मरिचमानको आलोचना र २०४६ को आन्दोलन
● मदन बज्राचार्य
पंचायत जति प्रजातन्त्रवादीहरुको निमित असैह्य थियो त्यो भन्दा बढी पंचायतको ३० बर्ष सम्म नेपाल बाट आफुले खोजेको केहि नपाएकोमा भारतलाई असह्य भएको थियो ।
नेपाललाई आफ्नो मुठ्ठीको माखो बनाउन भारतले नेपाल र नेपालीको निमित अत्याबस्यक बस्तुहरु भारतबाटै मात्र आयात गरिनु पर्ने दवाव पंचायतको सरकारलाई दिएको थियो जसरि आज दिंदै आएको छ । त्यतिबेला नेपालले चीन बाट एन्टि यरक्राफ्टगन मगाएकोले नै भारतले नाकाबन्दी गरेको थिएन भारतको बिरोध हुँदा हुँदै पनि मरिचमानले नटेरेर तराइमा पेट्रोलियमको सम्भाव्यताको बारेमा अध्ययन र उत्खनन गर्न शेल कम्पनीलाई ठेक्का दिएकोले भारतले पेट्रोलियम प्रदार्थको खोजि गर्न चाहिने सामानहरु कलकत्ता बन्दरगाहमा रोकेर भारतले नाकाबन्दी शुरु गरेको थियो ।
मरिचमानको पालामा शेल कम्पनीले, शेरबहादुरको पालामा अमेरिकाको तेक्साना कम्पनीले मरिचमानको पालामा शेल कम्पनीले; शेरबहादुरको पालामा अमेरिकाको तेक्साना कम्पनीले (पढ्नुस http://revcom.us/a/v24/1151-1160/1154/nepalandoil.htm) र अहिले पनि तराइमा पेट्रोलियमको खोजि गर्दै गरेको बिदेशी कम्पनीहरुले पनि तराइको १० स्थान हरुमा ब्यबसायिक तवरले पेट्रोलियम निकाल्न सकिने भएको देखाउँदा भारतको बिरोधको कारणले काम अघि बढाउँनसकेको अहिलेको सरकारको खानि भिभागले समेत सार्वजनिक गरेको छ । पढ्नुस http://www.nepaljapan.com/2013/08/04/62752/
नेपालले तेश्रो मुलुकको सहायतामा तराइको ठुलो ठुलो जलश्रोत आयोजना आफैं निर्माण तथा संचालन गर्न खोजे पनि बाधा तेर्साउने, तराइमा पेट्रोल निकाल्न खोजे पनि बाधा तेर्साउने, अनि सके जत्ति बिहारीलाई तराइमा हुलेर उनीहरुलाई नेपालको नागरिकता दिनमा भारतले नेपाललाई बाध्य गर्दै आएकोछ ।
आफुलाई नेपाली हौँ भन्न समेत नचाहने, नेपालको अन्य जातिकालाई पहाडी भन्दै तराइ बाट बिस्थापित गर्न खोज्ने मधेशबादीहरु सम्पूर्ण पूरा तराइमा मात्र मधेसीको अग्राधिकार हुने मधेश जातिकै छुट्टै सेना समेत रहने भारत सित उनीहरुले नै सन्धि सम्झुता समेत गर्न सकिने र उनीहरुले चाहेमा तराइको बारेमा आत्म निर्णय समेत गर्न सकिने “स्वायत मधेस” राज्य बनाउन खोज्ने मधेशबादीहरुलाई नेपाल भित्रै र बिहारमा समेत आश्रय प्रसय दिंदै नेपालका नेताहरुलाई मधेशबादीको माग मान्न दवाव दिंदै आएकोछ ।
भारतले कि त्यस्तो गर्दै छ भनेर दिमाग खियाएर सोच्नै पर्दैन । कुरा स्पस्ट छ, तराइमा बिहारीको बहुमत बनाएर पहिला आत्म निर्णय गर्न सक्ने स्वायत मधेश अनि पछि बिहारीको जनमत बाट अपार जलश्रोत र पेट्रोलियमको भण्डार समेत रहेको नेपालको तराइलाइ अर्को सिक्किम बनाउन चाहन्छ ।
यो कुरामा जजस्ले भारतलाई बाधा गरे तिनीहरु कुनै बिरेन्द्र र मदन भण्डारी जस्तै मारिए भने गणेशमान कृष्ण प्रसाद जस्तो लेखेटिए । राजा वीरेन्द्र, मदन भण्डारी र गणेशमान भन्दा मरिचमान भाग्यमानि नै मान्नु पर्छ । किनभने मरिचमानले मात्र मर्दा राजकीय सम्मान मात्रै पाएनन् । तर बिरेन्द्र र मदन भण्डारी जस्तै मारिएनन् । त्यत्रो त्याग र संघर्ष गर्ने गणेशमानले जत्तिकै अपमानित हुनु परेन । तर के भारत र भारतको पिठ्ठु बनेको नेताहरुले सम्मान नगर्दैमा कुनै राष्ट्रवादीको अपमान हुन्छ ? गर्न सक्छ ? प्रमाण चाहिन्छ भने जनयुद्ध कालमा माओवादिले पनि मरिचमानको राजा बीरेन्द्रलाई महान रास्त्रवादी भन्न बाध्य भएबाटै मरिचमान पनि राजकीय सम्मानको पात्र नै भएको प्रमाणित हुन्छ ।





