समलिगि: सामाजिक अपराध कि प्राक्रितिक आवश्यकता?

ददिराम सापकोटा  महिलाको महिलानै जोडी। पुरुष पुरुषबिचमै वैवाहिक नातो। यो कत्तिको सम्भव छ ? सुन्नै अचम्म लाग्छ कतिपयलाइ त। तर महिला समलिंगी र पुरुष समलिंगी नेपालमा प्रशस्तै भैसकेका छन। कतिपय जोडीलाई त सरकारले पक्राउ गरेर यातनानै दिएको छ। नेपालको प्रजातान्त्रीक भनिने सरकारका पालामासमेत यस्ता जोडीमाथि सार्वजनिक अपराधको आरोप लगाइएको थियो।   कतै तपाईका आफ्नै दिदीबहिनी र दाजु भाईपनि यस्तै पो छन की! आफ्नै लिंगमा भएको दोषकाकारणले कमसेकम एक अर्काको साथ पाउनमात्रै त यस्तो जोडी बन्ने गर्दैन ? नत्र समान लिंगीयबिच जीवन गुजार्न कसरि सम्भव हुन्छ? के को रस हुन्छ समान लिंगमा?

हाम्रो अन्धविश्वासी समाजले यस्तो जोडीलाइ अप्राकृतिक भनेपनि वास्तबिकता त्यस्तो पटक्कै होइन। त्यसै भन्छन् वैज्ञानिकहरु। बेलायती बैज्ञानिक डेबोरा ब्लुमका अनुसार मानव मस्तिष्क केहि मात्रामा भ्रुणावस्थामै विकास भएको हुन्छ। गर्भ रहेको ६ देखि ८ हप्तामा त धेरै व्यवस्थित भैसकेको हुन्छ। गर्भधारणको प्रारम्भिक अवस्थामा यदि टेस्टोस्टोरोन हर्मोन दबियो र भ्रुण पुरुष छ भने त्यो वच्चा पछि हुर्किएपछि समलिंगी हुने सम्भावना बढि हुन्छ। किनकी त्यतिबेला महिला हर्मोनले दिमाखको विकास वा आकार लिने काममा महत्वपूर्ण भूमिका खेल्छ।  

अमेरिका र जर्मनीमा भएका अध्ययनहरुले के देखाएका छन भने यदि गर्भवती भएका बेला महिला बढि चिन्तित , दूखी, विक्षिप्त, निराश र आघात भएमा त्यस्ता महिलाले जन्माउने वच्चा पुरुष समलिंगी हुने सम्भावना छ गूणा बढि हुन्छ। अष्ट्रेलीयाली लेखक बारबरा पिचका भनाइमा गर्भ रहेको ६ देखि ८ हप्तापछि भाले भ्रुणले एन्ड्रोजीन भनिने थुप्रै भाले हर्मोनहरु लिन्छ। यदि कुनै दोष वा कमजोरिकाकारण भाले भ्रुणले यथेष्टमात्रामा उक्त हर्मोन लिन सकेन भने पुरुष वच्चा जन्मिएरपनि महिला स्वभावको हुनसक्छ। त्यस्तो पुरुष वच्चा जब यौन आकांक्षाको खोजीगर्ने उमेरमा पुग्छ तब उ समयोनिक हुनसक्ने सम्भावना धेरै हुन्छ।  यसलाई छोटकरिमा भन्नुपर्दा यदि पुरुष भ्रुणमा हर्मोनहरु यथेष्ट मात्रामा भएनन् र महिलाको भ्रुणमापनि त्यस्तै समस्या भएमा त्यस्ता वच्चा भविष्यमा समलिंगी हुने तिब्र सम्भावना हुन्छ। यस्ता मानिसहरु जब यौनावस्थामा पुग्छन तब यिनलाई समान लिंगतर्फ आकर्षण गर्छन आफ्ना हर्मोनहरुले।

