यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)

त्यसदिन आक्रमण गर्न तम्सिनेहरु भिडियोमा राम्रोसित हेर्नुस् । मुख्य नेत्रित्व एन आर एन बेल्जियम अध्यक्ष जानकि गुरुङ उनी जन सम्पर्क सिमिती बेल्जियमकी सल्लाहकारपनि हुन् । अनिता लामा, एन आर एन बेल्जियम उपाध्यक्ष । अनुजा प्रधान, सचिव हुन् एन आर एन बेल्जियमको । उनी पासापुच भन्ने संस्थाको सदस्यपनि । पदम गुरुङ, एन आर एन बेल्जियम लगानी कोषका प्रमुख । नन्द घले जो जन सम्पर्क समितिका सदस्य र एन आर एन बेल्जियमका पूर्व महासचिव । अब यिनको संस्थाले यि ‘डन’ हरुलाई के गर्छ हेर्नु छ । हार्दिकतापूर्वक कुरो गर्ने भन्दै बिहान आएर अर्को दिन बिहान कुल मगरजीको रेस्टुरेन्टमा गफ गर्ने सहमती भएको थियो, एन आर एन बेल्जियमका आ ई सिसि सदस्य अर्जुन श्रेष्ठसित । यसको संयोजन उनैले गरेका थिए र साथमा त्यतिबेला थिए एन आर एन बेल्जियमका सल्लाहकार युवराज गुरुङ ।  गुरुङसित मेरो अघिल्लो पटकसम्म हार्दिकतानै थियो । तर उनले त्यति हार्दिकता हुँदापनि कहिल्यै कहिँपनि न त खण्डन गरेका थिए न गुनासोनै । र एन आर एन बेल्जियमले अहिलेसम्म कुनैपनि समाचार, लेख रचनाको मसित गुनासो सम्म गरेको थिएन । खण्डन त परै जाओस् ।

तपाइँको प्रतिक्रिया