भियनामापनि मनाईयो धुमधामले नयाँ वर्ष

शिव सापकोटा  /भियना, अष्ट्रिया

319900_10200979465798521_1964582762_n

मध्य युरोपको भियना शहरमा नेपालीहरुले धुमधामले मनाए नयाँ वर्ष । शनिबार साँझ नेपाली सामाजिक तथा साँस्कृतिक समाज अस्ट्रियाका अध्यक्ष धुर्ब पौडेलको अध्यक्षतामा भएको ऊक्त कार्यक्रममा बिभिन्न खालका न्रित्यहरु देखाइयो ।

529250_10200979460958400_2031677596_n

धेरै समयको अन्तरालमा सांस्क्रितिक कार्यक्रम भएकोले पनि दर्शकहरु खचाखच थिए ।

529352_10200979044948000_1011900327_n

कार्यक्रमको सन्चालन शिव सापकोटा र रिमा बिष्टले गरे । स्थानिय नेपाली कलाकारहरुको हरुको आकर्षक निर्त्यले दर्शकहरुलाई जुरुक्क जुरुक्क बनाएको देखिन्थ्यो ।

544918_10200979469998626_363542172_n

कार्यक्रममा बिभिन्न भेषभुषाका नेपाली पहिरनहरुको संयोजन गरेर नेपालकै झल्को दिईएको थियो ।

549153_10200979043027952_1402859492_n (1)

अध्यक्ष पौडेलले, एन आर एन अस्ट्रियाका अध्यक्ष प्रभाकर घले, दिपक मल्ल, हरि राणा र अस्ट्रियन नागरिक डा।बेर्नहार्ट फुचेलाई दोसल्ला ओडाएर सम्मान गरे । यो उहाँहरुको नेपाल र नेपालीप्रतिको सह्राहनिय कामको मूल्यांकन र कदर थियो ।

563585_10200979047068053_1786146363_n

कार्यक्रममा कलाकार जपन राई, मुना गुरुङ, मैना गुरुङ, दिक्षा थापा, श्रेया खड्का, नबिन कार्की, मन्दिर थापा, रिमा बिष्ट र सुरज राईले निर्त्य देखाए । सुजता गन्धी र सुस्मा गुरुङले भने मिठा गीत गाएर रमाइलो बनाए ।

तपाइँको प्रतिक्रिया