दुतावासदेखिनै नेपाली सशंकित, गोर्खाली सेनाको स्मारक बनाउन प्रक्रिया शुरु
● शेर ब. छन्त्याल / बेल्जियम
पहिलो र दोस्रो विश्व युद्दमा बेलायती सैनिककालागि भारतीय सेनामा भर्ति गराएर बेलायतीले नेपालीलाई युरोप ल्याए । विश्वयुद्दको लडाइँमा धेरै नेपाली मारिए । ति मारिएको ठाउँ बेल्जियमको इपरमा स्मारक बनाउने प्रयास थालियो । इपरमा मारिने नेपालीको सोधखोज, सम्झना र तिनका नाममा स्मारक बन्नुपर्छ भनेर थालनी गर्ने तमु समजले आफ्नै नेत्रित्वमा स्मारक बनाउन खोज्यो । त्यसमा एन आर एन बेल्जियमले ‘एन आर एन बेल्जियमको नेत्रित्वमा बनाउन पाउनुपर्छ’ भन्दै नेपाली दुतावासलाई उचाल्यो । भित्र भित्रै गोप्य समिति बनायो तर समिति सार्वजनिक गर्न सकेन । त्यो बिबाद लामो समयसम्मा थाँती रहेपनि अब भने तमु समाजकै नेत्रित्वमा स्मारक बन्ने प्रक्रिया अघि बढेको छ । धेरै समयसम्म मर्नेका नाममा राजनिति भएपनि अब स्मारक बन्ला र तिनको आत्मलाई, तिनलाई त्यहाँ स्मरण गर्न पाईएला भन्ने आशा बढेको हो । तमु समाज बेल्जियमको नेत्रित्वमा गठित इपर स्मारक समितिका प्रतिनिधी र इपर शहरका नगरप्रमूख (मेयर) बीच स्मारक निर्माण सम्वन्धमा औपचारिक भेटवार्ता भएपछि स्मारक निर्माण कार्य अगाडि बढ्ने आशा अंकुराएको हो ।
भेटघाटमा सिटी काउन्सिलको तर्फबाट नगरप्रमूख थिए । दोस्रो विश्वयुद्दमा मारिएका, अंगभंग भएका, बन्दि बनाइदिएका र त्यस घटनासित संवन्धित अन्य विषयमा अध्ययन अनुसन्धान गर्ने, अभिलेख गर्ने संस्था कमन वेल्थ ग्रेभका प्रमूख, प्रयटन बोर्ड इपरका प्रमूख र सिटी काउन्सिलका सचिव उपस्थित थिए । तमु समाज बेल्जियमको नेत्रित्वमा गठित स्मारक निर्माण समितिको तर्फबाट समितिका संयोजक चित्र गुरुङ, सह-सचिव निशा गुरुङ, समितिका सदस्य पीजी शेर्पा थिए ।
नेपाली दुतावास स्वयं संलग्न भई झमेला गर्ने, कुनै नेपालीलाई उचाल्ने, आफू र सरकारले सहयोग गर्न नसक्दापनि नेपालीकै लगानीमा बन्न लागेको स्मारकमा भाँजो हाल्ने गरिएकालेपनि कानुनीरुपमापनि अगाडि बढाउने इपर स्मारक समिति (नेपाली स्मारक निर्माण समिति भन्न खोजिएको) समितिले बेल्जियमकि एक अधिबक्ता राखेर कानुनीरुपलेपनि स्मारक निर्माणलाई अगाडि बढाएको छ । ति अधिबक्ता द्रीमेइकर (फोटोमा फाईल बोकेकि)पनि हिजोको बैठकमा उपस्थित थिईन् । उनले सबै नेपालीका तर्फबाट सार्वजनिक गरेरै गठन इपर स्मारक समितिले काम अगाडि बढाउन पाउने टिप्पणी गर्दै कानुनी प्रक्रियाकाबारेमा मेयर र नेपालीहरुको समितिलाई खुलस्त पारेकि थिईन् ।
।
अहिलेसम्म अनेक बखेडा झिकेर, गोप्य समिति बनाएर, ईपरमा काम भन्दा निबेदन हाल्ने र भेला हुने गरेर भाँड्दै आएपनि अब स्मारक निर्माणको कामले गति लिने बताएकि थिइन् । समितिले स्मारक निर्माणका बिषयमा आफुहरुले के कस्तो काम, जिम्मेवारी पूरा गर्नुपर्ने हो त्यो गर्न तयार रहेको आश्वाशन दिएका थिए । उक्त अवसरमा इपरका नगरप्रमूखले ‘गुर्खाज’ र बेल्जियममा रहेका नेपालीहरु बीच मुख्य गरेर आदिवासी जनजातीहरुको सहभागिताको र स्मारक निर्माण समितिको सम्बन्धको बारेमा थप जिज्ञासापनि राखेका थिए ।
सोही क्रममा उनले स्मारक निर्माण समिति प्रति अत्यन्त सकरात्मक र यो समितिलाई सहभागी नगराइ सम्वन्धित स्मारक निर्माण हुन नसक्ने हुँदाहुँदैपनि नेपाली दुतावास बेल्जियमका द्धितिय सचिव लक्ष्मण खनालले दुइ दिन पहिला सोमबार मात्र दुतावासको स्मारक निर्माणप्रति चासो र दुतावास स्वयंले निर्माण गर्न चाहेको बताएर चिठि पठाएछन् मेयर कार्यालयलाई । मेयरले त्यो सम्भव छ या छैन भन्ने जिज्ञासा सहितको अनौपचारिक पत्र मेयरको कार्यालयमा प्राप्त भएछ । त्यसपछि आजनै यो जिम्मेवारी निर्माण समितिलाई दिन नसकिने व्यवहारिक कठिनाई व्यक्त गरेका थिए, मेयरले ।
