अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार

 

 

DSC_1061

(एसेन्टा मेलामा सात जनासित मोतो रकम असुलेर ल्याएका नेपाली दलाल, भरत सबैभन्दा दाहिनेतिरका कपाल पालेका हुन् । यिनले एसेन्टाका नेपाली ब्यवस्थापकसित मिलेर ल्याएका हुन्)

बेल्जियमको गेन्ट शहरमा आयोजित ६८ औं फ्लान्दर्स अन्तराष्ट्रिय मेला (एसेन्टा) मा सहभागी हुन आएका करिब पाँच दर्जन नेपाली मध्ये अधिकांश फरार भएका छन् । सो मेलाको नेपालका लागि संयोजक, ब्यवस्थाक र बेल्जियम भिसाकालागि सिफारिस गर्ने नेपाल उध्योग वाणिज्य महासंघका अधिकारीहरु मिलेर चर्को घूस लिँदै भिसा सिफारिस गरेका नेपाली फरार भएका हुन् । एसेन्टा मेलाको नेपालकालागि संयोजक अर्जुनकुमार श्रेष्ठ थिए । नेपालबाट सो मेलाकालागि अर्थमन्त्री डा शंकर कोइराला लगायत उध्योग वाणिज्य महासंघका कुश कुमार जोशीसहितको टोली आएको थियो । आगन्तुक र मेलामा भाग लिन भनेर करिब ६० नेपाली उपस्थित हुने एसेन्टा मेला आयोजक समितिका ब्यवस्थाक हरिकुमार शर्मा थपलियाले जानकारि सार्वजनिक गरेका थिए ।

मेलामा आउनेहरु सबै फर्किने भनेर आश्वाशन दिई दुतावासबाट भिसा लिएपनि करिब १५ जना नेपाली मेलामा उपस्थित नै नभइ फरार भएका थिए । बाँकि मध्येपनि करिब एक दर्जन नेपाली पहिलो दिन उपस्थित भएपनि दोस्रो दिनबाट स्टलमै नआइ फरार भए । यो मेला मार्फत आफ्नो ब्यापार प्रबर्धन गर्ने निहुँमा आएपनि पहिलो दिननै अधिकांशले मेला घुम्न आएका बेल्जियम निवासी नेपालीलाई ‘यहाँबाट कसरि भाग्न सकिन्छ ? बेल्जियममा कसरि कागज मिल्छ ? पोर्चुगल, नेदरल्याण्ड, फ्रान्स कसरि पुग्ने ?’ भन्दै फरार हुनकालागि सूचना मागेका थिए ।

मेलामा आउनेहरुसित सात लाखदेखि १८ लाखसम्म लिईएको थियो । गेन्ट शहरमा भएको सो मेलामा आउनेको भिसा नेपाल उद्योग बाणिज्य महासंघको सिफारिसमा लिईएको हो । वाणिज्य महासंघसँग यहाँको नेपाली ब्यवस्थापनले सहकार्य र सिफारिस गरेको थियो । भेलामा नेपालबाट कफीको प्रबर्धन गर्न भनेर आएका एक सहभागिले त्यसरि उठाईएको रकम मध्ये जनहि तिन लाख कुश कुमार जोशीले लिएका छन् । सहभागि मध्ये केहिले जम्मा छ लाख तिरेका छन् । यसरि तिर्नेहरुले आफ्नो ब्यापारको सहि कागजात पेश गरि मेलामा स्टलकालागि सिधै बुक गराएकाले हो । बाँकिले १८ लाखसम्म यहि मेलामा सहभागि दलालमार्फत बुझाएका हुन् । कला इन्टरनेशनल प्राईभेड लिमिटेड भनिने नेपालको निजि कम्पनीले १८ लाख लिएको गुनासो गर्दै आफूले त्यो रकम उठाउनपनि फरार हुनुपर्ने गुनासो स्टलका एक नेपालीले गर्दै थिए । आफ्नो एउटै टोलीका २३ जनालाई जर्मन दुतावासले एकै साथ भिसा दिएको उनले बताए । सबै नेपाली मेला सकिएपछि फर्किन्छन् भन्ने दाबी गरेपनि दोस्रो दिनबाटै नेपाली स्टल खाली हुन लाग्दापनि मेलाका नेपाली ब्यवस्थापन समितिले वास्तै गरेको थिएन । त्यसको कारण एसेन्टा मेलामा भिसा लगाएर ल्याइएकाबाट बाँडिचुँडि कमिशन खाएकाले नै हो भन्ने बेल्जियममा ब्यापक चर्चा छ । मेला शुरु भएको पहिलो दिननै भोलीबाट कसरि भाग्ने भनेर सल्लाह माग्दै स्टलमा आएका नेपालीहरु बेल्जियम निवासी नेपालीका घरघर पुगेका थिए ।

pidit

(१८ लाख तिरेर आएका नेपाली पिडित)

