एक वर्ष देखि नेपाली युवती बेल्जियममा बेपत्ता
● सन्तोस न्यौपाने / नेपालप्लस
एक वर्ष देखि एक नेपाली युवती बेल्जियममा बेपत्ता भएकि रहिछिन् । परिवारले कति सोधखोज गरे होला ? कति तड्पिए होलान् उनका परिवार ? पैसो कमाउन अनि ज्ञान र सिप देख्न र सिक्न भनेर छिरेकि होलिन् पक्कै बेल्जियम । तर भईन् बेपत्ता । कसले बेपत्ता पार्यो ? वा आफैंले पो कुनै अप्रिय निर्णय गर्न पुगिन् कि ? आत्महत्या गरेको भए त कतै न कतै थाह हुन्थ्यो। पार्वती ढुंगाना नामकि यि २६ वर्षिया युवती एक वर्ष भएछ बेपत्ता बनेको । तर फेला परेकि छैनन् । बेल्जियमका नेपालीहरु, त्यहाँका संस्थाहरुपनि उति जानकार भए जस्तो देखिएन यि युवती बारे । त्यसैले होला अहिले उनका बारेमा ईन्टरपोलमा तस्विर सहित राखिएछ ।
२६ बर्षिय ढुंगाना बेल्जियमको दाम्मे भन्नेठाउँबाट हराईरहेकी हुन् । हराउँदा २५ बर्षकी रहिछिन् र हराएकैपनि एक वर्ष भैसकेको रहेछ । उनको जन्म २०४३ साल माघ १० गते भएको इन्टरपोलले जनाएको छ । तर उनी कहिले बेल्जियम आईन् । कसरि कुनबाटो भएर आएकि हुन् भन्ने केहि थाह हुन सकेको छैन । बेल्जियमका कोहि न केहि नेपालीले त पक्कै चिनेको वा देखेको हुनुपर्ने हो । किनकि बेल्जियम सानो देश छ । नेपाली धेरै भएकालेपनि कतै न कतै देखभेट हुन्छ । अनि शुरुमा आउँदा नेपालीहरु सथापित नहुन्जेल सहयोगकालागि सम्पर्कमा पुग्ने भनेकै नेपालीको हो ।
नुवाकोटको तारुका रहेछ उनको घर । यि युवतीलाई फेला पार्ने, देख्ने जोसुकैले नजिकको प्रहरी कार्यलयमा खबर गरिदिनको लागि इन्टरपोलले आग्रह गरेको छ । यहाँ क्लिक गरेर इन्टरपोलको साईटमा हेर्नुस् । बेल्जियममा धेरै संघ संस्था छन् । तर नेपाली संघ संस्थासित सायद आबद्द नभएको वा नेपालीले आयोजना गर्ने कार्यक्रममा उनी सहभागि नभएकोले हो कि उनका बारेमा जानकारि भएको देखिएन ।
मैले ईन्टरनेट सर्च गर्दा गज्जबको जानकारि मिल्यो । उनले केहि तस्विरपनि राखेकि रहिछन् । उनले ओ पेयर (केहि समयकालागि कल्चर एक्सचेन्ज कार्यक्रम अन्तर्गत वालवालिका, बुढाबुढी रेचाह गर्न आउने भिसा) का लागि आबेदन दिएकि रहिछिन् । त्यो आबेदन ०१ अप्रिल २०११ मा दर्ता गराएकि रहिछन् । २३ जनवरि २०१२ सम्म उनले त्यो ओ पेयरमा आफूले आबेदन गरेको वेभ साईट हेर्दै रहिछिन् । त्यसको करिब तिन महिनापछि अर्थात् ३० मार्च २०१२ बाट उनी हराएको ईन्टरपोलको सूचनामा छ ।
उनले त्यो साईट ४८ पटक हेरेकि रहिछन् । ६६ पटक त ‘म्यासेज’ पठाएकि रहिछन् । उनले राखेको आफ्नो ब्यक्तिगत बिवरणमा एक जना भाई वा दाई भएको । १२ कक्षा पढेको । जर्मन र अंग्रेजी भाषा जान्ने । अष्ट्रिया, बेल्जियम, डेनमार्क वा युरोपको कुनै अन्य देशमा काम गर्न चाहेको उल्लेख छ । ०४ अप्रिल २०११ देखि काम गर्न आफू तयार रहेको जानकारिपनि ओ पेयर दर्ता गर्ने साईटमा उल्लेख छ । उनले आफ्नै बारेमा राखेको हुलिया र तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुस् ।
यस्सो हेर्दा भिसा सकिएपछि नेपाल फर्किनु भन्दा कतै लुकेर काम गर्न थालेकोपनि हुन सक्छ । वा भिसा सकिएपछि त्यसको जानकारि पाएर उनलाई कसैले दुरुपयोग गरेकोपनि हुन सक्छ । तर बढि संभावना चाहिँ ओपेयरको भिसा सकिएपछि उनी फरार भईन् । त्यसपछि उनलाई ल्याउने परिवारले खोज्यो । त्यो परिवार र प्रशासनबाट बच्न फरार भै भनेर इन्टरपोलमा जानकारि पो दियो कि ? किनकि ओ पेयरमा आउने थुप्रै युवतीहरु भिसा सकिएपछि त्यसैगरि भाग्ने गरेकापनि छन् ।
सायद उनको परिवार नेपालमै होला ? परिवारसित सम्पर्क टुट्यो होला । त्यसपछि मात्रै उनको परिवारले ईन्टरपोललाई खबर गरेको हुनुपर्छ । यहाँ बस्ने बैधानिक कागज वा ईजाजत अर्थात भिसा नहुने युवतीहरुलाई दुरुपयोग गर्ने गरेकोपनि प्रशस्तै छ । त्यसैले उनी साँच्चै हराएकोपनि हुन सक्छ । जे जसरि भएपनि यो दुखद खबर हो नै । तैपनि थाह पाउनुभो केहि कुरा यि चेलीका बारेमा र देख्नु भो भने खबर गरिदिनुस् है ?








