पत्रकारलाई निचोरेर ककसले ठिक पार्ने भए बेल्जियममा ?

बेल्जियममा भैरहेको अन्तर्राष्ट्रिय मेलाको अवशरमा बिभिन्न संघ संस्थाका पदाधिकारिहरु भेला भए । त्यसदिन नेपाल फेस्टिबल गर्न हुन्छ कि हुन्न भन्ने मतमतान्तर पनि थियो । अर्थमन्त्री शंकर कोइरालाकै सामुन्ने । नेपाल फेस्टिबलका पक्ष र बिपक्षले नेपाली नेपाली बिचको खिचातानि र फाटो राम्रै देखाए । त्यसैको अवशरमा प्रबासी नेपाली मन्च, बेल्जियम (यस अघि नेपाली लोकतान्त्रिक मञ्च भनेर चिनिने), नेपाली उध्योग ब्यवशायी संघ बेल्जियम, एन आर एन बेल्जियम, युरो नेपाल आर्टिस्ट  एशोसिएसन बेल्जियम  लगायतका संघ संस्थाका प्रतिनिधी लगायत अन्य गन्यमान्य भनेर दाबी गर्ने नेपालीहरु थिए । त्यहि अवशरमा नेपाल पत्रकार महासंघ युरोप शाखाको चर्चा चल्यो । यो शाखा खुलेकोले धेरै पत्रकार सक्रिय भएको, आफ्ना गलत कुकर्महरु लेख्ने गरेको भन्दै केहिले तितो पोखे । यो शाखा ददि सापकोटाले खोलेर पत्रकारलाई भाँड्ने काम गरेको दाबी गरे केहिले । नेपाली लोकतान्त्रिक मञ्चका पूर्व अध्यक्ष इन्द्र ओलीले त हाकै भने ‘त्यो ददी सापकोटालाई जहाँ भेट्यो त्यहिँ निचोर्छु ।’

त्यति मात्रै होइन, १८ औं शताब्दीको कुनै तानाशाहले झैं इन्द्र ओलीले आफैंलाई सोधेर पत्रकारिता गर्नु पर्ने झैं धमाश दिँदै थिए । एसेन्टा र नेपाल फेस्टिबलको छलफल भैरहेका बेला ओलीले हाकै सोधे ‘हैन ह्याँ कसको अनुमती लिएर पत्रकारिता गरिरहेका छन् हँ ?’ त्यसपछि प्रबासी नेपाली मन्चका केहिले उनको बोलीमा सहमती जनाए ।

फेरि देखा परे, युरो नेपाल आर्टिस्ट एशोसिएसन बेल्जियमका अध्यक्ष पदम गुरुङ । उनी नेपालमा जल बिद्दुत लगानी गर्ने एन आर एन लगानी कोषका बेल्जियम संयोजक थिए । उनले ददीलाई ठिक पारिसकेको थिएँ भन्दै उक्साएका मात्रै थिएनन्, नेपाली लोकतान्त्रिक मञ्चकै एक सदस्यले दिएको जानकारि अनुसार जहाँ भेट्यो त्यहाँ फेरिपनि तह लगाउने बताएका थिए । उनले आरोप लगाए ‘त्यसले फ्रान्सदेखि आएर यहाँका पत्रकार भाँड्यो ।’

त्यो छलफलमा निश्चित तलब लिएर, श्रमजिबी पत्रकार नबने, कुनै पत्रिकामा आबद्द बनेर मासिक तलब लिने र बेल्जियमको कानुन अनुसार दर्ता भएर पत्रकारिता नगरे पत्रकार नभईने, पत्रकारिता गर्न नपाइने बताउँदै थिए । अभिब्यक्ति स्वतन्त्रता र श्रमजिबी पत्रकार नभएपनि पत्रकार बन्न सकिने कुराको ज्ञानसम्म नभएका तिनले बेल्जियममा नेपाली पत्रकारले लेख्ने सामाग्रिलाई नियन्त्रण गर्नुपर्ने बताउँदैपनि थिए । यिनका धम्किलाई अन्तर्राष्ट्रिय पत्रकार संवन्धि संस्था र मानव अधिअकर संस्थामा फोटो र अडियो सहित पठाएर जानकारि दिईने छ ।

(यो अडियो प्रबासी नेपाली मन्च, बेल्जियमकै एक सदस्यले नाम सार्वजनिक नगरिदिने शर्तमा युट्युबमा लोड गरेर उपलब्ध गराएका हुन् ।)

तपाइँको प्रतिक्रिया