एक पिडितका अनुसार उनले १७ लाख तिरेर एसेन्टा मेलाको लागि आएका थिए । तर उनि मेलामा एक दिन बसे । त्यसपछि आफ्नो बाटो लागे । युरोपियन भुमिमा आफ्नो स्थायि बसोबासको लागि अहिले उनी पोर्चुगल वा स्पेन मध्ये कुनै देशबाट कागज लिने भन्दै त्यता हानिएका छन । उनले बेल्जियम आउनको लागि नेपालमै दलालसित सम्पर्क गरेका थिए । कुशकुमार जोशि संग सम्पर्क गराएको मात्रै ४ लाख रुपियाँ दलाललाई बुझाएको उनले बताए । बाकि १३ लाख यता आएवापद तथा विभिन्न प्रायोजनका लागि बुझाएका थिए । स्टलमा आएको २ दिनमै उनी आफ्नो बाटो तताइहाले ।

17 lakh

(मेलामा पहिलो दिन खिचिएको तस्विर । दोस्रो दिन यो स्टलबाट नेपाली फरार भैसकेका थिए )

एसेन्टा ब्यापारिक मेलाकालागि आएका मध्ये करिब १५ जना बिमानस्थलबाटै भागे । बाँकि मेलाका आएका मध्येपनि २३ जना त ब्रसेल्सबाटै भागेका थिए । बाँकि सहभागिपनि कोहि फ्रान्स, कोहि नेदर्ल्याण्ड, पोर्चुगल, स्पेन र इटालीतिर लागेका छन् । तर यो मेलाका लागि कागज सिफारिस गर्नेहरु भने अहिले मौन छन् । एसेन्टा मेलाको नेपालकालागि संयोजक अर्जुन कुमार श्रेष्ठ थिए । अन्यमा सहसंयोजक हरिकुमार थपलिया, स्टल ब्यबस्थापन संयोजक थिए । त्यस्तै, सदस्य सचिव शलिक गौतम र सदस्यमा गंगाधर गौतम, शिव कुमार बरुवाल, युबराज गुरुङ र जनकि गुरुङ थिए । प्रचार प्रसार संयोजक ओम शर्मा थिए । शर्मा र शालिक नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्यपनि हुन् । स्रोतका अनुसार नेपाली सहभागिहरुले तिरेको चर्को रकमबाट यि मेला आयोजकहरुले भागबण्डा गरेर लिएकाले नेपालीहरु स्टल छोडेर जाँदा वा बिमानस्थलबाटै फरार हुँदापनि मुख नखोलेका हुन् ।

त्यतिमात्रै होइन, एसेन्टा मेलामा कमाउने उद्देश्यले आयोजकले एउटा स्टलमा दुई जना सहभागि राख्न पाउने मेसो मिलाएका थिए । त्यसैले उनीहरुले नेपालबाट आउनेलाई १७ वटा स्टल छुट्याएका थिए । दलालहरुले नेपालबाट आउनेलाई बेल्जियममा फर्मुल १ भनिने सबैभन्दा सस्तो होटेल बुक गरेका थिए । यो स्तरको होटेलमा एक कोठामा दुई जना मात्रै बस्न पाइनेमा दलालहरुले चार जना नेपालीलाई कोचेर ठगेका थिए । यहि मेलाकालागि भनेर नेपाल सरकारको तर्फबाट मेला ब्यवस्थापन समितिलाई १२ लाख दिईएको अर्थमन्त्री शंकर कोइरालाले दुतावासमा आयोजित राती भोजमा बताए ।

1374402_653107448047676_1358420501_n

(कंपनीकै हैशियतले भिसा मागेर दलाली गर्दै नेपालीलाई एसेन्टा मेलामा ल्याउने कला इन्टरनेशनल नामको कम्पनी)