बैज्ञानिकहरुको भनाइमा महिलाको भन्दा पुरुष समलिंगीको संख्या बढि हुन्छ। एक जना महिला समलिंगीको अनुपातमा आठदेखि १० जना पुरुष समलिंगी हुन्छन। महिला महिलाबिच यौन सम्बन्ध राख्नेहरुको शरिर महिलाको भएपनि दिमाख पुरुषप्रधान हुन्छ। त्यसैले यिनका गतिबिधि पनि पुरुषका जस्ता हुन्छन। पुरुषले लगाउने जस्ता पाईन्ट , जुत्ता र कमिज लगाउने , पुरुषलेझैं छोटा कपाल बनाउने, पुरुषको जस्तै शारिरिक हाउभाउ निकाल्ने, पुरुषहरुले प्रयोगगर्ने थेगो रुचाउने हुन्छन। बिकसित मुलुकमात पुरुषजस्तो देखाउन स्तन सुकाउने साधन प्रयोग गरेर झट्टहेर्दा झुक्किनेगरि हिँड्छन। राज्य ज्यादै असहिष्णु भएको देशमा चाहि समलिगीहरुले पुरुषभए महिलाको जस्तो पहिरन र महिला भए पुरुषको जस्तो पहिरनमा हिड्ने गरेको पाइन्छ सामाजीक गृणा र सुरक्षाका हिसाबले। उनिहरु जहा जस्तो पहिरन र भेषमा उपयूक्त हुन्छ त्यस्तै गर्छन। 

 त्यसो त रासायनिक पदार्थ , औषधी वा लागू औषध बढि प्रयोग गरेका महिलाबाट जन्मिने वच्चापनि पुरुष समलिंगी हुनसक्ने बताउँछन बैज्ञानिकहरु। किनभने टेस्टोस्टोरोन हर्मोनको काममा तिनले हस्तक्षेप गर्न सक्छन। कसैकसैमा चाहिँ समलिंगी हुने अनुबंशिकी ( जीन) नै भएकाले पनि त्यसो हुने गर्छ। तर यो सय प्रतिशतनै लागू हुन्छ भन्ने चाहिँ छैन। जसमा पुरुष समलिंगीको अनुबंशिकी हुन्छ उ पुरुष समलिंगी बन्ने सम्भावना ५० देखि ७० प्रतिशत मात्रै हुन्छ। त्यसैले गर्दा जुम्ल्याहा दाजुभाइमा कुनै समलिंगी हुन्छन त कुनै हुँदैनन्। बारबरा पीचको एक रिपोर्ट अनुसार सबै पुरुषमध्ये १० प्रतिशतमा समलिंगी पुरुष अनुबंशिकी हुन्छ। त्यस्तो अनुबंशिकी हुनेमध्येपनि ५० प्रतिशत समलिंगी बन्छन। किनकी त्यो अनुबंशिकी उसको अन्य अनुबंशिकी सङ्ग घूलमिल हुन्छ।   

उपचार सम्भव छ ?   

यस्ता समलिंगीहरुलाइ छुटाउने र उपचारगर्ने प्रचलन प्रशस्तै पाइन्छ। वर्षौदेखि समलिंगीहरुको आकर्षण , इच्छा र चाहनालाइ परिवर्तन गर्न पूजा, मनोबैज्ञानिक ज्ञान, ध्यान , प्रार्थना, आध्यात्मिक ज्ञान र बिद्धुतिय थेरापीका तरिका अपनाउदै आएका छन मानिसहरुले। कतिपयले त जबर्जस्ती छुटाउने, शारिरिक र मानसिक यातना दिने गरेको समेत पाइन्छ। तर बैज्ञानिकहरुका अनुसार समलिंगीपन ५ वर्षको उमेरभित्रै निश्चित भैसक्ने हुनाले नियन्त्रण गर्न सकिन्न। यसलाइ कुनैपनि तरिकाले परिवर्तन गर्न सकिन्न।  बरु यस्ता तरिका अपनाउँदा झन ठूला समस्या देखापर्ने गरेका छन। जबर्जस्ती परिवर्तन र नियन्त्रण गर्न खोज्दा मनमा अशान्ति , दूख , चिन्ता, आफैलाइ दोषी ठान्ने, डराउने , नैराश्यता बढ्ने, जीवनप्रतीनै वैराग्य उत्पन्न भएर आत्महत्या गरेको पाइन्छ। तथ्याङ्कले के देखाउँछ भने आत्महत्या गर्ने मध्ये ३० प्रतिशत भन्दा बढि किशोर किशोरी  समलिंगी हुन्छन।  

पूर्खापनि समलिंगी !  

