साइवर अपराधी कांग्रेसहरुको बेल्जियममा मुकाबिला गरिने

बेल्जियमका सम्पूर्ण न्याय प्रेमी काङ्रेस्रहरु

nepalcongress-flagसंसार भरिका नेपाली काङ्रेसप्रती आस्थावान प्रजातन्त्रप्रेमी नेपाली समुदायमा बेल्जियमको जनसंपर्क समितिमा देखिएका विविध प्रकारका असन्तुस्टिहरुलाई सम्बोधन गर्ने क्रममा भएका त्रुटी र मतमतान्तरहरुको बारेमा स्पस्ट हुनुपर्ने आवश्यकता देखिएकोले यसै अपिलमार्फत यथार्थता बाहिर ल्याउनु पर्ने बाध्यता हामी माथि आइपरेको छ ।

बस्तुत : जनसंपर्क समिती बेल्जियम यहाँको हकमा स्वायत्त सामाजिक संस्था भएपनी आन्तरिक रुपमा मुलुकको प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको बिचार र निर्देशनमा चलेको संगठन हो । यस संगठनको जुन २ तारिकमा भएको तेस्रो अधिवेसनसम्म यस संगठन भित्र उकुसमुकुस भएर चुलिएका बिवादहरुलाई सम्पूर्ण प्रजातन्त्र प्रेमिहरुको भावनाको उच्च सम्मान गर्दै हाम्रै पहल र जनसंपर्क प्रमुख तथा नेपाली काङ्रेस्सका केन्द्रिय शदस्य अर्जुन कुमार जोशिको नेत्रित्व र निर्देशनमा एक हद्सम्म सहमति भएको कुरा सबैका अगाडि छर्लङ्गै छ । 

जुन २, २०१३ मा भएको महाधिवेसनको खुल्लासत्रसम्म निर्बिवाद रुपमा अधिवेसन सफल भएको तर बन्द्द सत्र नभै चुनावको मत गणनाको क्रममा दुबै पक्षका प्रतिनिधिहरु प्रत्यक्ष सङ्लग्न भै मत गनिरहेको र अध्दक्षका उमेद्वार प्रेम गुरुङले केही मतले लिडिङ गरिरहेको बेला जनसंपर्क प्रमुख रक्सिको नशाले चुर भै आँफ्नै संगठनका प्रतिनिधिहरुलाई सांघातिक आक्रमण गरी रगताम्यै पार्ने, मत गणनान भै रहेको रेस्टुरेन्ट तोड्फोड गर्ने र मत पेटिका कब्जामा लिने जस्ता अराजनैतीक तथा घ्रिणित कुकर्महरु गरेकोले प्रेम गुरुङका प्रतिनिधिहरु ज्यान जोगाउन मत पेटिका छोडिहिंडेको जगतलाई थाहा नै छ । प्रतिनिधिहरुले भोलिपल्ट मत गणना गर्ने मौखिक सहमति गर्दै प्रहरिले बाहिर घेरा हालेपछी सुरक्षित हुन बाहिर निस्किएका थिए । जुन कुरा त्यो समयका पत्रपत्रीकाबाट अवगत भएकै हो  । यदी समयमा प्रहरी नआएको भए त्यहाको स्थिती अझै भयाबह हुने थियो । मत पत्रहरु अस्तब्यस्त थिए । त्यो  बवन्डर योजना अनुसार नै गराईएको कुरालाई के कुराले पनि पुस्टी गर्दछ भने स्वघोसित जनसम्पर्क समितिले अहिलेसम्म त्यतिबेला घाइते बनाइएका आफ्नै कार्यकर्ताहरुसँग माफिसम्म मागेको छैन । नत त्यो दिनका नायकले नै पीडित पक्षसँग माफि माग्ने हिम्मत गरेका छन ।