नेपाल–बेल्जियम दौत्य सम्बन्ध कायम भएको ५० बर्ष भएको अवसरमा यो मेलामा नेपाललाई सहभागि गराइएको थियो । एक हजार ४८ वर्गमिटरमा फैलिएको नेपाल पेभेलियनमा ३३ वटा नेपाली स्टलहरु थिए । अर्थमन्त्री शंकर कोइराला, वेल्जियमका राजाका प्रतिनिधि, वेल्जियमका उपप्रधानमन्त्री पिटर डे क्रिम,पूर्वी फ्लान्दर्स प्रान्तका उपप्रमुख,वेल्जियमस्थित नेपाली राजदुत रामणि पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीसहित करीव सात सय बिशिष्ट व्यक्तिहरु मेलाको उदघाटन समारोहमा सहभागी थिए । नौ दिन सम्म चलेको मेला गत आइतवार समापन भएको हो ।

राजदूतले देखाए कामरेडी पारा

मेला उद्घाटन समारोहमा झैं समापन समारोहका दिनपनि बेल्जियमका विशिष्ठ अधिकारीहरुलाई बोलाइएको थियो । बिभिन्न देशका राजदूत, स्थानिय ब्यापारी र बेल्जियम सरकारका बिभिन्न निकायका प्रतिनिधीहरु समापनमा आएका थिए । समापनका दिन एन आर एन बेल्जियमले नेपाल फेस्टिबल आयोजना गरेको थियो । निकै बेर महामहिम राजदूत राममणी पोख्रेललाई आयोजकहरुले कुरे । तर पछि सम्पर्क गर्दा उनले नेपाली नेपालीबिच मेला आयोजना गर्ने बारे बिबाद र खिचातानी भएकाले आफू उपस्थित हुन नसक्ने बताएर सरिक भएनन् । नेपाल र नेपालीको सेवा गर्न, नेपाललाई बिदेशमा प्रबर्धन गर्न भनेर बसेका देशका मुख्य प्रतिनिधीले यति ठूलो अन्तर्राष्ट्रिय मेलामा बिदेशी र नेपालीहरुलाई अनादार गरेकाले बिदेशीहरु चकित परेका थिए भने नेपालीहरु खिन्न भएका थिए ।

(आज २०७० साल असोज ९ को जनआस्था साप्ताहिकमा प्रकाशित/ (हेर्दै गर्नुहोला, बाँकि खबर फेरि सार्वजनिक गरिने छ, नेपालप्लसमा)

नेपालप्लसको थप

एसेन्टा मेलाको ब्यवस्थापन गर्न बनेको नेपाली समितिमा बिबाद भएको छ । समितिमा रहेका सबैले मानिस ल्याउँदा कमिशन नखाएको स्रोतले उल्लेख गरेको छ । कसैले आफ्ना मानिसहरु यहि मौकामा घुसाएको र ति चुपचाप रहेको बताइन्छ । जसले कुनै फाईदा लिएनन् र आफन्तपनि ल्याएनन् तिनले एसेन्टाको नाममा दुरुपयोग गरेको, आफ्नो नामपनि भजाएको र बेईज्जति गरेको भन्दै रुष्ट बनेको बताइएको छ । नेपालप्लसलाई प्राप्त पिडितहरुको अडियोका अनुसार एसेन्टा मेलाबाट भाग्नु अघि केहि नेपाली समितिकै सदस्यहरुकहाँ सोध्न पुगेका थिए । ति मध्ये एक शिव बरुवालपनि थिए । तर उनले बस्ने वा फर्किने भन्ने आफैंले निर्णय गर्न सुझाव दिएका थिए । बरुवालले बेल्जियममा भने अप्ठेरो हुन सक्ने सुझाव दिएका थिए । तर समितिकै केहिले भने ‘अब आइसकुनु भो किन फर्किनुहुन्छ’ भनेर आफैंले भगाउन कोसिस गरेका थिए । स्रोतका अनुसार त्यसरि सुझाव दिनेहरु मध्ये भने कमिशन खानेहरु थिए । नेपालप्लसले अर्को रिपोर्ट सार्वजनिक गर्दै छ, हेर्दै गर्नुहोला)

सच्याइएको

(नेपालप्लसमा प्रकाशित समाचारका विषयमा बेल्जियमबाट प्राप्त फोटोको दाबी अनुसार त्यसलाई आफ्नो स्रोत समक्ष बुझ्दा माथिल्ला दुई तस्बिर प्रतिबिम्ब डटनेटको भएकोले सच्याइएको छ-नेपालप्लस डट कम)

 


तपाइँको प्रतिक्रिया