एउटै गोडाले छमछमी नाच्दा युरोपभरिका मान्छे चकित
● सन्तोष न्यौपाने / बेल्जियम
के तपाइ एउटा गोडाले नाच्न सक्नुहुन्छ ? नाच्न त के तपाई सजिलोसित नाचौंला भन्ने अनुमान गर्न सक्नुहुन्छ ? सक्छु भन्ने लागेतापनि नाचेरै देखाउन चाहिँ मुस्किलनै पर्दछ । दुइ गोडाले मज्जासित नाच्न सक्नेहरुलाईपनि एउटा गोडा मात्रै टेकेर नाच्न हम्मे हम्मे पर्दछ । तर कोहि मानिस यस्ता बिलक्षण स्वभाव र आँटिला हुन्छन् कि तिनले सम्भव तुल्याइदिन्छन् । त्यस्तैमा पर्छिन् नेपाली चेली रोमा न्यौपाने । दुर्घटनाकामा परेर एउटा गोडा गुमाउन पुगेकि न्यौपानेले दुवै गोडा हुनेभन्दा शशत्त नृत्य प्रस्तुत गरेर सबैलाई आश्चर्यचकित बनाएकि छिन । उनले नेपालमा मात्रै हो र ? युरोपका अनेक मुलुकमा पुगेर । थुप्रै देशका अनेक हल र प्रदर्शनीमा छमछमी नाचेर नेपाली र बिदेशी सबैलाई चकित पारिदिएकि छन् ।
यिनै रोमा न्यौपानेले अहिले युरोपका नेपालीहरुमाझ आफनो कला प्रस्तुत गरिरहेकि छन । आफ्नो कला यसरि नेपालीहरुमाझ देखाउन पाउँदा उनि निकै खुसि छन । बेल्जियमको सबै शहरहरुमा भएका तिज कार्यक्रमहरुमा उनले आफ्नो कला प्रस्तुत गरिसकेकि छन । उनको नृत्य मन पराएर यहाँका नेपालीहरुले सक्दो सहयोग पनि गरिरहेका छन । स्वदेश देखि विदेश सम्म इटहरिकि रोमाको नृत्यले वाहवाहि पाइरहेको छ । र यसै बीच रोमाको विशेष एकल नृत्य साँझ भनेर बेल्जियम स्थित आन्त्रोप सहरमा नेपालीज विमेन सोसाइटिले आउँदो २८ तारिख शनीबारका दिन बिशेष कार्यक्रम गर्दै छ | उनको अनच हेर्ने रहर गरेरपनि नपाएका, उनको नाचको वाही वाही सुनेका र देखेकाहरुले ओ ईरिने छन् । यसले उनलाई थप हौशला त दिनेनै छ, केहि आर्थिक सहयोगपनि पुग्ने छ ।
सारि र गुन्यु चोलिमा नृत्य गर्दा एउटा गोडा छैन भन्ने कुराको भेउ नै दर्शकहरुले पाउँदैनन् । हँसिलो अनुहार । छुट्किलो ज्यान । एउटै गोडा छट्काउँदै छमछमी नाच्दा कति दर्शकलाई मेसोनै हुन्न । झन नेपाली सारीमा चट्ट सजिएर भुईँ छोला जसरि नाच्दा त ए उटा गोडा मात्रै भएको ख्यालै हुन्न । मादल र गीतको तालमा उनी मच्चिँदा दर्शकको ध्यान त्यहि नाचमा दौडिन्छ । बाँकि उनको हाउभाउमा । अनि कसले ख्याल गर्ने गोडाको ?