त्यो अन्यायपूर्ण कार्यको हामीले प्रेस बिग्यप्ती मार्फत बिरोध जनाइसकेका छौ र हाम्रो तर्फबाट हाम्रा आदरणिय साथीहरुमा त्यो दिन केही मर्का पर्न गएको रहेछ भने पुन : क्षमा प्रार्थी छौ । तसर्थ जुन २ तारिक बिहान ३ बजे पछीका कुनै पनी अबैधानिक कृयाकलापहरु र कथित चुनाबी परिणाम घोषणा प्रती कुनै पनि अवस्थामा हाम्रो सहमति रहदैन र त्यसको जिम्मेवारी लिने कुरा पनि आउँदैन ।  दोहोरो सहमतिको अवस्था जुन बिन्दुबाट टुटेको छ त्यहीबिन्दुबाट नै नयाँ प्रकृयाको थालनि गरी विश्वाश टुटेको चुनाव रद्द गर्दै पुन: मतदान प्रकृया अगाडि बढाइनु पर्दछ । यो अधिकतम कार्यकर्ताहरुको माग हो । वा साझा सहमति अनुसार मतदानमा दुबै खेमाको देखिएको हैसियतलाई सन्बोधन हुने गरी बराबरिको आधारमा गरिए पनि मान्य हुने वा भावनात्मक रुपमा एकिकरण प्रकृयाका मुल्भुत आधारहरु तय गरिए ति प्राबिधिक कुराहरुमा स्वच्छ छलफल चलाऊन सकिने भन्ने हाम्रो न्याय संगत आवाज हो । तर नियम र संगठनको भावना मिचेर आएका अन्यायपूर्ण दवाबहरुको डेटर सामना गर्ने कुरामा हामीबिच कुनै फरक मत छैन ।

अर्को तर्फ जुलाई ७ को एन आर एन ए को चुनावमा कसरी जाने भन्ने बिषयमा प्रजातान्त्रिक खेमाबाट साझा उमेद्वार बनाउने प्रस्ताव हामीले राखेकै हो । तर जनसंपर्क समितिका स्वघोसित अध्दक्ष सुबाश जोशीको खेमाले बैचारिक आस्था र पार्टिको भावनाबिपरित समिकरण बनाउने अग्रसरता देखाए । जसको ईतिहासले पछी समिक्षा गर्ला नै । त्यस लगत्तै हामीले पनि लोक्तान्त्रिक समिकरण बनाइ एउटै संगठन भित्र एक अर्काको सामना गर्नुपर्ने दु:खद अवस्थालाई स्विकार्न वाध्य भयौ । चुनावमा प्रेम गुरुङ्को प्यानलले अधिकांश पदमा बिजय हासिल पनि गर्यो । हामीले चुनाव पछी पनि संगठनका मतभेदहरुलाई कसरी अन्त्य गर्न सकिन्छ भनेर पटक पटक वार्ताको प्रयासलाई जारी राख्यौ । तर उनिहरुले कुनैपनी हालतमा एकताको पक्ष पोषण गर्ने आत्मागत तयारीलाई पुस्टि गर्न सकेनन । जनसंपर्क समितिको बिधिसम्मत न्यायका पक्षधरहरुलाई पेलेरै जाने किसिमले उनिहरु प्रस्तुत भए ।

कसैले पनि आत्मस्वाभिमान र संगठानिक मर्यादालाई अवमुल्यनका साथै संगठनमा भएका अनैतीक, अव्याबहारिक र अबैधानिक कुसँस्कारयुक्त कृयाकलापहरुलाई सहन सक्ने कुरै हुँदैन । गलत प्रब्रितिसँग सम्झौता गरेर आफ्नो र हाम्रो गौरवशाली पार्टी नेपाली कांग्रेसको नैतीक रुपमा निर्धारित बाटोलाई नै अतिक्रमण गरी आत्मसमर्पण गर्नु भनेको हाम्रो पार्टिको आदरणिय नेत्रित्वपंति र महामानव बि पि कोइरालाले निर्देशन दिएको ”गलत प्रब्रितिहरुका बिरुध्द सम्झौता हैन डेटर सामना गर” भन्ने मार्गदर्शनको घोर अपमान र अवमुल्यन हो भन्ने हाम्रो ठहर छ ।

अर्को तर्फ जुलाई २९, २०१३ को दिन मिडियामा ”स्वोघोसित जनसंपर्क समिती बेल्जियमको मिटिङको हावाला दिदै कार्वाहि” शिर्सकमा आएको न्युज प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त कथित मिटिङमा जनसंपर्क समितिका उपाध्दक्ष द्वोय क्रमश: माधव सापकोटा र प्रेम गुरुङ ‘संस्थापक अध्दक्ष धुर्ब राज पौडेल, भुपु अध्दक्ष ईन्द्र पकवान, सल्लाहकार जानकी गुरुङ, तरुण दलकी भुपु केन्द्रिय उपसम्योजक तथा नेत्री सिता सापकोटा, काङ्रेसका इमान्दार कार्यकर्ता बिष्णु सापकोटालाई केन्द्रबाट बैधानिकतासमेत नपाईसकेको समितिले संगठनको कुनै पनि प्रकृया पुरा नगरिकन सत्रुतापूर्ण किसिमले एकै पटक मिडियाबाट चुनौती दिनु कती न्याय संगत कुरा हो ? न्यायप्रेमी काङ्रेसजनहरुले अवस्य न्याय गरिदिनेछन भन्नेमा हामीहरु ढुक्क छौ । त्यो कथित कार्वाहिको हाँस्यास्पद् प्रहसनले संगठनलाई मिलाउनेभन्दा पनि नेपाली काङ्रेसप्रती आस्थावान इमान्दार कार्यकर्ताहरुमा एक प्रकारको मनोबैज्ञानीक आतंक श्रीजना गरी जनसंपर्क समितिको सांगठानिक अभियानबाट अलग गराउने र मुल पार्टी नेपाली काङ्रेस प्रती नै बितिस्णा फैलाउने कुनियत द्वारा निर्देशित प्रोपोगान्डा हो जसको हामीले बिरोध गर्नु जरुरी छ ।

