गौत्तम बुद्दबारे भ्रम छर्न जी टिभीमा ‘बुद्द’ कार्यक्रम

भारतीयहरुले अब गौतम बुद्दबारे झन भ्रम छर्न कस्सिएका छन् । उनीहरुले भर्खरै एउटा कार्यक्रमनै शुरु गरेका छन् । साप्ताहिक कार्यक्रम । जी टिभीबाट सञ्चालन गरिएको त्यस कार्यक्रमको नामनै ‘बुद्द’ राखिएको छ । यसको पहिलो कार्यक्रमपनि गरिसकेका छन् । यो कार्यक्रममा भारतका लोकप्रिय ब्यक्तिहरु कबिर बेदी, टिभी कार्यक्रममा लोकप्रिय भनिएका समी धर्मा अधिकारी र मिगार्दा खान जस्ता कलाकारहरुलाई संलग्न गराउने छन् ।
कार्यक्रम भएकै दिन उनीहरुले टिभीमार्फत गौतम बुद्द भारतमा जन्मिएको, भारतमै ज्ञान लिएको, भारतबाटै ज्ञान छरेको दाबी गरे । बुद्दसित संबन्धित अनेक पाटाहरुमा कलाकारलाई उतारेर त्यसबारे प्रचार गरिने छ अब । र त्यसको मूल उद्देश्य बुद्द भारतमा जन्मेका हुन्, बुद्दको जन्मस्थल भारतमै पर्छ भनेर दाबी गर्नु र भ्रम छर्नु हो । पहिलो जी टिभी कार्यक्रमबाटै उनीहरुले त्यो भ्रम छर्न शुरु गरेका छन् ।

तपाइँको प्रतिक्रिया