उनले यसरि नाच्न थालेको १० वर्ष जति भइसकेको छ । कमाइको हिसाबले उनलाई स्वदेश भन्दा विदेश विदेश बढि लाभदायक सावित भएको छ । बेल्जियममै प्रत्येक कार्यक्रमबाट कम्तिमा ६० हजार रुपियाँ नेपालीहरुले स्वच्छाले दिने गरेका छन । बेल्जियममा पनि उनको नाचबाट प्रभावित भएर धेरै नेपालीहरुले सकेको सहयोग गरे । उनलाई हौसला दिए । माया गरे । उनिसगं फेोटो खिचाउनेको तछाडमछाड देख्दा उनलाई यतिका माया पाउँछु भन्ने लागेको रहेनछ । यसलेपनि उनलाई निकै हौशला दिने गर्छ ।
यसरि गुम्यो उनको गोडा
रमा एक छ वर्षकि हुँदा कक्षा एकमा पढनुहुन्थ्यो । र उहाँ आफ्नै दिदीहरुसंग विध्यालय जाने आउने गनुहुन्थ्यो । इटहरिको जनता मावि उहाँको विध्यालय थियो । यसरि स्कुल जाने आउने क्रममा उहालाई कदिन दुर्घटनामा पर्नुभयो । देब्रे खुटटा कामनै नलाग्ने भयो । जसको कारण विराटनगरको कोशि अञ्चल अस्पतामा उपचारको क्रममा ६ महिना बिताउनुपरयो ।
त्यसपछि बैशाखिको सहायताले यात्रा थालनि गर्नुभयो । आफ्नै पति चिरन त्यतिबेला उहाँको साथि हुनुहुन्थयो । उहाँकै सहायताले नृत्यमा अगाढि बढन प्रेरित गरयो र आज यसरि देश विदेश आफ्नो कला बिदेशमा समेत प्रस्फुटन गर्न पाउनुभएको छ । सबैले अपांगहरुलाई अवसर दिनुपर्दछ भन्ने न्यौपानेको आग्रह छ ।
बेल्जियम स्थित नेपालीज वमेन सोसाइटिले उनको युरोप भ्रमणको ब्यवस्था गरेको हो । उत्त सोसाइटिले बेल्जियममात्र नभएर जर्मनि, फ्रान्स, स्विजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरुमा उनको कलालाई विभिन्न कार्यक्रम मार्फत नेपाली तथा विदेशिहरु माझ प्रस्तुत गराउने तयारिमा रहेको संस्थाकि रिता के सिले बताउनुभयो ।
रोमा यति लामो यात्रामा देश छोडेर कार्यक्रमकै लागि हिडनुभएको यस अघि थिएन । सायद त्यसैले गर्दा हुनसक्छ उहाँलाई देशको याद अघिपछिको समयमा भन्दा दोब्बर आइरहेको छ । न्यौपाने अहिलेसम्म कोरिया, इजरायल, मलेसिया, कुवेत, कतार लगायतका देशहरुमा गएर आफनो नृत्य प्रस्तुत गरिसक्नुभएको छ । सबै देशहरुबाट आएको रकम उहाँले आफ्नो साथसाथै अपागंहरुकै लागि आफुले खोलेको संस्थामा प्रयोग गर्नुभएको छ ।
‘यस्तै यस्तै सांगितिक कार्यक्रमहरुबाट आएको रकमले गर्दा आज म जस्ता अरु अपागंहरुको लागि भनेर आफैले खोलेको भ्याड नामक संस्था द्धारा सक्दो सहयोग गरेकि छु’ न्यौपानेले भन्नुभयो ‘मैले आफ्नै प्रयासबाट ठमेलमा क्याफे खोलेकी छु जसमा ३ जना अपागं साथीहरुले काम गरिरहनु भएको छ । ’अरु ठाउँमा जस्तै बेल्जियममा पनि महिला दिदिबहिनिहरुले निकै सहयोग गरिरहकोमा उहाँले कृतज्ञता प्रकट गर्नुभयो । तर दाजुभाईहरुले भने त्यति चासो नदिएकोमा अलि दुखेसो पनि उहाँको छ । ‘धेरै मानिस हिरोइन नृत्यकार तर्फ अग्रसर हुन्छन । तर म अपागं र त्यस्तो चर्चित नभएकोले धेरै चासो नदिएजस्तो पनि भान हुन्छ’ न्यौपानेले गुनासो गर्नुभयो ।








