एन आर एन बेल्जियमले गर्‍यो आत्मसमर्पण

अनुप शर्मा / बेल्जियम

Iper-belgium-11212लामो समयदेखि बखेडा झिकेको, किचकिच गरेको र पाएसम्म पेल्न खोजेको विषयमै एन आर एन बेल्जियमले आत्मसमर्पण गर्‍यो । राजदूतलाई उचाल्दा, जनजातिलाई भड्काउन र फकाउन खोज्दापनि कुनै सिप नलागेपछि एन आर एन ए बेल्जियम हात झिक्न बाध्य भएको हो । पहिलो र दोस्रो विश्व युद्दमा बेलायती पल्टनकालागि भारतीय सेनामा रहेर लड्न आएका नेपाली बेल्जियमको ईपरमा मारिए । तिनको नाममा स्मारक बनाउने भनेर लामो समयसम्म रस्साकस्सि चल्यो । बेल्जियममा त्यो स्मारक कसले बनाउने भनेर दुई खेमामा बिभाजित भए त्यहाँका नेपाली संघसंस्था । त्यो रस्साकस्सीमा नेपाली दुतावासपनि मुछियो ।

नेपाली कांग्रेसको देउवा पक्ष भनिने, एकिक्रित नेकपा माओवादी र अन्य केहि संस्थासहित एन आर एन बेल्जियम एक पक्षमा उत्रिएको थियो । एन आर एन बेल्जियमले जसरिपनि एन आर एनलेनै बनाउनुपर्छ भन्दै दाबी गरेको हो । बेल्जियमका नेपाली राजदूतपनि त्यहि समूहमा मिसिए । अर्कोतिर नपल आदिबासी जनजाति महासंघ, ड्यास माओवादी र संघिय समाजवादी पार्टी तमु समाजले निर्माण गर्नुपर्छ भन्ने पक्षमा देखिएका थिए । अन्तत : एन आर एन बेल्जियमले त्यस मुद्दामा घुँडा टेकेको बैठकबाटै पास गर्‍यो ।

एन आर एन बेल्जियमकै नेत्रित्वमा त्यो स्मारक बनाउन भनेर भित्रभित्रै एउटा समिति बनाइएको थियो । हौवा पिटियो, ५५ सदस्यिय छ भन्दै । तर बाहिर नाम त्यो समितिमा संयोजक जानकी गुरुङ र क्रिष्ण तिवारीको सचिवका रुपमा सार्वजनिक गरियो । बाँकि बाहिर आएन । आज आज भोली भोली भन्दै नाम सार्वजनिक गर्नै सकेनन् । तर एन आर एनलेनै बनाउनुपर्छ भन्दैपनि आए । उता बेल्जियमका नेपाली राजदूत राममणी पोखरेलपनि ‘एन आर एन बाहेक कसैको नाममा सहमती गर्न सकिन्न’ भन्दै कार्यक्रममा उचालिने गरे । तर गत हप्ता एन आर एन बेल्जियमको बैठक बसेको थियो । त्यहाँ एन आर एनको आगामी निर्वाचन लगायतका मुद्दामा छलफल भयो । केहि निर्णयहरु गरिए । एन आर एनका सल्लाहकार नेपाली जनसंपर्क समितिका निवर्तमान अध्यक्ष गंगाधर गौतमले एक्कासि त्यो दिनको बैठकमा ‘ईपेरमा निर्माण गर्ने भनिएको स्मारकका विषयमा एन आर एन बेल्जियमले हात झिक्नुपर्छ’ भन्दै सुनाए । गौतम एन आर एनले गठन गरेको स्मारक निर्माण समितिलाई सुझाव दिन बनेको समितिका प्रमुख थिए उनी । एन आर एनले स्मारक बनाउन दुतावास र तमु समाज लगायत बेल्जियमका अन्य संघ संस्थासित समन्वय गर्ने, के कसरि बनाउने भनेर बनाएको समिति बनाएको हो, गौतमलाई प्रमुख जिम्मेवारी दिएर । त्यहि टोली प्रमुखका हैशियतले उनले एन आर एनले ईपेरबाट हात झिक्नुपर्ने बहादुरीपूर्ण निर्णय गराएका हुन् ।

