नेपाल जाँदै हुनुहुन्छ ? १२ कुरामा ध्यान दिनुस्

मदन बज्राचार्य

mountain-flight-nepalबिदेशबाट नेपाल जाँदा र फर्किँदा बिमानस्थल, अध्यागमन बिभागमा असाध्यै दुख पाएका कहानी सुनिन्छन् । त्यसैगरि टिकट, ब्यागेज र बिदेशी मुद्राले हैरानी दिएकोपनि खुब गुनासो सुनिन्छ । धेरैलाइ लाग्छ, विमानस्थलका कर्मचारीलेनै दुख दिने मनशायले त्यसो गर्छन् । तर सधैं त्यस्तो होइन । कतिपय कुरामा हाम्रै ध्यान नपुग्दा, गल्ति गर्नाले दुख पाइन्छ । बिदेशबाट नेपाल जाँदै हुनुहुन्छ भने कम्तिमा यि १२ लुरामा ध्यान दिनुभयो भने केहि न केहि सहज होला ।

०१. बिशेष गरेर ९११ को घटना पछि अरु देशको बिमानस्थलहरुमा पहिला दिएको सुविधाहरुमा धेरै कटौती गरे कोछ । पहिला लग्न दिने कयौं सामानहरु अचेल निषेध गरिएको छ । के कस्तो सामानहरु अचेल निषेधित छ त्यो विवरण टिकट किन्दानै बुझ्नु राम्रो हुन्छ ।

०२. हामीसित दुई किसिमको ब्यागेज हुन्छ । तौलेर जहाज भित्र पठाउने (चेक्ड-इन) र आफ्नै हातमा बोकेर आफैसित जहाज भित्र लग्ने (अन चेक्ड)। दुवै थरिको ब्यागेजको साइज तोकिएको हुन्छ । तौल बढी भए पैसा तिरेर लाग्न सकिन्छ । तर साइज ठुलो भए लग्न समेत नदिने हुनसक्छ वा चर्को अतिरिक्त चार्ज तिर्नुपर्ने हुन्छ । कुनै मुलुकबाट ब्यागेज निश्चित साइज र तौलको दुई ब्यागेज बिना शुल्क लाग्न दिइन्छ । कुनै मुलुकबाट तौलको हिसावले ब्यागेज लाग्न दिइन्छ । यो बारेमा पनि टिकट किन्दा नै बुझ्नुपर्छ ।

०४. जोखेर जहाज भित्र पठाउने ब्यागेज भित्र पनि अचेल लग्न नपाउने सामानहरु धेरै छन्; जस्तै “स्प्रे” हुने कमप्रेस्ड बस्तुहरु; केमिकल र केमिकल जस्तै देखिने बस्तुहरु । तर विवरण टिकट किन्दानै बुझ्नु राम्रो हुन्छ ।

०५. हातेब्याग भित्र तुथपेस्ट, कस्मेटिक र तरल प्रदार्थ भरिएको र खाने कुराहरु कुनै नराख्नुस । रकम, अत्यन्त महँगो गहना हिरा सुन आदि पनि तोकेको परिमाण भन्दा लग्न नपाउने हुन् सक्छ । मानि लिउँ कुनै देशले १० हजार डलर मात्रै देश बाहिर लाग्न पाउने नियम बनाएको छ भने कुनै सित त्यो भन्दा एक डलर मात्रै बढी भएमा भो म यक डलर छोडी दिन्छु भन्न नपाउने कुरामा धेरै सतर्क हुनुपर्ने हुन्छ ।

०६. कुनै पनि हालतमा जतिसुकै नजिकको व्यक्ति भएपनि आफ्नो ब्याज भित्र कसैले दिएको सामान राख्नु अघि त्यो सामान राम्रो सित निरिक्षण गर्नुस । अनौठो लागेको आफुले नचिनेको कुनै सामान नलग्नुस् ।  बिमान स्थल भित्र त कसैले दिएको कुनै सामान छुँदा पनि नछुनुस ।

०७. चेक्ड ईन ब्यागेजमा सेक्युरिटी ट्याग लगाएको हुन्छ र यस्तो ब्यागेज तौलेर जहाज भित्र पठाउँदा टिकट काउन्टरमा ती ब्यागेज आफु बिचमा रोक्ने ट्रान्जिट मुलुकमा लिने कि नेपाल पुगेपछि मात्रै लिने स्पस्ट भन्नुपर्छ । यो कुरामा गल्ति भएर चेक्ड-इन ब्यागेजको गन्तब्य अर्थात संकलन मुलुक आफु केहि घण्टा मात्रै ट्रान्जिटमा रहने मुलुक उल्लेख हुन् गएमा त्यो लिनपछि ठुलो झन्झट हुन्छ ।

