बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी
बेल्जियममा नेपालप्लस बिरुद्द २२ संस्थाले खेद र बिरोध गरेको भनिएपनि त्यो झुठ रहेछ भन्ने एक पछि अर्को पर्दाफास भैरहेको छ । आजै चितवन सहायता कोषले एक बिज्ञप्तीनै जारि गरेर बिरोध गरेपछि त्यसको पर्दाफास भएको हो । त्यसैगरि एन आर एन बेल्जियमले आफ्ना अनियमितता र नकाम लुकाउन, थर्काएर, तर्साएर र धम्काएर पत्रकारलाई तह लगाउन सकिन्छ कि भन्ने उद्देश्यले अर्का एक पत्रकारलाई चिठी नै काटेर “फलानो ठाउँमा उपस्थित हुनु’ भन्दै जंगबहादुर शैलीमा ठादो निर्देश दिएको छ । यसको फेरी तिब्र बिरोध भैरहेको छ ।
चितवन सहायता कोषका अध्यक्ष रामहरी घिमिरेले आज एक बिज्ञप्ती जारे गर्दै भनेका छन् “केहि त गरौ भन्ने सामाजिक भावनाबाट अभिप्रेरित भएको यस सस्थाले हाल आएर बेल्जियम नेपालीहरुको अर्थात बेल्जियम नेपाली सस्थाहरु प्रति एक आपसमा बैमनश्यता ल्याउनका आफ्नो व्यक्ति गत फाईदा या बेफाईदाको निमित्त नितान्त निस्वार्थ सामाजिक संस्था चितवन सहायता कोषलाई समेत विवादको घेरामा राख्ने प्रयास गरिएको भएता पनि त्यस बिज्ञप्ति प्रति हाम्रो यस संस्था, संस्थामा आवद्ध पदाधिकारी लगाएत यस सस्थाका सम्पूर्ण शुभईच्छुक साथीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।”
बिज्ञप्तीमा संस्थालाई केहि ब्यक्तिगत स्वार्थाका लागि मुछे काम गरेको भन्दै अगागि भनिएको छ “बेल्जियममा नेपाली सस्थामा लागेका जिम्मेवार साथीहरुले आफ्नो व्यक्तिगत फाईदा तथा कुनै एक ब्यतिगत प्रयोजनको निमित्त सस्थाका जिम्मेवार व्यक्ति लाई अन्य अर्थ लगाई या अन्य विश्लेषण गरि गराउनु भएकोमा हामी ज्यादै दुखित भएका छौ । साथै आगामी दिनहरुमा यस सस्थाले आफ्ना परोपकारी र बेल्जियममा नेपाल र नेपालीका लागि गरिने हितका कार्य बाहेक अरु कसैका ब्यतिगत बक्तब्य बाजिका का निमित्त हाम्रो सहमति नरहने समेत जानकारी गराउँछौं ।”
स्रोतका अनुसार उता बेल्जियममा बसेरपनि सक्रिय पत्रकारिता गरिरहेका अर्का पत्रकार महेन्द्र पौडेल लाई आजै एक पत्र लेखि १० मार्च २०१२ मा बिहान ९ बजे बाट एन्टेर्पेन को यति हाउसमा सम्पन्न हुने एन आरएन ए बेल्जियमको बैठकमा उपस्थितीको लागि एन आर एन बेल्जियमकि अध्यक्ष जानकि गुरुङ र महासचिव शिव बरुवालको नामबाट पत्र काटिएको हो । महेन्द्र पौडेल एन आर एन ए बेल्जियमको कार्यसमितिमा छैनन् । तर उनलाई एन आर एन बेल्जियमको कार्यसमिति बैठकमा उपस्थिति भन्दै बोलाइएको हो । त्यो स्थल एन आर ए बेल्जियमको कार्यालय हो वा होइन भन्ने पनि उल्लेख छैन । यस विषयमा बुझ्न खोज्दा महेन्द्र पौडेलसित नेपालप्लसको सम्पर्क हुन सकेको छैन ।
स्रोतका अनुसार यस्तै पत्र क्रिष्ण प्रसाद रेग्मीलाईपनि काटिएको छ । रेग्मी एन आर एन मेडिया टास्कफोर्सका सदस्य हुन् । तर आफ्नो सामाजिक सञ्जाल फेसबूक मार्फत रेग्मीले त्यसको ठाडो प्रतिबाद गरेका छन् । एन आर एन ए बेल्जियमलाई किन सहयोग गर्ने भन्ने विषयमा उनले केहि गम्भिर प्रश्न एन आर एन ए बेल्जियमम्लाईनै सोधेका छन् ।
मलाइ सार्वजनिक रुपमा सोध्न मन लाग्यो त्यो सस्थाको तलका कुन चै अभियानमा साथ खोजेका हुन ।
१ पत्रकार कुट्ने अभियानमा ?
