बेल्जियमका महामहिम परक्क बाउँठिँदा अन्तर्राष्ट्रिय मेलामा नेपालको बेईज्जत

ram-mani-pokhrel-112123बेल्जियममा आज एसेन्टाको नाममा चलिरहेको अन्तर् राष्ट्रिय मेलाको समापन थियो । र थियो, यहि दिन नेपाल फेस्टिबल । बाजागाजा, संगित, संस्क्रितिको प्रदर्शनी । अनेक भेषभुषामा सजिएका नेपाली । नेपालाई माया गर्ने बिदेशी मात्रै होइन, चासो राख्नेपनि खोजि खोजि पुगे । अन्य देशका राजदूत थिए । बेल्जियमको स्थानिय पार्टीका नेता । कन्सुलरहरु । नेपालीको त बिशाल समूह सोरिएरै पुगेको थियो । बिदेशी र नेपाली सबैले महामहिम राममणी पोखरेलको खोजि गरे । पर्खिए । राजदूत आएर केहि चाखलाग्दो कुरो बोल्लान । ढाडस देलान् । समापन आफ्नै देशको महामहिमबाट गरौंला भन्दै । नेपाल फेस्टिबल त झन हरेक वर्ष महामहिमबाटै उद्घाटन र समापन गर्ने गरिएको थियो । तर नेपालको प्रवर्धन गर्न, बिदेशीलाई नेपालप्रति आकर्षण गर्न, नेपालको इज्जत राख्न, नेपालीलाइ माया दिन भनेर बसेका राजदूत बाउँठिए । सबैलाई बेवास्ता गरे । नेपालीलाइ बिदेशी विशिष्ट ब्यक्तिका अगाडि मेलामा गेस्ट अफ अनर छानिएको नेपालकै महामहिमले पिठ्युँ फर्काईदिँदा खल्लो त बनायो नै । त्यसले नेपाली र बिदेशीको अगाडि बेईज्जत गरेको अनुभव गरे ।

उद्घाटनका बेलापनि नेपालीहरुले त्यहाँका बिभिन्न क्षेत्रका पाहुना, उच्च ब्यक्तिहरुलाई निम्त्याएका थिए । अन्तर्राष्ट्रिय स्तरको ब्यापारिक मेला भएकालेपनि उच्च स्तरका अधिकारी, त्यहाँका नेता, मन्त्री र महामहिमहरुको उपस्थित बेल्जियमकै अन्तर्राष्ट्रिय मेला आयोजकले मिलाएका थिए । यो अवशरमा नेपालको प्रस्तुतिले अर्थ राख्थ्यो । किनभने नेपाललाई गेस्ट अफ अनरकको सम्मान र स्तर दिइएको थियो । तर देशको ईज्जत जोगाउन बह्नेर बिदेशमा पठाएका राजदूतहरुलेनै यस्तो अवशरको महत्व नबुझ्दा के हुन्छ ? उपस्थित नेपालीले टाउको झुकाउँदै ‘इट इज लाईक दिस, हि इज माओिस्टस् एम्बासेडर, नोट नेपाली एम्बासेडर, यो नो? सरी,’ भन्दै लुरुक्क पर्नु । बेल्जियमका नेपालीले हिजो त्यहि महसुस गरे ।

त्यसो त अन्तिम अवस्था सम्मपनि राजदूत राममणी पोख्रेल आउलान् भन्नेनै थियो । आफैंले फूल बुट्टा र फुर्का जोदि जोडि, माला र खादा ओढी ओढी उद्घाटन गरेको । यत्रो अन्तर्राष्ट्रिय मेला । नेपालीले आजै नेपाल फेस्टिबलपनि आयोजन गरेका । ‘ह्या यस्तो अबुझ त छैनन् होला है’ नेपालीले भन्दै थिए । तर आएनन् पोखरेल । अनि धेरैले भने ‘माओवादीले गतिला मान्छे बनाउन सक्या रैनछन् ।’ अर्काथरी भन्दै थिए ‘माओवादीमा राजदूत हुन लायककोपनि कोहि रैनछ । देशको त भो भो माओवादीको पनि हेर बेइज्जत ।’

नेपालीहरुले फोन रिँगाउन थाले । के भएको रहेछ भनेर बुझ्न । अनि उताबाट ‘कामरेड महामहिम’ ले जवाफ दिएछन् ‘नेपाली नेपालीबिच बिबाद छ । आफु आफुमै भाँड भैलो छ । तानातान र बिबाद छ । त्यसैले महामहिमको स्वारी हुन्न त्यस्तो बिबादास्पद ठाउँमा ।’ लाजले सबै पानीपानी भए । देशकै प्रतिनिधित्व गर्न आएको ब्यक्तिले तय्सो भनेर पन्छिन मिल्छ ? कि त्यस्ता बिबाद महामहिमले बसेर मिलाउने कोइस गर्नुपर्छ । ‘तिमीहरु लड्दै गर यो पर्वमा हाम्ले आफ्नो काम, जिम्मेवारी पुरा गर्छौं’ भनेर सहभागि हुनुपर्थ्यो ? नेपालीलाई बिभाजितपनि यिनै राजदूत बनेर आएका राजनितिक पार्टीले गराउने । नेता आउँदा गोप्य भेलापनि पुग्ने । पार्टीगत बिभेदपनि गर्ने । जातिय बिभेदका धर्कापनि सकेसम्म कोर्ने । थेप्चेसेप्चे बनेर नआउ भन्दै जनजातिलाई हेप्ने । अनि नेपाली फुटे भनेर अन्तर्राष्ट्रिय मेलालाईनै अनादार गर्ने ।

आसेन्टा मेला उद्घाटनका दिन तामझामका साथ पुगेका महामहिमले नेपाल फेस्टिबलमा नागेर नेपाली नेपालीबिच पक्षपातपनि गरे । दुतावासका कुनैपनि कर्मचारी उपस्थित नहुनु उनको पक्षपात थियो । जे होस यो मेलाले माओवादीले छानेको प्रतिनिधि, देशको प्रतिनिधीको वास्तबिक हैशियत फेरि एक पटक जोख्न पाए । त्यो भन्दा बढि हैशियत त नेपालको प्रतिनिधिको बिदेशी पाहुनाहरुले पो जोख्न पाए । उनीहरुलाई माओवादी र नेपालको कुटनितिक हैशियतको पर्दा अलिकति उचालेर चियाउन पाउँदा नाफै भो होला । तर घाटा नेपालीलाई । मेलामै बेईज्जत खपेर फर्किए ।

तपाइँको प्रतिक्रिया