयारि गरे भने निर्वाचनपछि देशमा द्वन्द नयाँ ढंगले शुरु हुन्छ । निर्वाचनाका बेला परिचालित सेना द्वन्द अन्त्य नभएसम्म पक्कैपनि ब्यारेक फर्न मान्ने छैन । त्यो बेला सेनाले न खिलाराज न त दलहरुलाईनै टेर्ने छ । किनकि द्वन्दलाई निर्वाचनका बेला तह लगाउन निस्कने सेना द्वन्द अन्त्य नभै फर्किन नैतिकतालेपनि मिल्दैन भन्दै अगाडि बढिरहने छ । द्वन्द शुरु भएर एक पटक बाहिर निस्किएको सेना द्वन्दको अन्त्य नभएसम्म ब्यारेक फर्किन्न । यदि यो अवस्था स्रिजना भयो भने त्यसले सेना परिचालन गर्नुपर्छ भनेर उफ्रिने दलहरुलाइपनि निल्न सक्छ । देशमा झन राजनितिक संकट उत्पन्ने हुने छ । झन ठूलो द्वन्द शुरु हुन सक्छ । त्यसको जिम्मेवारि कसले लिने ? खिलाराज रेग्मीको सरकारले ? उनलाई कुर्सीमा पुर्‍याउने प्रचण्ड र उनको पार्टीले ? बिद्रोहमा निस्किनेले कि बाँकि संसदवादी दलले ?

तपाइँको प्रतिक्रिया