अचम्म भन्ने कि चाखलाग्दो कुरो के भने एन आर एन बेल्जियमलेनै ईपेरमा स्मारक बनाउनु पर्छ भन्दै आएकि त्यस समितिकै संयोजक जानकी गुरुङ आफैंलेपनि त्यो बैठकबाट हात झिकेको घोषणा गरिन् । उनले बैठकमा भनेकि थिईन् ‘स्मारक बनाउने विषयमा एन आर एनको बिबाद तमु समाज बेल्जियमसित होइन । एन आर एन बेल्जियमले तमु समाजले स्मारक बनाउनुहुन्न भनेकै छैन । तमु समाजको बिबाद त राजदुतावाससित हो ।’ अब एन आर एनको स्मारक समितिकै संयोजकले बिबाद दुतावास र तमु समाजका बिचमा हो, हामीसित होइन भनेपछि नेपाली राजदूतावासले भन्नु पर्छ ‘तमु समाजलाई त्यो स्मारक बनाउन दिने हो कि होइन ? स्मारक निर्माणका लागि अबको बिबाद खासै नदेखिएपछि नेपाली दुतावासले बाटो खोलिदिन्छ कि खोलिदिन्न ? एन आर एनका लागि सहमती गर्न सकिन्छ भनेका थिए राजदूतले । एन आर एनलेनै हात झिकेपछि के अब त्यो स्मारकनै बन्न नदिने कि तमु समाजले बनाओस् भनेर सहयोग गरिदिने ? राजदूत पोखरेलको परिक्षाको घडी हो यो ।

बेल्जियमका नेपाली राजदूत राममणी पोखरेलको भूमिका सबै नेपालीका लागि समान देखिएको छैन । उनी राजदूत भन्दापनि पार्टी कार्यकर्ताझैं प्रस्तुत हुने गरेको गुनासो ब्याप्त छ । जनजातिहरुलाई टाढा राख्ने, चिढ्याउने र तिनका कार्यक्रम बहिस्कार गर्दै आएका छन् । उनले पहिचान पक्षधरलाई अल्ग्याउने गरेका छन् दुतावासका कार्यक्रममापनि । गणतन्त्र दिवस मनाउन दुतावासले आयोजना गरेको कार्यक्रममापनि उनले पहिचान बिरोधीहरुलाई छुटाएनन् । त्यस दिन नेपाली कांग्रेसको गंगाधर पक्ष भनिनेहरु, राप्रपा नेपालका प्रतिनिधी, एमाले र एकिक्रित नेकपा माओवादीका कार्यकर्ताहरुको बाक्लै भिड जम्मा पारेका थिए । तर संघिय समाजवादी पार्टी, नेपाली जनप्रगतिशिल मोर्चा र नेपाल आदिबासी जनजाति महासंघकाहरुलाई भने बोलाएनन् । नेपाली जनताले तिरेको करबाट उठेको रकम उनले पहिचान बिरोधीहरुलाई निकट बनाउन खर्च गरेको गुनासो धेरैले गरेका थिए ।

उनले एन आर एनकै एक कार्यक्रममा केहि महिना अघि जनजातिहरुलाई ‘जातिपाति भएर नआउनुस्’ भन्दै अनादार गरेका थिए । त्यसको चौतर्फी तिब्र बिरोध हुँदै आएको थियो । तर दुई साता अघि नेकपा एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमको अधिबेशनमा सच्याउने कोसिस गरेका थिए । उनले भनेका थिए ‘म जाति र तपाई पाति । अनि जातिपाती भएन त ? मैले त्यसरि पो भनेको त कुनै जातजातिलाई होच्याउन भनेकै होइन । म जनजाति बिरोधीनै होइन ।’ तर काम भने उनले जनजाति बिरोधी गर्दै आएका छन्, मुखले बल्ल ‘म जनजाति बिरोधी होइन’ भनेपनि ।

किन यति बिघ्न बिरोधी बने त जनजाति मामिलामा बेल्जियमका राजदूत ? कुरो सोझो छ । उनी एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ठाडो आदेशमा बेल्जियमका राजदूत नियुक्त भएका हुन् । गत संविधान सभाको निर्वाचनमा नेकपा माओवादीको ४५० सिट थियो । यो भनेको पहिचान पक्षधरको बहुमत पुग्ने अवस्था हो । संविधान सभामा माओवादीले पहिचान सहितको संविधान बनाउनकालागि मतदानमै गएको भएपनि जित्ने निश्चित थियो । तर किन गएन ? किन झुलाउने, रोक्ने र अल्झाउने गर्दागर्दै संविधान सभा डा बाबुराम भट्टराईले भंग गरिदिए ? किनभने पहिचान सहितको संविधान नबनाउन भारतले दबाब दिँदै आएको थियो र त्यहि निर्देशनमा माओवादीले त्यसो गरेको थियो । तर अहिले माओवादी नेता प्रचण्डले पूर्वी पहाडी भेगका कार्यक्रममा सहभागि हुँदा तत्कालिन सभामुख सुभासचन्द्र नेम्वाङलाई दोष दिएका छन् । नेम्वाङले संविधान सभाको बैठक बोलाइदिएनन् भन्ने बहाना बनाउँदै । तर  नेकपा माओवादीले संविधान सभाको बैठक कहिले र कुन दिन उनलाई बोलाउन भन्यो र उनले टेरेनन् त ? प्रचण्डले आफ्नो पार्टीले भारतीय दबाबमा पहिचान सहितको संविधान बनाउन नचाहेर त्यसको दोष नेम्वाङमाथि थोपरेका हुन् । अब बेल्जियमका नेपाली राजदूत राममणी पोखरेल तिनै प्रचण्डका विश्वासपात्र, एकिक्रित नेकपा माओवादीका कार्यकर्ता । कसरि उनले पहिचान पक्षधरलाई नजिकको, निकटको ब्यवाहर गर्छन् ?