०८. ब्यागेज चेक्ड इन गरिसकेपछि जति वटा ब्यागेज चेकइन गरेको हो त्यतिनै वटा ब्यागेज ट्याग दिइन्छ । ती ट्यागहरुमा ब्यागेजको तौल र कुन मुलुकमा कलेक्सन गरिने लेखिएको हुन्छ । त्यो विवरण ठिक छ छैन हेरेर सम्हालेर राख्नुपर्छ ।

०९. भुल बस गन्तब्य स्थानमा पुगेपछि आफ्नो ब्याजेज हराएको देखीए तुरन्तै सम्बधित अधिकारीलाई सुचित गरेर पिआइआर फर्म भरिहाल्नु पर्छ । त्यती बेला हराएको ब्यागेजको ट्याग नभई हुँदैन । त्यस्तो अबस्थामा बिमान कम्पनिबाट केहि राहत रकम वा क्षतीपूर्तीपनि पाउन सकिन्छ ।

१०. बिचको मुलुकमा केहि दिन बस्ने गरि जाने वा आउने यात्रुहरुले बिचको मुलुकको भन्सार पार गर्नु अघि आफु सित भएको बिदेशी मुद्रा कति छ र कति सम्म फेरी साथमा फर्काउनु सकिन्छ भनेर बुझ्नुपर्छ । त्यो संवन्धि प्रक्रिया पुरा गरेर डिक्लेरेशन प्रमाण लिएरै मात्र भन्सार पार गर्नुपर्छ । आफु सित महँगो अतिरिक्त घडी गहना, ठुलो रकम वा भन्सार लाग्न सक्ने बस्तु आदि भए सकेसम्म बिचको मुलुकको भन्सार पार गर्नुपर्ने गरि यात्रा नगर्नुस । त्यस्तो मुलुकमा ट्रान्जिट बनाएर मात्रै यात्रा गर्नुस ।

११. कुनै बेला नेपाल जाँदा हामि ड्युटि फ्री नभएको मुलुक जस्तै दिल्लीमा दुई चार दिन बस्ने गरि जाने भए कुन कुन ब्यागेज दिल्लीको बिमान स्थलमा कलेक्सन गरिने र कुन कुन  ब्यागेज नेपालमा लिने स्पस्ट सित पहिलो उडानको निमित बोर्डिंग पास लिने बेलानै भन्नु पर्छ । दिल्ली भित्र (वा बिचको कुनै मुलुक भित्र) दुई चार दिन बस्ने हो भने दिल्ली सहरमा लगिने ब्यागेज भित्र केहि जोर लुगा र दैनिक रुपमा प्रयोग हुने केहि सामान मात्रै हुनुपर्छ । भन्सार लाग्ने कुनै सामान हुनु हुँदैन । हातको ब्यागेज भित्र पनि भन्सार लाग्ने बस्तु, बहुमुल्य गहना अतिरिक्त घडी आदि हुनु हुँदैन ।

दिल्ली बिमान स्थल बाहिर लगिने ब्यागेजमा भुलबस भन्सार लाग्ने सामान, गहना आदि देखीए दिल्ली अध्यागमन पार हुनासाथ् भन्सार काउन्टर जानु अघि ट्रान्जिट गोदाममा केहि शुल्क तिरेर डिपोजिट गरि हाल्नुस । त्यसो गर्नुभयो भने दिल्लीबाट फर्कने बेला लिन सकिन्छ ।

सबै भन्दा होसियारी आफु सित धेरै बिदेशी मुद्रा भएमा त्यो बारेमा पहिलानै दिल्लीको बिमान स्थलको अध्यागमन पत्र र भन्सारमा स्पष्ठसित डिक्लेयर गर्नुपर्छ । यसमा चुके दिल्लीबाट फर्कंदा बिदेशी मुद्रा गैरकानुनी रुपमा भारतबाट तस्करी गर्न खोजेको आरोप लाग्ने हुन्छ । यसो भएमा ठुलो समस्या मात्रै होइन जेल सेल पनि जानु पर्ने हुन्छ ।

१२. ट्राभेल चेक र ब्यागेज ट्याग को नम्बर टिपी राख्नुस ।

 

तपाइँको प्रतिक्रिया