युरोप बसेर पत्रकारलाइ कुट्ने र धम्काउनेहरु पर्ने भए माकुरी जालैमा
(अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधीसित बेल्जियमको ब्रसेल्समा सन्तोस न्यौपाने)
बेल्जियममा समाजसेवी, ब्यापारि, पार्टीका झोलेहरु र समाजसेवाकै नाममा समाजको बदनाम गर्ने धेरै छन् । छन त नेपालीहरु फैलिएको ठाउँ जतापनि छन् नै । बाहिर बाहिर समाजसेवा भन्छन् । भाषण ठोक्छन् । भित्रिरुपमा समाज सेवालाईनै बदनाम गर्छन् । तिनको बदनामी बाहिर ल्याउँछन् भनेर पत्रकारलाई कुटपिट गर्ने, धम्कि दिने र बाटो छेकेर सास्ति दिन्छन् । केहि समयदेखि बेल्जियमका नेता, एन आ र एनका हस्ती र समाजसेवी भनिनेहरुले पत्रकारलाई निकै धम्कि दिए । त्यस्तो पात्रमा सबैभन्दा जानकी गुरुङले नाम र प्रतिष्ठा उँचो पारेकि छन् । पछि त तिनलाईपनि माथ गर्दै पत्रकार सन्तोस न्यौपानेलाई कुटपिटनै गरे जिवन शर्मा भन्ने गुण्डाले । नेपाल पत्रकार महासंघ युरोप शाखा त छ । तर अपराधीको नामसम्म किट्न नसक्ने हैशियत भएपछि के गर्ने ? पत्रकारको सुरक्षा गर्न त परै जाओस् हमला हुँदा चुँसम्म बोल्न नसकेपछि के गर्नु ? त्यसपछि अन्तर्राष्ट्रिय निकाय समक्ष पुग्न बाध्य भए नेपाली पत्रकार । तिनलाई कारवाही गर्न अब अन्तर्राष्ट्रिय निकायको संस्थानै अघि सरेको छ ।
बेल्जियमका पत्रकार केन्जिन राईको नेत्रित्वमा केहि पत्रकार साथीहरु अन्तर्राष्ट्रिय पत्रकार महासंघको बेल्जियमस्थित कार्यालय पुगेका थिए । खास गरि पत्रकार सन्तोस न्यौपानेमाथि गत अगष्ट १९ तारिखका दिन बेल्जियमको ब्रुगे शहरमा जिवन शर्मा भन्ने हमलाकारीले गरेको आक्रमणको जानकारि दिन । शर्मामाथि कारवाही गराउन । आजसम्म नेपाली पत्रकारमाथि भएका गाली, धम्कि र आक्रमणको जानकारि दिन । तिनले सन्तोस न्यौपानेमाथि हमला गर्नेलाई कानुनी कारवाही गराउन माग गरे ।
शर्मामाथि कारवाहीको माग गर्दै न्यौपानेले बेल्जियमको प्रहरीमा उजूरी दिएका थिए । तर त्यहाँको प्रहरीले सक्रियता देखाउन ढिला गर्यो । त्यसैले उनीहरु अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्यालय, ब्रसेल्स गए । प्रहरीलाई सक्रिय गराउन आग्रह गर्न लगाए । अनतर्राष्ट्रिय पत्रकार महासंघ (आ इ एफ जे) का महासचिव वेथ कोस्टा, मानव अधिकार तथा सुरक्षा विभाग प्रमुख इन्रेस्ट सागागा र मारि लाउरे लुलेलाइ केजिन राईले घटनाबारे जानकारि दिए । उनीमाथि भएको आक्रमणको धम्कि, पत्रकार महेन्द्र पौडेलमाथि गरिएको एन आर एन बेल्जियमका सदस्यको धम्कि र गत मार्चमा ददी सापकोटामाथि गरिएको एन आर एन अध्यक्ष जानकि गुरुङ सहितको हुलहुल्लडबाज र गुण्डाहरुको समूहको आक्रमण प्रयासबारेपनि जानकारि गराए ।
पत्रकार सन्तोस न्यौपानीमाथि आक्रमण गर्ने जिवन शर्मा (तर उनले आफ्नो परिचय पत्रमा ‘घिवन’ शर्मा (Giban Sharma) हुने गरि लेखेका छन् । उनको परिचपत्र हेर्नुस् (दोस्रो तस्विरमा)। गुण्डागर्दी गर्दै आक्रमणमा निस्किएका यि जिवन शर्मा एभरेस्ट नेपाली समाजका सल्लाहकार थिए । जे होस् यि शर्मामाथि कारवाहि गर्न आवश्यक सहयोग गर्ने बचन आइ एफ जे मानव अधिकार तथा सुरक्षा विभाग प्रमुख सागागाबाट आएको छ । ‘हामी पत्रकारको सुरक्षाकालागि जे आवश्यक पर्छ त्यो सकेसम्म गर्छौं’ सागागाले बताए । अन्तरराष्ट्रिय पत्रकार महासंघले स्थानीय प्रहरी प्रशासनलाई कानुनी कारबाहीको लागि शसक्त दबाब दिन कदमा चाल्ने भनेर पत्रकार केजिन राई र सन्तोस न्यौपानेको समुन्ने स्पष्ठ पारे ।
