कलम चलाउने स्विजरल्याण्डका पत्रकार खेलमापनि अगाडि

nepali-community-switzerland-12

सधैं कलम चलाउने, समाचारका पछाडि दगुर्ने नेपाली पत्रकार स्विजरल्याण्ड भने खेलकुदमापनि दक्ष देखिएका छन् । अर्थात कम्तिमा स्विजरल्याण्डको नेपाली समाजमा ति दक्ष देखिएका हुन् । स्वैजरल्याण्डमा भएको नेपालीहरु बिचका बिभिन्न समूहमा भलिवल खेलको प्रतिस्पर्धा गर्दा पत्रकारहरुले सबैलाई उछिनेर प्रथम भएका हुन् । त्यहाँबाट चलिरहेको स्विस नेपाल डट कम त्यो प्रतिस्पर्धामा प्रथम भएको हो । तर स्विस नेपाल डटकमको टिममा अन्य केहि नेपालीपनि सहभागि भने भएका थिए । 

कला, संस्कृति , खेलकुदको सम्मान गरौ र नेपाली, नेपाली बिच खेलकुद मार्फत सद्भाब र सम्बन्ध स्थापित  गरौ भन्ने उदेस्यका साथ  नेपाली जनसम्पर्क समिती स्वीटजरल्याण्डको आयोजनामा  यहि जुलाई ०६ तारिख शनिवारका दिन स्वीटजरल्याण्डको जुरिच शहरमा तेस्रो  अन्तर नेपाली रनिङ शिल्ड भलिबल प्रतियोगिता सफलता पुर्बक सम्पन्न भएको छ ।

स्वीटजरल्याण्डका बासेल टिम, जुरिच टिम, लुर्जेन टिम र स्विस नेपाल डट कमको टिम गरि चार टिमको सहभागिता रहेको थियो | कार्यक्रमका प्रमुख अथिति नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डका सल्लाहकार  सुमन वाग्लेले  सर्भिस  गरी  उद्घाटन गर्नु भएको उक्त प्रतियोगिता लिगको आधारमा खेलाईएको थियो ।

nepali-community-switzerland-13

प्रतियोगिताको उद्घाटन खेल  बासेल टिम र जुरिच टिम बिच भएको थियो । एकदमै प्रतिस्पर्धात्मक रुपमा भएका लीग चरणका खेलहरुमा बासेल टीम र लुर्जेन टिमलाई पराजित गर्दै स्विसनेपाल डटकम टिम र लुर्जेन टिम र स्विस नेपाल डट कम टिमलाई पराजित गर्दै जुरिच टिम  ६, ६ अङ्कका साथ फाईनलमा प्रवेश गरेका थिए भने लीग  चरणमा बासेल टिमले जुरिच टिमलाई र लुर्जेन टिमले बासेल टिमलाई पराजित गरेका  थिए |

स्विटजरल्याण्डको विभिन्न स्थान बाट आएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थितिका बीच  अत्यन्त प्रतिस्प्रधात्मक रुपले सम्पन्न भएको फाईनल खेल बेस्ट अफ फाईभको आधारमा खेलाईएको थियो | बेलुकी २२.०० बजे सम्म चलेको  फाईनल खेलमा  ३-२ सेट ले जुरिच समूहलाई पराजित गर्दै स्विस नेपाल डटकम टिमले तेस्रो अन्तर नेपाली रनिङ शिल्ड भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रथम हुँदै  स्विस नेपाल डटकम टिमले  रनिङ शिल्ड सहित स्विस फ्रान्क ६ सय पदक र प्रमाण पत्र हात पारेका थिए भने  दोस्रो स्थान प्राप्त गरेको  जुरिच टिमले  ४  सय फ्रान्क, पदक र प्रमाणपत्र हात पारेका थिए ।

खेल पश्चात पुरुस्कार बितरण कार्यक्रम् सुरु भएको थियो | नेपाली जनसम्पर्क समितिका  सह-महामन्त्री  प्रेम सापकोटाले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष रामकुमार महतोले गर्नु भएको थियो । उक्त अवसरमा  एनआरएन स्वीटजरल्याण्डका सस्थापक अध्यक्ष संजय मुड्भरि, नेपाली जनसम्पर्क समिती स्वीटजरल्याण्डका निवर्तमान अध्यक्ष गुणराज शर्मा, एनआरएन स्वीटजरल्याण्डका उपाध्यक्ष धर्म गुरुङ ,कार्यक्रम संयोजक लोकेन राना, जनसम्पर्क समिती स्वीटजरल्याण्डका सल्लाहकार हिरा लाल श्रेष्ठ, स्विसनेपाल डटकमका दिपक शर्मा खतिवडा, नेपालस्विस डटकमका राजेश खड्गी  स्विस निकोका दिर्घ श्रीस मगर लगायतलाई आसन ग्रहण गराईएको थियो  |

nepali-community-switzerland-14

दोस्रो हुने समुहलाई कार्यक्रम संयोजक लोकेन राना र सल्लाहकार हिरालाल श्रेष्ठले  पदक र  प्रमाण पत्र वितरण गर्नु भएको थियो भने प्रथम हुने समुहलाई अध्यक्ष रामकुमार महतो र निवर्तमान अध्यक्ष गुणराज शर्माले पदक र प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने नगद पुरुस्कार कार्यक्रम संयोजक लोकेन रानाले दोस्रो हुने जुरिच समूहका क्याप्टेन तेंजिग शेर्पा लाई र अध्यक्ष  राम कुमार महतोले प्रथम हुने स्विस नेपाल डटकमका विदुर संग्रौलालाई प्रदान गर्नु भएको थियो |

अन्तमा कार्यक्रमको आकर्षण रहेको रनिंग शिल्ड अध्यक्ष रामकुमार महतो र प्रायोजक अराउ समाजको तर्फ बाट गुणराज शर्माले सयुक्त रुपमा प्रथम हुने स्विस नेपाल डटकमका टिम क्याप्टेन निरञ्जन श्रेष्ठलाई प्रदान गर्नु भएको थियो | उक्त अवसरमा  कार्यक्रमका संयोजक  लोकेन रानाले   कार्यक्रमलाई सफल पार्न व्यवस्थापनमा सहयोग गर्नु हुने  र उपस्थित सबै लाई स्वादिष्ठ खाना र फलफूल उपलब्ध गराउनु हुने  दल बहादुर पुन, सुरज श्रेष्ठ, दिर्ग श्रीस  मगर लगायत  तेंजिग शेर्पा, निर्मला मानन्धर, लक्ष्मी प्रसाई, तिलक थापा, लक्ष्मी महतो, दावा ल्माहू गुरुंग, जमुना प्रसाई प्रायोजक सुमन वाग्ले, धर्मं गुरुंग ,पेय पदार्थ प्रायोजन गर्ने एनआरएन स्वीटजरल्याण्ड साथै  खेलाडी  र उपस्थित सबैलाई  धन्यबाद् दिनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै  समितिका अध्यक्ष महतोले प्रतियोगितामा सहभागी भई सफल रुपले सम्पन्न गर्न सहयोग गर्नु हुने   रेफ्री, दर्शक र खेलाडीहरु लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै आगामी वर्षहरुमा पनि यसरी नै प्रतियोगिता संचालन गर्दै जाने जानकारी दिनु भयो |

तपाइँको प्रतिक्रिया