अहिले धेरै मानिसहरु के सोच्छन भने समलिंगी भनेको हालसालै देखापरेको अप्राकृतिक काम हो। सृष्टीको नियम बिरुद्द हो। कतिपयले त यसलाइ सामाजीक अपराधकै रुपमा लिने गरेका पनि छन। सम्भवत यसै कारणले होला नेपालमै पनि हालसालैहरुलाइ बेलाबेलामा पक्रेर यातना दिने र थुन्ने गरिन्छ। तर प्राप्त तथ्यहरुले के देखाउँछन भने हालसालै सयौं वर्ष अगाडिदेखि विद्दमान थियो। शरिर विज्ञानसंगै सम्बन्धित भएर देखापर्ने हुँदा यो मानव सभ्यतासंगै देखापरेको हो भन्न सकिन्छ।  त्यसैले एउटा प्रमाण हो ग्रीसको सभ्यता। परापूर्व ग्रीस सभ्यतामा समलिंगी प्रथालाइ आदर र सम्मान गरिन्थ्यो। खिरिलो शरिरका यूवा समलिंगीलाई प्रशंसा गरेर चित्रकला कोरिन्थे। तिनको सम्मानमा मूर्ती बनाइन्थे। गीतहरु लेखिन्थे बुढो र तन्नेरी पुरुषका जोडीबारे।

पेरिसको अन्भेर्सस्थित नग्न संग्रहालयमा त झन समान समलिंगी पुरुषहरु अती शाहसिला , सफल लडाकु हुन्छन् भन्ने विश्वास गरिन्थ्यो भन्ने उल्लेख छ। लेस्वियन (महिला समलिंगी) भन्ने शब्द त ग्रीसको लेस्बोन भन्ने टापूको नामबाट राखिएको हो जहाँ महिला समलिंगी प्रशस्त थिए।  फ्रान्सको राजधानी पेरिसमा पनि आजभन्दा सय वर्ष अगाडीदेखिनै समलिंगीहरु संगठित रुपमा बसेका थिए। पहिले त झन यहाँ समलिंगीहरुको ठाउँठाउँमा बस्तीनै रहेछ। त्यसैले उनिहरुले त्यस्ता ठाउँहरुको पुरुष वस्ती , महिला वस्ती र महिला मार्ग , पुरुषमार्ग भनेर गल्लिहरुको नामाकरण गरेका रहेछन। पेरिसमा अझै पनि रु दे दाम (महिला गल्लि) र रु देजोम (पुरुष गल्लि) भन्ने गल्लिहरु छन।  धेरैपछि मात्रै क्रीष्चियन धर्मशास्त्रले पुरुषकालागि महिला र महिलाका लागि पुरुष भन्दै रोक लगाएको हो। यसपछि सार्वजनिक ठाउँमा देखापर्न छाडेका हुन् समलिंगीहरु। त्यसपछि भिक्टोरियाली शताब्दीमा समलिंगी यौनलाई राक्षसी कामका रुपमा ब्याख्यागरि कारवाही गर्न थालिएपछि समलिंगीहरुप्रति बढि असहिष्णु भएको पाइन्छ।   

समलिंगीसंबन्धि तलको लेखपनि हेर्नुहोस…

समलिंगीलाई समान अधिकारइयान मार्टिन
समलिंगीप्रतिको घृणाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा ब्लु डायमन्ड सोसाइटीलाई धन्यवाद दिनुका साथै नेपालमा संविधान निर्माणसँग सम्बन्ध राख्ने यौन अभिमुखीकरण र लैंगिक पहिचानसम्बन्धी मुद्दाबारे छलफल सुरु गरेकामा बधाई दिन चाहन्छु मानव अधिकार रक्षकका रूपमा सोसाइटीले सदस्य र ग्राहकप्रति प्रतिकूल अवस्थामा पनि आप mनो काम गरेको हामीलाई थाहा छ । आजको प्रयासका लागि तपाईंहरू अझ बढी बधाईको पात्र हुनुहुन्छ र अन्य मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संगठन पनि तपाईंहरूसँग भएकामा प्रशंसा गर्न चाहन्छु । यौन अभिमुखीकरण र लैंगिक पहिचानसँग सम्बन्धित मुद्दा मानव अधिकारका विषय हुन् भन्ने बृहत् मानव अधिकार समुदायले स्वीकार गरी सोसाइटीसँग मिली काम गर्नु आवश्यक छ ।