आइ एफ जे महासचिव कोस्टाले यो घटनाबाट आफू दुखित भएको बताउदै दोषि माथि कारवाहिको लागि आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएकि छन् । विश्वका करिब पचास लाख पत्रकारहरुको सुरक्षा र पेशागत हितका लागि काम गर्छ आइ एफ जेले । आई एफजेले ति सबै पत्रकारसित ऐक्यबद्दता र समर्थनको माग गर्छ परेको बेला । र विश्वभरिका पत्रकार एक जूट भएर लाग्छन् ।
(अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधीसित बेल्जियमको ब्रसेल्समा सन्तोस न्यौपाने माथि हमल गर्नेमाथि कारवाही गर्न सहयोग माग्नुको साथी अन्य पत्रकारमाथि भएका धम्किका बारेमा जानकारि दिन पुगेका नेपाल पत्रकार महा संघ युरोप शाखा उपाध्यक्ष केजिन राई)
पत्रकार हुँ भन्दै बेल्जियमका सालिक गौतमलेझैं पत्रकारकै बिरुद्द समर्थन जुटाएर बक्तब्यबाजी गर्न प्राय पत्रकार घर घर गएर सहि गर्न लगाउँदैनन् । बिचार, आस्था र अन्य भिन्नतालाई थाँती राखेर आइ एफ जेमा आबद्द भएका वा नभएका विश्वभरिका पत्रकारहरु एकजूट हुन्छन् र प्रेस स्वतन्त्रताको लागि आवाज उठाउँछन् । बेल्जियमका नेपाली पत्रकारमाथि निरन्तर हुने गरेको हमला र धम्किलाई अब नेपाली पत्रकारहरुले त्यसैगरि अगाडि बढाउने छन् ।
पत्रकार सन्तोस न्यौपानेले नेपाएले दुतावासमक्षपनि हमलाकारिमाथि कारवाहीको माग गर्दै निबेदन दिन खोजे । नेपाल पत्रकार महासंघ युरोप शाखाका साथीहरुपनि गए । तर लिखित निबेदन दिन नमिल्ने बताएछन् त्यहाँका कर्मचारीले । बिदेशमा नेपालीमाथि परेको अन्याय र अत्याचारको बारेमा निबेदन लिन मिल्नुपर्ने हो । तर उनीहरुले किन नमिल्ने बातए बुझ्न सकिएन । तैपनि राजदूत राममणी पोख्रेलले फोन गरेरै ब्यक्तिगत र नैतिक रुपमा सहयोग गर्ने बचन दिएछन् । यो चाहिँ राम्रो हो । मिनिस्टर काउन्सिलरले ‘यस्ता घटना दुखदायी हुन् । यसले नेपाली समाजमा कुरुति ल्याउँछ’ भन्दै बेल्जियमकै स्थानिय कानुन अनुसार कारवाहीकालागि अग्रसर हुनुपर्ने बताएछन् ।
यदि एफएनजे युरोप शाखाले यस अघिका घटनामै ध्यान दिन सकेको भए यस्ता घटना दोहोरिने थिएनन् । किनकि अघिल्ला घटनामा शाखाकै केहि साथीहरुले पक्षपाती निर्णय लिएकाले यस्ता हुल्लडबाज र गुण्डागर्दी गर्नेको मनोबल बढेको हो । सन्तोस न्यौपानेमाथि यस अघिपनि पटक पटक धम्कि आएको थियो । तर धेरैले ध्यान दिएनन् । बेल्जियमका सिमित मित्र, बाहिरका केहि समर्थक र खास गरि नेपालप्लसले अन्तिमसम्म पूर्ण साथ दिएको थियो । अब त अतिनै भयो । त्यसैले अब पत्रकारहरुले आफूमाथिको ज्यादतीलाई अन्तर्राष्ट्रिय संघ संस्था मार्फतपनि पनि सहयोग लिन खोजे । बेलैमा ध्यान दिएनन् भने अब यसरि आक्रमण गर्नेमाथि निकै अप्ठेरो पर्न सक्छ । किनकि युरोपमा कुनैपनि ब्यक्तिलाई धाक धम्कि दिनु, आक्रमण गर्नु अपराध मानिन्छ । त्यस्तालाई सदस्य बनाउने, पाल्ने, समर्थन दिने संस्थालाईपनि अप्ठेरो पर्न सक्छ । नेपली समाजमा हा हु गरेकै भरले, मुड्कि उचालेकै भरले आफ्नो कब्जामा पार्छु भन्ने सोच यदि कुनै नेपालीले राख्छ भने युरोपको कानुनले त्यसलाई पुरै असत्य साबित गरिदिने छ ।
यसैसित संवन्धित तलका लेखपनि हेर्नुस्







