हिमालले दिएको एकोहोरो माया जापान पुग्दा झन बढि
● डा. कृष्ण पौडेल / जापान
हिमालयको देश् । राम्रो पहाडी मुलुक् । सुन्दर देश भनेर सधै सुनिरहियो । केहि समय अघी सप्पोरो अर्थोपेडिक हस्पिटलका प्रेसिडेन्टसँग परिचय हुँदा बित्तिकै ‘नेपाल, अ ल्यान्ड अफ हाई माउन्टेनस् भने । होक्काइदो युनिभर्सिटी हस्पिटलको सेमिनारमा अमेरिकाको केन्टकिबाट आएका एक वरिस्ठ डाक्टरले म नेपालबाट आएको भन्दा हातले पार लाउदै त्यती माथिबाट जापान जस्तो तल्लो भुभागमा आउँदा गाह्रो भयो कि भनेर सोधे । मलाई भने जहिले नि यो के सोधेको होला जस्तो पनि लाग्ने । बाहिर जाँदा त कुरै त्यही ।
म सिङापुरमा छँदा राजालाई कस्ले मार्यो र हिमाल चढिएको छ कि छैन भन्ने नै पहिलो प्रश्न हुन्थ्यो । दिल्लीमा स्पाइनल इन्जुरी केन्द्रमा जाँदा त हस्पिटल लबी भरी हिमालको फोटो मात्र राखिएको देखेर म छक्क परें I क्यान्टीनको नाम नै नाम्चे बजार । हुन पनि उक्त हस्पिटलका अध्यक्ष श्री आलुवालिआ हिमाल चढ्ने पहिलो ईन्डियन टोलीमा हुनुहुन्थ्यो । उहाँकै हिमाल प्रेमले म लगायत अरु नेपालीले त्यहाँ तालिम गर्न पाएका छन । धन्य होस उहाँहरुको |
यसरि देश बाहिर हिडिने प्रत्यक पाइला पाइलामा हिमालले साथ दिएको छ र हाम्रो नाम राखिदिएको छ । संसार भरिका मनिसहरुमा हिमाल र हिमालय भने पछी एउटा बिछट्ट मोहनी नै रहेछ । नलागोस पनि किन जापानको होक्काइदोको सबैभन्दा अग्लो पहाड्को उचाई २२९१ मिटर । त्यो पनि हेर्दा त अग्लो नै देखिन्छ । तर हामीसँग ८००० मिटर भन्दा बडी उचाई भएका हिमाल नै दश वटा । आहा कस्तो मज्जा । हामिलाई केही कुराले त साथ दिएकै रहेछ । केवल समुन्द्र नदिएर भगवानले ठ्गेछन जस्तो लाग्यो ।
अहिले जापान आएको पनि प्रोफेसर अबुमिको हिमाल प्रेमको प्रभावले नै हो । उहाँ ३५ बर्षअघि देखी नेपालका हिमाल जाँदै हुनुहुँदोरहेछ । सायद जुन्को ताबेइसँग पहिलो पटक । हाम्रा उपप्रधानमन्त्री नारायनकाजीको अप्रेशन पनि उहाँले नै गर्नु भएको रहेछ । यसरी प्रत्येक पटक हिमाल भनेर मख्ख पर्न पाउँदा र आफु भने एक पटक पनि कुनै हिमालको आधार शिविरपनि नपुग्दा भने अब असजिलो महसुश भयो । मलेशियामा एक्पटक मैले कसम नै खाएँ ‘हैन अब नेपाल फर्केर त पहिला ट्रेकिङ जान्छु । ‘ उफ् ! यहाँ आएपछी फेरी उस्तै । अब त हिमालहरुनै म सँग रिसाउलान जस्तो लागिसक्यो । एक पटक आधार शिविर त पक्कै जान्छु भनेको छु । त्यो पनि खै जापIन बसुन्जेलको कसम हो कि भनेर डर पो लाग्छ ।
नेपाललाई चिनाउने अर्को चिनारी चाही मेरो विचारमा हाम्रा दाजुभाई गोर्खाली सेनाले गर्दानै हो जस्तो लाग्छ । उनिहरुको पुस्तौ देखिको रगत पसिनाले हाम्रो नाम उँचो राख्न सकेकै छ I जबकी दोश्रो विस्वयुद्द सकिएको पनि ६० वर्ष भन्दा बढि भैसक्यो । म २००७ मा एकदिन सिङापुर जेनेरल हस्पिटलमा अप्रेशनमा काम गर्दै गर्दा एक डक्टरले गोर्खाली सेनाको बारेमा गरेको बयान सम्झन योग्य छ । त्यहाँ बहराईनबाट एकजना गोर्खा सैनिक घाईते भएर अप्रेशनको लागि आएका थिए । गोर्खा सैनिकको बिरताको प्रसम्सा गर्दा आफुलाई सोही देशको मान्छे भनेर भन्न पाउदा पनि कत्रो सान ।