२ जनजातीहरुलाई खेद्ने र भिडाउने अभियानमा ?
३ राजदतको चाकडी गर्ने अभियानमा ?
४ कथित नेपाल हाउसको नाममा लुट्ने अभियानमा ?
५ इपरमा मरेका सैनिकको नाममा लुछाचुडी गर्ने अभियानमा ?
६ एउटा व्यक्तिका लागि मिलेर वसेका सस्थाहरुलाइ भाट वनाएर लडाउने भिडाउने अभियानमा ?
७ संस्थाको वेवसाइट वेचेर खाने अभियानमा ?
८ संस्थाको सदस्यता वापतको रकम झ्वाम पार्ने अभियानमा?
९ संस्थाको कथित साधरण सभामा मिडियालाइ सत्तोसराप गर्ने अभियानमा ?
१० संस्थालाइ व्यापार व्यवसायमा लगाउने अभियानमा ?
११ कार्यसमितिको केन्द्रीय सदस्यलाइ प्रहरीले पक्रदा चुक नवोल्ने तर कुनै व्यक्ति विशेषका नाममा एयरपोर्टमा नेपाली राष्ट्रीय झण्डा वोकेर वेइज्ययत गर्ने अभियानमा ?
१२ खल्तीमा वेल्जियमको नागरिकता हालेर नेपालको राजनीति गर्ने अभियानमा ?
१३ एउटा संस्थाको दुइ वर्ष सम्ममा वेवसाइट समेत वनाउन नसक्ने अभियानमा ?
१४ एनआरएनका नाममा गुण्डा परिचालन गरि धम्काउने अभियानमा ?
१५ वा त्यो —— अभियानमा ? इत्यादी
मलाइ माफ गर्नुस महासयहरु म माथीको कुनै पनि अभियानमा तपाइहरुलाइ सहयोग गर्न असमर्थ छु । चेतना भया ।
बेल्जियमका केहि स्रोतले नेपालप्लसलाई दिएको जानकारि दिए अनुसार कार्यक्रम हलभित्रै पत्रकारलाई धम्काउने र सामाजिक बेईजति गर्न खोज्ने एन आर एन ए बेल्जियमका पदाधिकारीहरुको नियत हेर्दा महेन्द्र पौडेलले आफुलाई सुरक्षित भएको महसुस गर्न सकेका छैनन् । त्यहि अविश्वशनियताको कारण देखाउँदै उनले त्यसरि आफुसित कुनै सरसल्लाह नगरि ठाडो आदेशमा बैठकमा बोलाएकाले अस्विकार गरेका छन् ।
एन आर एन ए बेल्जियमले आफ्ना सदस्यलाई छलफलका लागि बोलाउनु अन्यथा भने होइन । आवश्यक सरसल्लाह, छलफल, बहस र मैत्रिपूर्ण मत मतान्तरबाटै समस्याको निराकरण गर्न सकिन्छ । तर सार्वजनिक हितका विषयमा उनले लेखेका विषयहरुलाई कुनै ब्यवशायिक थलोमा पत्रकारलाई उभ्याएर सोधपुछ गर्ने कानुनी निकाय एन आर एन बेल्जियम होइन । सार्वजनिक महत्वका त्यस्ता विषय सार्वजनिक रुपमै स्पष्ठ पारिनु पर्दछ । पत्रकारहरुले असुरक्षाको महसुस गरिरहेका बेला तिनको सुरक्षाको सुनिश्चितता पहिलो शर्त हो । यस्ता पत्र काटिँदा सरोकारवालासित सरसल्लाह र समयको उपलब्धताको ख्याल नगरि जंगबहादुर शैलीमा ठाडो आदेश दिइँदैन ।
यस विषयमा सामाजिक सञ्जाल फेसबूकमा ब्यक्त केहि प्रतिक्रिया हेर्नुस्
सोमना थनेत थारु (नवलपरासी सहायता समाजका महासचिव)
