बेल्जियममा नाच्दै गाउँदै बाढी पिडितलाई सहयोग
दार्चुलाबासी नेपाली घरबार नभएर भौंतारिएका छन् । केटाकेटी कतै रुखका सियालमुनी छन् । कोहि खाने चिज नभएर त्यसैको खोजिमा सरकारी निकाय धाउँदै भौंतारिएका छन् । अघिल्लो दिनसम्म हरभरा छोडेको बारीसमेत बिहान उठ्दा घरबार बाढिले लगिदिएर एकै छिनमा सुकुम्बासी बनेका छन् । यस्तो बेला के नाच्नु ? के गाउनु ? के रमाईलो गर्नु ? नेपालीको घरबास उठ्या बेला हामी चाहिँ के नाच्ने गाउने हो ? कसैकसैको यस्तो पनि सुनिन्छ प्रतिक्रिया । र अक्किल जान्ने हो भने, सकारात्मक सोच निकाल्ने हो भने र दुखमा परेकालाई साथ दिउँ आफुपनि रमाउँन त भन्ने हो भने नाच्दै गाउँदैपनि सहयोग गर्न सकिन्छ । दुखिहरुको दुख, पीडा र आँशुमा साथ दिन सकिन्छ । बेल्जियमस्थित जनप्रगतिशिल मोर्चाले त्यहि अक्किल निकालेको छ । नाच्दै गाउँदै बाढि पिडित नेपालीलाई सहयोग संकलन गर्ने । पर्सि १४ जुलाई आइतवारका दिन उनीहरुले बेल्जियमको आन्तरपेन शहर स्थित नर्ड पार्क २०६० मा बारबाक्यु गर्दै केहि रकम संकलन गर्ने योजना बनाएका छन् । त्यहि अनुसार बेल्जियमबासी सबै नेपालीलाई आव्हानपनि गरेका छन् ।
त्यति मात्रै होइन, अहिले बेल्जियमबासी नेपालीहरु ब्यापक रुपमा फुटेको अवस्था छ । अनेक संस्थाका एक पछि अर्को निर्वाचनले बिभाजित भएका छन् नेपाली । त्यसैले यतिखेर सहमती, सहकार्य, मित्रवत छलफल र निकटताकोपनि खाँचो छ । आखिर त्यहिँ बस्नुपर्छ । त्यहिँको समाजमा घुलमेल हुनै पर्छ, जुन जुन संस्था, पार्टी र समूहमा भएपनि । फरक फरक बिचार, राजनितिक आस्था, समूह र संगठनका अलग मानिसहरुसित सहकार्य र सहमतीकोलागि के गर्ने ? कसरि गर्ने त ? सबै एक ठाउँ भेला हुने र सँगै खाने, बस्ने, नाच्ने, गाउने र गफगाफ, भेटघाटलाई तिब्रता दिने । यस्तो प्रयासले न सहमती, मिलनको शुरुवात हुन्छ ।
बेल्जियममा बिभाजित नेपालीहरुले यो दिन बारबाक्यु खाँदै, नाच्ने र गाउने गर्दै यो प्रयासको थालनी गर्न सक्छन् । एन आर एन बेल्जियमको निर्वाचनपछि झन चारतिर बाँडिएका नेपालीका मनहरु यहाँ एकिक्रित भएर मित्रताको थालनी हुन सक्छ । त्यसैले अहिलेको अवस्थामा खाने पिउने, रम्ने र रमाउने मात्रै नभएर यसले बेल्जियमबासी नेपालीबिच मित्रता र सहकार्यकालागि साझा चौतारीको कामपनि गर्छ । उता आफुलाईपनि रमाईलो हुने र नेपालका बाढि पिडितलाईपनि आर्थिक सहयोग पुग्ने ।
आखिर जिवन त सबैको चल्नै पर्छ । एकथरी मानिस बाढी र पहिरोले पिडित भए भनेर सबै ति सँगै बसेर रुने, कराउने र दुखि बन्नु त पक्कै राम्रो होइन । बरु बाँकि नेपालीहरु सुखि र खुशि रहेर दुख पाउनेलाई जे सकिन्छ सहयोग गर्ने हो । त्यसले नै दुखिका मनमा थोरै भएपनि खुशि दिन, शान्त पार्न सकिन्छ । देश परदेश भएका नेपालीलेपनि हाम्रो दुखसुखमा साथ दिए भन्ने पर्छ, पिडितहरुलाई । यस्तो कार्यक्रमले सबैलाई फाइदा गर्छ ।
त्यहाँ सहभागि हुन मोर्चाले यस्तो आव्हान गरेको छ
सहभागी हुनेहरु मध्यको माग र सर्बसाधारणको सुबिधालाइ मध्येनजर राख्दै आउदो १४ तारिख आइतवारका दिन बाढीपिडित सहयोगार्थ नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमले आयोजना गरेको समर बार बि क्यु कार्यक्रम नर्डपार्क, २०६० अन्त्वेर्पेनमा हुने व्यहोरा जानकारी गराउन चाहन्छु । बेल्जियम स्थित नेपालीहरु, नेपाली संघ संस्था लगायत को उपस्थिति को लागि सार्बजनिक तथा संस्था गतरुपमा जानकारी गरीसकेका छौं । यदि कोहि छुट्नु भएको मा यसैलाई जानकारी मान्दै उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
प्रेम पाठक
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
समय – दिन को १३ बजे , आइतवार
मिति – १४ जुलाई २०१३
स्थान : लिंक रोवर , नर्ड पार्क, अन्त्वेर्पेन
प्रवेश शुल्क -१५ यूरो
बार बि क्यु स्थलका आकर्षणहरु –
१. बिसुद्द मनोरन्जनात्मक
२.विभिन्न खेलहरु तथा पुरस्कार को व्यवस्था
३. मनोरम पानोरमा दिर्श्य अवलोकन
४. पौडी खेल्नको लागि नजिकै स्विमिङ्ग पुल ( यसको प्रवेस सुल्क अलगै तिर्नु पर्ने छ )
५.स्वादिस्ट पोलेको मासु तथा बिबिध /