सिङापुर जेनेरल हस्पिटलमा एकदिन जताततै आर्मी देखिए । यसो हेर्दा मलाई अरुभन्दा फरक रौनक लाग्यो । गोर्खा आर्मी रहेछन उनिहरु र त्यहाँ सिङापुरका राष्ट्रपतिको आगमन भएको रहेछ । त्यहाँ अरु मन्त्रीहरु आउँदा अरु पल्टनकै सेना र प्रहरी हुन्छन् । तर राष्ट्रपती जस्तो बिशिस्ट सवारिमा गोर्खा आर्मी नै हुनुपर्ने रहेछ । मेरो बोस् डाक्टर जोन चेनले आफु लेबर रुम पोस्टिङ हुँदाको आनुभब सुनाउदै भन्नु हुन्थ्यो “नेपाली महिलाहरुको डेलिभेरी गराउँदा धेरै सजिलो हुने गर्थ्यो रे । किनकि ति रुने कराउने, चिच्याउने धेरै गर्दैनन् भनेर उनले सुनाए । अरु जातका महिलाहरुले बचचा जन्माउँदा रुने कराउने गरेर नदुख्ने दवाइ नै धेरै दिनुपर्ने । त्यसैले नेपाली महिला हरुमा पनि त्यस्तो धेरै सहन सक्ने र धैर्य गर्न सक्ने शक्ती हुने रहेछ ।
हामीले हाम्रो कथाहरु अरु मार्फत सुनिरहे जस्तो । गोर्खालिका विर गIथाले संसार छोएको छ जस्तो लग्छ मलाई । त्यसो त म्याराडोनाले गोर्खाली नभएर इङ्ल्यान्ड्लाई अर्जेन्टिनाले फुट्बलमा जित्न्न सकेको कुरा गरेर सबैलाई छक्क पारेका थिए १९९० तिर । यो फक्लान्ड युद्दको प्रसँगसँग जोडिएको कुरा थियो । यस्तै रहेछ्न कस्तुरिले आफ्नो सुगन्ध आफै थाहा नपाए जस्तो हामी नेपालीको कथाहरु । हामी पनि एउटा आफ्नै परिचय र सभ्यता बोकेका जाती रहेछौ संसारमा देश जती सानै भएपनी I सानै देश भएपनी अहिले नेपाली नपुगेको ठाउँनै सन्सारमा थोरै जस्तो लाग्छ । हुन पनि ३ करोड नेपालीमा १ करोड त बिदेश तिरै छन । जुन प्लेनबाट जहाँ जाँदापनि आजकाल हाम्रा दाजुभाइ दिदिबहिनीहरुसित जम्काभेट भैहाल्छ ।
तर समय र कुरा अब धाक र रवाफको मात्रै रहेन छ । कामदार्को रुपमा नेपालीहरु बाहिर जान थालेपछी अब नयाँ कुराहरु पनी हुने नै भए । गत् नोबेम्वर् महिनIमा मलेशिया जाँदा नेवानिको जहाजको अनुभब् दर्दनाक रहयो I उड्ने वा नउड्ने भन्ने नै ठेगान् नहुने रहेछ शानेवानि त । जाँदा त ढिलो गरेर पनि उडेको थियो । तर आउँदा त रात् भरि कुराएर अन्तमा रद्द भो ।
हाम्रा दाजु भाईहरुको प्लेन्मा गर्ने अभद्र ब्यवहार् पनि दुख्दायि छ् । सामान्य् सभ्य बानिबेहोरा पनि नजान्दा कतिपय ठाउमा त घृणित् पनि हुनपरेको छ् । अझै पनि सामान्य बाटो काट्ने ज्ञान् नहुँदा नेपालीहरु मरिराखेकै छन् । जहाजभरी काम गर्न हिडेका नेपाली केटा र केटीहरु हेरेर मन नरमाइलो भयो | फेरी त्यहि राजनीतिको कुरा सोच्न मन त लागेन । तर आफ्नो देश अति गरीब भएको पिडाले सताइरहयो । क्वालालम्पुर एअरपोर्टमा झरेपछी शहरको केन्द्र भागतर्फ जाँदै गर्दा देखिने भब्यता र बिशालताले फेरी आफ्नै देश सम्झायो, घरिघरि । म सँगैको साथीले भन्यो “नेपालमा यस्तो कहिले होला ? ” अनि मैले भने “सायद हामीले त यस्तो बिकास देख्नै नपाईएला । जे होस हाम्रा सन्तानले चाहि देखुन है |”
(लेखक चितवनको भरतपुर अस्पत्तालका हाडजोर्नी, मेरुदण्ड रोग विशेषज्ञ हुन् । आफ्नो पेशागत कामले जापान पुगेका बेला उनले त्यहिँबाटै यो लेख नेपालप्लसलाई पठाएका हुन् ।)