साथीहरु यो सस्थालाई व्यक्तिगत प्रयोजनको लागी प्रयोग नगरौ । सामाजिक सस्था भएको हुँदा सामाजिक , सामुहिक र सस्थागत निर्णय मात्र सस्थाको आधिकारिक हुन्छ । व्यक्ती पिच्छे विग्यप्ती निकाल्ने हो भने दर्जनौ निस्केलान । एन आर एन को आर्थिक हिनामिनाको विवादमा हाम्रो सस्थालाई नमुछौ । भर्खरै स्थापना भएको सस्थालाई विवादमा लैजाने हाम्रा अध्यक्षको कार्य भर्तसना गर्न लाएक छ ।
सन्तोष न्यौपाने (पत्रकार)
संस्थामा सबै भन्दा ठुलो कुरा पारदर्शिता हो भन्ने मेरो बुझाई छ । जहाँ पारदर्शिता हुँदैन त्यहाँ सधैं येस्तै हुने गर्दछ । अनि जसले औला उठाउँछ उसको औला काट्ने प्रयास गरिन्छ । ताकी किन औला उठ्यो ? के कमजोरी ? या समाधान के ? भन्ने तर्फ ध्यान नै जाँदैन । बिधिबाट चलेको संस्था सधै अगाडी हुन्छ । ब्यक्ति बाट संचालित संस्थामा सधै कचकच नै हो ताकी त्यो कहिल्यै पनि निर्मुल हुँदैन ।
तरुण पौडेल (पत्रकार)
छानबिन आयोग गठन हुनुपर्छ । नत्र बेल्जियम बन्द गरिन्छ ।
सरोज क्षेत्रि
अभियान कति धेरै रहेछन
भवि कोइराला
नेपालीहरुको राष्ट्रिय पहिचान हो कि मित्र ?
दिर्घ श्रेष्ठ
संसारमा कहिँ नदेखेको धर्मको नाममा उधारो दान पहिलो पटक बेल्जियम मा देख्दा सारा आस्चर्य चकित हुनु स्वाभाविक नै थियो । त्यसमापनि सस्तो हल्का लोकप्रियता लागि मिडिया प्रयोग गरि आफ्नो नाम अग्रज स्थानमा लेखाउन तँछाड मँछाड नै भाको थियो । अझै भन्दै छन् हामी बाचा पुरा गर्दछौ । के को गर्नु नि बाचा पुरा ? लिएको पैसा हिसाब किताब पारदर्शी हुन, बिगत कार्यकालको हिसाब हस्तानान्तरण हुन बर्सौ लाग्छ भन्ने यहाँ उधारो उठ्ने कता बाट ? र सरोकारवाला संचालक कमिटिकाले अहिलेसम्म आफ्नो उधारो दानमा छुट नै पाय जस्तो छ भने अरु को अगाडी सर्नु ? अब बन्ने नै बालुवाको घर न हो जस्तो नेपालको संबिधान बनाएरै छोडे जस्तो क्या ।
डम्बर अर्याल
अति राम्रो । आति सुन्दर । मेरो नि यहाँहरुलाइ यि माथिका सबै बुदामा सहयोग गर्न असमर्थ रहेको जान्कारि गराउँदछु । असहयोगको लागि क्षमा प्रार्थि छु ।
प्रकाश जिजिच सुनुवार
कुनै पनि माध्यमद्वारा प्रेस माथि हुने हमला लज्जास्पद हो । त्यसको बिरोध हुनु जरुरी छ ।
छन्त्याल कान्छा
यी बेल्जियमका डाँकाहरुलाई अझै नङ्ग्याउदै लग्नुपर्ने देखिन्छ । अझ भएन भने कानूनी तरिकाले उपचारपनि गर्नुपर्ने देखिन्छ ।
राम किरन तामाङ
हो तर निस्पक्ष पत्रकारिता गर्नु पर्छ डराउनु पर्दैन । हामी पनि सथ दिन्छौं ।
मिलन शर्मा (पत्रकार)We want Press freedom too !
उज्ज्वल केसी (पत्रकार, कलाकार, भिडियो निर्माता)
यो एफ एन जे यूरोपमा किन बनाएर खडा गरिएको हो यसको अर्थ र औचित्य पुष्टी हुन नसकेको भान हुँदैछ ? यो कुनै पदाधिकारीलाई यूरोप सयर गराउन या कुनै नेताको अगाडी ढाँड मर्काउनलाई खडा गरिएको हो र ? कतैबाट जवाफ पाईन्थ्यो कि ?