 विश्वव्यापी मानव अधिकारको घोषणापत्र नै यसलाई बुझ्न प्रस्थान विन्दु हो । घोषणापत्रको प्रस्तावनाले ुमानव परिवारका सबै सदस्यको समान र नैसर्गिक अधिकार तथा अन्तर्निहित प्रतिष्ठाको मान्यता नै संसारमा स्वतन्त्रता , न्याय र शान्तिको आधार होु भन्नेमा जोड दिएको छ । धारा १ मा सबै मानिस स्वतन्त्र जन्मन्छन् र उनीहरूलाई समान प्रतिष्ठा र अधिकार प्राप्त छ भन्ने उल्लेख छ । धारा २ ले ुजाति , वर्ण, लिंग, रङ , भाषा, धर्म, राजनीति वा अन्य मत, राष्ट्रिय वा सामाजिक उत्पत्ति , सम्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा कुनै पनि भेदभाव नगरी प्रत्येक व्यक्तिलाई घोषणापत्रमा उल्लेखित सबै अधिकार र स्वतन्त्रताको अधिकार हुनेछु भनेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले यो धारामा उल्लेख भएको ुयौनु शब्दले यौन अभिमुखीकरण भन्ने अर्थ बोकेको छ भन्ने मानेको छ । नेपाललगायत अन्य मुलुकमा महिला समलिंगी , पुरुष समलिंगी, द्विलिंगी र अन्तरलिंगी वा मेटिजविरुद्ध हुने भेदभावका विभिन्न रूप छन् । यस्तो भेदभाव प्रायः हिंसामा परिणत हुने गरेको छ ।

नेपालमा यौन तथा लैंगिक अल्पसंख्यक समुदायप्रतिको भेदभावले उनीहरू आपm ना परिवारबाट बहिष्कृत र घर छोड्न बाध्य हुनुपरेको परिवारका सदस्य र समुदायबाट हिंसा सहनुपरेको शिक्षा तथा कामका अवसरमा भेदभाव खेप्नुपरेको स्वेच्छाचारी पक्राउ तथा थुनालगायत सार्वजनिक ठाउँमा प्रहरीबाट यौन तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरिने गरिएको र कहिलेकाहीँ थुनामा नै राज्यपक्षद्वारा उनीहरूविरुद्ध हुने यौनलगायत हिंसा हुने गरेको हामीले थाहा पाएका छौं । साथै कर्मचारी र मानव अधिकार रक्षक तथा सामुदायिक स्वास्थ्यकर्मीका रूपमा काम गर्ने सोसाइटीका स्वयंसेवकलाई प्रहरीले पक्राउ गर्ने र थुन्ने गरेको छ । यसबाट उनीहरूको अधिकार उल्लंघन हुनुका साथै सोसाइटीको काममा ठूलो बाधा पुगेको छ ।   यसै वर्ष मार्चमा मात्रै काठमाडौंमा हामीले ठूलो संख्यामा ुमेटिजु लाई पक्राउ गरी थुनेको देख्यौं । उनीहरूको गिरफ्तारिपछि विभिन्न अवसरमा हाम्रो कार्यालयले पदाधिकारीसँग भेटघाट गरेको छ । पक्राउ र थुनाको चित्तबुझ्दो कानुनी आधार पाइएन । व्यक्तिको विशिष्ट आचरणका लागि भन्दा पनि समूहलाई नै लक्षित गरी मेटिज पक्राउ गरिएको पाइयो । पक्राउ पर्नेहरूमा सोसाइटीकै कैयौं कर्मचारी र स्वयंमसेवक थिए । दुई घन्टाभन्दा बढी बस्नै नसकिने ठाउँमा उनीहरूलाई राखिएको थियो । अन्ततः जमानीमा छाडिएकाले यी सबै मुद्दा अहिले थाती रहेका छन् । यसमध्ये कुनै पनि कार्य स्वीकार्य छैन । भेदभावका यस्ता खालका घटना काठमाडौंमा भएको हामीलाई थाहा छ । सहयोगी सञ्जाल कम भएका मुलुकका अन्य क्षेत्र वा ग्रामीण इलाकामा बस्ने महिला समलिंगी , पुरुष समलिंगी वा ुमेटिजु लाई कति गाह्रो भएको होला रु भेदभाव खेप्नुपरिरहेका जातजाति वा विकलांग व्यक्तिजस्ता भेदभाव सामना गर्न बाध्य यौन वा लैंगिक अल्पसंख्यक समुदायका महिला तथा पुरुषले पनि कति भेदभाव सामना गर्नुपरिरहेको होला ?

