स्वदेश फर्किन घुस लिएपछि साउदी अरबमा कुटाकुटा

अपडेट : अबैधानिक रुपमा साउदी अरबमा बसिरहेका बिदेशी कामदारलाई आममाफी दिने समय चार महिना बढेको छ । साउदी अरबमा लुकिचोरी बसेका, काम गरेका गैह्रकानुनी आप्रवाशीलाई आममाफी दिएर स्वदेश फर्किन आव्हान गरेको समय यही बिहीवारसकिनै लाग्दा त्यहाँको सरकारले फेरी चार महिना थपिदिएको हो ।

रकम राई / साउदी अरब

nepalis-immigrants-in-saudi-arebiya-embassyसाउदी सरकारले गैह्र कानुनीरुपमा बसेका बिदेशीलाई आम माफी दिँदै आ आफ्नो देश फर्कन दिएको मौका सक्किँदै छ । त्यहाँको सरकारले बिभिन्न तरिकाले लुकेर बसेका, त्यहाँ काम गर्ने र बस्ने इज्जजत नभएर वर्षौंदेखि देश फर्किन नसकि बसेकालाई आफु कुन देशको नागरिक हो त्यो प्रमाणित गरेर फर्किन पाउने मौका दिएको हो । यसकालागि कुनै रकम लाग्दैन । तर दाललहरुले यहि कामकालागिपनि चर्को रकम लिएर, घुस लिएर फर्काएका छन् । महिनौं कुर्दापनि कोहि आफ्नो देश फर्किन पाएका छैनन् भने कोहि पाँचै दिनमा मिलाएरपनि धमाधम घर फर्किएरहेका छन् ।

साथीहरुले सुझाव र लहै लहैमा लागेर मैपनि २५ महिना जति भयो साउदीमा लुकेर काम गरेको । तर अहिले स्वदेश फर्किन मलाई गाह्रो भैरहेको छ । आम माफी भनिएको छ । तर भने जस्तो सजिलो छैन । अनेक ब्यवधान र चरण पार गर्नुपर्छ फर्किनलाई । पहिलो कुरो त फर्किने सबै प्रक्रिया पुर्‍याउन असाध्यै ढिलो गरिरहेको छ ।

बाहिरबाट हेर्दा खासै देखिन्न । तर स्वदेश फर्किन चाहनेबाट भित्र भित्रै पैसा खाइरहेका छन् । एक देखि दुई हजार रियाल तिरेका छन् दलाललाई । त्यसरि घुस दिनेलाई पाँच दिन भित्रैमा स्वदेश फर्किने ब्यवस्था मिलाइदिएका छन् । तर जसको पैसा छैन, जसले तिर्न सक्दैन उ महिनौंसम्म लाईन लागेर बस्दापनि जान पाएको छैन । केहि सोध्यो भने यस्तै हो, हुँदै छ भनेर टार्ने गरेका छन् । मैलेपनि घुस दिएको छैन । त्यसैले मेरोपनि काम ढिलो भैरहेको छ । तैपनि दुई हप्ता जतिमा चाहिँ नेपाल पुगौंला भनेर दौडधुप गरिरहेको छु ।

दलालहरुले पैसा त लिएका छन् । तर कसले लिएको छ भन्ने थाह पाउन सकिएको छैन । दलाले पैसो लिन्छ तर त्यो कसकसले मिलेर खान्छन्, कोको संलग्न छन् भन्ने गोप्य राखेका छन् । साउदीको प्रहरीले मात्रै खाएको छ कि ? कागज पत्र मिलाउन साउदीस्थित नेपाली दुतावासलेपनि खाएको छ कि साउदी प्रहरीसित मिलेर भन्ने थाह पाउन सकेका छैनौं ।  यहि विषयलाई लिएर नेपालीहरुलाई स्वदेश फिर्ता पठाउन बसेको दाममस्थित शाखामा भनाभन र झगडा मात्रै भएन कि कुटाकुटा नै भयो । नेपालीले स्वच्छ हुनु पर्‍यो । दुतावासले ख्याल गर्नुपर्‍यो भनेर आवाज उठाए तर त्यसले केहि फरक पारेको छैन । दुतावासले यस्तो कुटाकुट हुने सम्म स्थिति हुदापनि खासै वास्ता नगरेकाले दुतावासपनि मिलेको छ कि भन्ने आशंका नेपालीले गरेका छन् ।

जुन देशमा जहाँ पुगेपनि हामी एशिअयलीको मानसिकता नबदलिने रहेछ । देशमा दुख पाएर आएका छन् ज्यामी, सिकर्मी, डकर्मी कम गर्न । मजदूरी गरेको पैसाले अहिले घुस तिरेर नेपाल फर्किन खोज्दै छन् । उता घुस तिरेर बिदेश आयो । अहिले यताबाट फेरी घुस तिरेर नेपाल फर्कियो । यो घुस लिने र दिने काम नेपाली, बंगाली, अपकिस्तानी र भारतीयहरुलेनै गरिरहेका छन् । आफ्नै देशका दाजुभाईहरुलाई बिदेशमापनि ठग्ने काम आफ्नै देशकाले गर्दापनि दुतावास रमिते बनेको छ । तर यसको सुनुवाई कसले गर्ने ? नेपालीहरु कहाँ रुन जाने ?

(तस्विर : स्वदेश फर्किनका लागि दमाममा जम्मा भएर बसेका नेपाली । तस्विर नवराज काफ्लेको फेसबुकबाट लिईएको हो ।)

तपाइँको प्रतिक्रिया