पूर्ण बन्धन
उज्वल जीको प्रश्नको उत्तर त मलाइ पनि थाह छैन । तर ददीजीले उठाएको प्रशंग भने कतै न कतै नेपालीले भोग्दै गरेको मिडिया ज्यादतिको परिणति हो, जो राजनैतिक पक्षपातका अधिनमा पत्रकारिता गर्दछन्, तर त्यसको परिणाम स्वतन्त्र र जीवन्त पत्रकारिता गर्नेहरूले भोग्ने गरेका छन् । वास्तवमा पत्रकारिताको व्यावसायिक नैतिकतामा रहेर पत्रकारिता गर्ने हरेक स्वतन्त्र पत्रकारहरूले भोग्ने गरेको यो धाक र धम्किको कहालि लाग्दो अवस्था यूरोपमा पनि भोग्नु पर्ने ? लैा न ददीजी अब त चूप लागेर नबस्नु है ? उचित कदम चाल्नु तनिकमात्र पनि नहिच्किचाउनु होला, मात्र स्वतन्त्र पत्रकारिताको इतिहास रच्नका लागि ।
चितवन सहायता कोष बेल्जियमको प्रेस बिज्ञप्ती
प्रवासमा रहेर पनि आफ्नो मातृ भुमी अझ आफु जन्मेको जन्म स्थान प्रति केहि गरौ भन्ने हेतुले बिदेशमा रहेका चितवन बासीहरुको सामुहिक पहलमा २००५ मा स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमले नेपाल को चितवन जिल्ला लगाएत नेपालका अन्य स्थानमा समेत विभिन्न परोपकारी काम गर्दै आएको सबै नेपाली का माझ जगजाहेरै छ । हाल आएर गत वर्ष २०१२ मा चितवन सहायता कोष बेल्जियमले नेपालमा करिव रु २७,००,००० (सत्ताईस लाख) बराबरको एक परोपकारी अक्षय कोष को स्थापना जस्तो महान कार्य गरेको सर्व बिधितै छ। बेल्जियमको व्यस्त बसाई संगसंगै यहाका नेपालीहरुको मन जित्न सफल भई उनै नेपाली हरुको सहयोग बाट नेपालमा दुखि, गरिव, असाहय पिडित बालबालीकाको स्वास्थ्य, शिक्षाको निमित्त हातेमालो गर्दै आएको यस सस्थाले भविष्यमा झन् ठुलो महत्वकांक्षी योजना समेत को लागी बेल्जियम बासी नेपाली हरु बाट अझै ठुलो अपेक्षा राखेको छ । नेपालका लागी नेपाली हरुबाट नेपालीकै लागी केहि त गरौ सक्नेले धेरै गरौ, नसक्नेले थोरै गरौ ! केहि त गरौ भन्ने सामाजिक भावना बाट अभिप्रेरित भएको यस सस्था ले हाल आएर बेल्जियम नेपाली हरुको अर्थात बेल्जियम नेपाली सस्थाहरु प्रति एक आपसमा बैमनश्यता ल्याउनका आफ्नो व्यक्ति गत फाईदा या बेफाईदाको निमित्त नितान्त निस्वार्थ सामाजिक सस्था चितवन सहायता कोष लाई समेत विवादको घेरामा राख्ने प्रयास गरिएको भएता पनि त्यस बिज्ञप्ति प्रति हाम्रो यस सस्था, सस्थामा आवद्ध पदाधिकारी लगाएत यस सस्थाका सम्पूर्ण शुभईच्छुक साथीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
बेल्जियममा नेपाली सस्थामा लागेका जिम्मेवार साथीहरुले आफ्नो व्यक्तिगत फाईदा तथा कुनै एक ब्यतिगत प्रयोजनको निमित्त सस्थाका जिम्मेवार व्यक्ति लाई अन्य अर्थ लगाई या अन्य विश्लेषण गरि गराउनु भएकोमा हामी ज्यादै दुखित भएका छौ साथै आगामी दिनहरुमा यस सस्थाले आफ्ना परोपकारी र बेल्जियममा नेपाल र नेपालीका लागि गरिने हितका कार्य बाहेक अरु कसैका ब्यतिगत बक्तब्य बाजिका का निमित्त हाम्रो सहमति नरहने समेत जानकारी गराउदै यो बिज्ञप्ति जारी गरिएको छ ।
रामहरी घिमिरे
अध्यक्ष चितवन सहायता कोष बेल्जियम ।