एउटै स्मारकलाई दुइवटा प्रस्ताव आएकाले यो स्मारक निर्माणमा दुतावासको चासो के हो र यदि दुतावासले साँच्चैनै स्मारक निर्माण गर्न चाहेको भए उ स्मारक निर्माण समिति सँग किन सहकार्य गर्न चाहिरहेको छैन ? यो वारेमा दुतावाससँग बुझी यथासक्य छिटो रिपोर्ट पेश गर्न निर्माण समितीको तर्फबाट सहयोग गरिरहेकी वकील योद्रीमेइकरसँग इपरका नगरप्रमूखले आग्रह गरे ।
बेल्जियमका नेपाली समुदायको बीचमा लामो समयदेखी बहसमा रहेको यो विषयलाई औपचारिक रुपमा सम्वन्धित निकायमा दर्ता गराइ आफ्नो दावीलाइ बलियो बनाउन इपर स्मारक निर्माण समिति सफल भएको छ । विगतमा दुतावासको तर्फबाट विभिन्न समयमा गरिएका दावीहरु पूरै झुट प्रमाणित भएपछि निर्माण समितिको तर्फबाट वार्तास्थलसम्म पुगेका बेल्जियमका बिभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु दुतावासको कुटनैतिक मर्यादाप्रति शसंकित भएका छन ।
त्यहाँ उपस्थित सबैले बेल्जियमस्थित नेपाली दुतावाससँग उनीहरुको तर्फदेखी कुनै वैरभाव नरहेको र यो स्मारक निर्माण समिति गठन गर्ने प्रकृया देखिनै दुतावासलाई ससम्मान स्वागत गरिरहेकाले आगामी दिनमा यो समितिलाई विना हिच्कीचाहट सहयोग गर्दा नै दुतावासको कुटनैतिक मर्यादा बढ्ने कुराको चर्चा परिचर्चा गरे ।
इपरमा मारिने र संलग्न नेपाली सेना मध्ये तमुहरुको संख्या बढि रहेको र अधिकांश जनजातिहरु रहेकाले तमु समाजकै नेत्रित्वमा स्मारक निर्माण गर्ने सहमती बिभिन्न जनजातिसित संवन्धित संघ संस्था, नेपाल जनजाति महासंघ बेल्जियम र अन्य धेरै संघ संस्थाले सहमती गरेका थिए । यसैबिच जनजाति महासंघ बेल्जियमका पिजी शेर्पाले इपरमा स्मारक निर्माण गर्दा दिईएको झमेलालाई प्रहार गर्दै आफ्नो फेसबुकमा लेखेका छन् -“हिजो जनजातिका छोराहरूलाई राज्यले कलिलो उमेरमा नै पलायन गराएर जनजातिको छोराहरू भारत र ब्रिटिशकोगोर्खाली सेना भएर बेल्जियमको इपरमामा पहिलो विश्वयुद्द र दोस्रो विश्वयुद्द लडेका थिए र आज उनै जनजातिका छोरा नातिहरू बेल्जियममा आफ्नो वीर पुर्खाहरूको सम्मान र स्मरणमाइपरमा गोरखाली सेनाको संझनामा पहिलो विश्वयुद्द स्मारक निर्माण गर्छु भन्दा अन्य ब्यक्ति र दूतावासको किन यस्तो नाङ्गो हस्तक्षेप र विना लाजश्रम तगारो बनि रहन्छन् ? हामी आफनो पुर्खाको संस्कार सम्मानमा निर्लज्ज हस्तक्षेप कुनै हालतमा स्विकार्न सक्ने छैनौं ।”
(फोटो- पिजी शेर्पा)
यहि विषयसित संवन्धित अन्य लेखपनि हेर्नुस्
गोप्यता खोलिदिने भन्दै महामहिमसित बैठकमै चर्काचर्कि
एन आर एन बेल्जियमले गर्यो आत्मसमर्पण
बेल्जियमको इपरमा टकराएको जातिय पहिचान
बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति
“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”
बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?
जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा
प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली
जनजातिकै नाम मेटाएर कसरि मान्य होला र ?
बेल्जियममा स्मारक निर्माण : केहि सुझाब
झुठो बक्तब्य जारी गर्दै दिए महामहिमले कारवाहीको धम्की
बेल्जियममा नेपाल, नेपाली र राजदूत
जनजातिका नेतालाई नेपाली दुतावासमै प्रवेश निषेध
बेल्जियमका महामहिम र छोटे महामहिमहरु