नेपाली दुतावासले आयोजना गर्ने कार्यक्रममा उनले बेल्जियमका स्वच्छ र धेरैले रुचाएका, बिबादरहित, सामाजिक संस्थालाईनै छुटाउने गरेका छन् । पहिचानका पक्षमा रहेकालाई नबोलाउने गरेपनि उनले निहुँ चाहिँ एमालेको कार्यक्रमा के पारे भने ‘मसित अरुको सम्पर्क, फोन थिएन । दुतावासको बेभसाईटपनि बिग्रेकोले सम्पर्क गर्न सकिन ।’ केहि मुलुक हेर्न बसेको कूटनितिक निकायका प्रमुखले यस्तो हास्यास्पद स्पष्ठोक्ति दिएका थिए । ‘मसित जजसको सम्पर्क छ उसलाई बोलाएँ ।’ पहिचानका पक्षधर भनिनेको उनीसित सम्पर्क नहुने । बिरोधीजति सबैको सम्पर्क हुने ? उनी कुन पक्षका रहेछन् भन्ने के यसैले देखाएन र ?

आफुलाई रिस उठ्दा उनले तमु समाज, जनजाति महासंघ, एन आर एन बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पा, जनप्रगतिशिल मोर्चाका प्रेम पाठक, जनजाति महासंघका कूल मगर, मेख घले लागयतलाई नाम तोकि तोकी गाली गर्ने गर्थे । आफ्नो आलोचना गर्ने केहि नेपालीको त उनले नामै किटेर नेपाल सुपुर्दगी गरिदिने धम्किसम्म दिएका थिए । धाकधम्कि दिन र तर्साउनु पर्दा सम्पर्क हुने, चिन्ने । तर दुतावासले आयोजना गर्ने कार्यक्रमकालागि चाहिँ सम्पर्क नहुने ? नचिन्ने ? देशको राष्ट्रिय सम्पत्ती सकेर गरिने कार्यक्रममै देशको प्रतिनिधीले यसरि भेदभाव गर्न मिल्छ ?

दुतावास किन बस्छ बिदेशमा ? नेपालीहरु दर्ता होउन कि नहोउन् । आफ्नो कार्यक्षेत्रका नेपालीको रेकर्ड राख्ने काम दुतावासको होइन ? के दुतावास भनेको गोरालाई भिसा दिने र नेपाली कार्यक्रममा गएर रिबन काट्ने, नेपाली कार्यक्रममा लाग्ने प्रवेश शुल्कपनि नतिरि अतिथिका रुपमा पस्ने, सताउने मात्रै हो ? सत्य के हो भने उनी नेपाली कांग्रेस, एमाले र एकिक्रित नेकपा माओवादीको कार्यक्रममा उद्घाटन गर्नपनि पुग्ने गरेका छन् । तर चितवन सहायता कोष, म्याग्देली समाज, युरो कलाकार संघ र नेपाली ब्यापारीहरुको बेल्जियमस्थित संस्थाले निम्ता दिँदापनि उनी जान छोडेका छन् । जनजातिका कार्यक्रम त उनले बहिस्कारनै गर्दै आएका मात्रै छैनन् कि जनजाति र पहिचान पक्षधरलाई त उनले सकेसम्म किनारानै लाउँदै आएका छन् ।

यदि उनी सच्चिएका हुन्, उनले ‘म जनजाति बिरोधी होइन भनेर पछिल्लो समयमा घोषणा गरेझैं यदि साँचो हो भने अब ईपेरमा बनाउने भनिएको स्मारकमा उनको भूमिकाले स्पष्ठ पार्ने छ । किनभने उनले सहमती गरेको एन आर एनलेनै इपेरमा बन्ने स्मारकबाट हात झिक्ने भनेपछि अब दुतावासले तमु समाजका पक्षमा सहयोग गरेर उनले आफु जनजाति बिरोधी नभएको सिद्द गर्नुपर्ने छ ।

यहि विषयसित संवन्धित अन्य लेखपनि हेर्नुस्

बेल्जियमको इपरमा टकराएको जातिय पहिचान

बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति

“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”

बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?

जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा

प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

जनजातिकै नाम मेटाएर कसरि मान्य होला र ?

बेल्जियममा स्मारक निर्माण : केहि सुझाब

झुठो बक्तब्य जारी गर्दै दिए महामहिमले कारवाहीको धम्की

बेल्जियममा नेपाल, नेपाली र राजदूत

जनजातिका नेतालाई नेपाली दुतावासमै प्रवेश निषेध

बेल्जियमका महामहिम र छोटे महामहिमहरु

तपाइँको प्रतिक्रिया