एन आर एन को चुनाबी हारको कुन्ठा काङ्रेसमा आस्थावान जनसमुह माथि थोपर्नु र संगठनकै साथीहरुको नाममा अनुशासनहिनताको आरोपसहित् मीडियाबाट प्रचार गराउनु गम्भिर प्रकारको साइवर अपराध हो । सामाजिक र राष्ट्रद्रोहिकै दर्जामा राखेर मीडियाबाट बदनाम गराउन खोज्नुको रहस्य के हो त्यस्को जवाफ कानुनी र साङठनिक् प्रकृयागत रुपमा दिन सक्छन वा सक्दैनन त्यो त छिट्टै नै सबैलाई अवगत हुनेनै छ । त्यो अपराधको हामीले डेटर मुकावला गर्नेछौ । र सम्पूर्ण काङ्रेसजनहरुलाई त्यस्ता असांगठानिक, अबैधानिक र शत्रुतापुर्वक गरिएका आतंकबाट बिचलित नहुन यसै बिज्ञप्ती मार्फत हार्दिक अपिल समेत गर्दछौ ।

संसारभरी रहेका नेपाली काङ्रेसजका अग्रजहरु, साथीहरु तथा हाम्रो पार्टी नेत्रित्वलाई समेत यस्ता अदुरदर्शी तथा पूर्वग्रहयुक्त प्रब्रितिबाट बेलैमा सतर्क रही न्यायप्रेमी तथा इमान्दार कार्यकर्ताहरुको आवाज प्रती सचेततापुर्वक सम्बेदनशील रहन पनि अनुरोध गर्दछौ  ।

अर्को महत्वपूर्ण कुरा, यदी उहाँहरुले आफुलाई रुपान्तरण गरी सबै कार्यकर्ताहरुको भावनालाई, पार्टीप्रतिको पवित्र सम्बन्धलाई साक्षी राखेर आफ्ना गम्भिर प्रकारका त्रुटिहरुको आत्मालोचना सहित् एकताको प्रस्तावलाइ सम्मान गर्नुहुन्छ भने बार्ता र सहमतिकोलागि हामी सदैब तयार छौ । साथै हामीले पनि कहाँ नेर कसरी कती त्याग गर्नु पर्छ साङठानिक एकताको लागि त्यस्मा कुनै कन्जुस्याइ हुने छैन । हाम्रो लागि कार्यकर्ताको भावना, हाम्रो संगठन, पार्टिको  पवित्र उद्देश्य र सपना भन्दा अर्को कुनै स्वार्थ छैन योसबैले बेलैमा बुझ्दा राम्रो हुन्छ ।

अझैपनि नयाँ शिराबाट एकताको प्रकृयालाई पुन रक्तसन्चार गर्नको लागि जुनसुकै अवस्थामा पनि छलफल, बिशेष भेला वा अन्तर्कृयाकोलागी हामी आतुर भएर बसेका छौ । तर अबैधानिक समितिका मसिहाहरुले गरेका कथित कार्वाही लगायतका हौवा र मनोबैज्ञानीक आतंकको बिरुध्द खुलेर आत्मालोचना गर्नै पर्छ र गल्तिलाई संगठनको मिटिङका अनुशासित र मित्रतापूर्ण प्रकृयाबाट पद्धतीलाई पक्रेर गर्नुपर्ने सँस्कारलाई बिकास गर्नै पर्दछ । त्यो कथित कार्वाहिको ध्वाँसले हाम्रो धैर्यताको खिल्ली उडाउने कार्य बन्द गरियोस । हाम्रो मौनतालाई कमजोरिको रुपमा नलीइयोस । यो हाम्रो चेतावनी नभै सुझाव मात्रा हो ।

बेल्जियमका सम्पूर्ण न्याय प्रेमी काङ्रेस्रहरु

बेल्जियम

 

तपाइँको प्रतिक्रिया