संयुक्त राष्ट्रसंघका मानव अधिकार संयन्त्रले यौनमा आधारित भेदभावको मुद्दा र लैंगिक पहिचानको सवाललाई विभिन्न किसिमले सम्बोधन गरेका छन् । यौन तथा लैंगिक अल्पसंख्यकका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय दृष्टिकोण समेट्ने एउटै महासन्धि वा वक्तव्य नभए पनि मानव अधिकार समिति र मानव अधिकार आयोगका विशेष कार्यविधिजस्ता संयन्त्रले यौन तथा लैंगिक अल्पसंख्यक समूहका व्यक्तिविरुद्ध भएका मानव अधिकार उल्लंघनप्रति आआप mनो कार्यादेशभित्र रहेर ध्यान दिएका छन् । मानव अधिकार संयन्त्रका अनेकौं विचार र निर्णय हेर्दा दुइटा मुख्य कुरा स्पष्ट छन्- महिला समलिंगी , पुरुष समलिंगी, द्विलिंगी र ुमेटिजु लाई भेदभावविरुद्धको अधिकार र कानुन अगाडि समानताको अधिकार प्राप्त छ ।   संविधान निर्माण र यौन तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलगायत कानुन अगाडि सबै नेपालीको अधिकार सुनिश्चित गर्ने तथा संविधान निर्माण गर्ने छलफलका लागि प्रस्थानविन्दु हो । संविधानले विश्वव्यापी मानव अधिकार घोषणापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सामान्य भेदभावविरोधी प्रावधान समेटेको हुनुपर्छ र अधिकांशले समेटेका छन् । यौन अभिमुखीकरणका सम्बन्धमा संवैधानिक संरक्षणको सबभन्दा सशक्त उदाहरण दक्षिण अपि |mकाको संविधान हो । यस्तो संरक्षण वर्तमान युगमा सहभागितामूलक संविधान निर्माणको सर्वोत्तम प्रक्रियामार्फत रंगभेद युगको अन्त्यपछि विकास गरिएको हो । दक्षिण अपि |mकी संविधानको अध्याय दुईअन्तर्गत ुअधिकारपत्रु मा समानताको दफामा यस्तो उल्लेख छ- ुजाति , लिंग, यौन अभिमुखीकरण , गर्भ, वैवाहिक स्थिति, जातीय वा सामाजिक उत्पत्ति, रङ , उमेर, अपांगता, धर्म, विवेक , विश्वास, सांकृति, भाषा र जन्मलगायत एक वा सोभन्दा बढी आधारमा कसैमाथि पनि प्रत्यक्ष वा परोक्ष रूपले अनुचित ढंगले राज्यले भेदभाव गर्नेछैन ।ु रंग भेदकालपछिको दक्षिण अपि |mकी संविधानका शब्दको प्रयोग र संविधान निर्माण गरिएको प्रक्रियाबारे गहिरो अध्ययन गर्नु उपयोगी अभ्यास हुनेछ ।  कानुन बनिसकेपछि कार्यान्वयन गर्ने जिम्मा अधिकारीको हो भने पालना गर्ने समुदाय र नागरिकको हो । कानुन पारित गर्दैमा भेदभाव र यसले अक्सर जन्माउने हिंसाको अन्त्य हुँदैन । कानुनमा भेदभावविरुद्ध प्रतिबद्धता चाहिन्छ र यसलाई अधिकारीले लागू गर्नुपर्छ । हामीले दैनिक जीवनमा कसैमाथि भेदभाव गर्नुहुँदैन भन्ने सुनिश्चित गर्न पनि समुदाय , परिवार र हामीमध्ये प्रत्येकले काम गर्नु आवश्यक छ ।   नेपालमा यो परिवर्तन ल्याउने तथा नेपाली महिला समलिंगी , पुरुष समलिंगी र ुमेटिजु का मानव अधिकार संरक्षण तथा प्रवर्द्धन गर्ने तपाईंहरूको संघर्षमा ब्लु डायमन्ड सोसाइटीलाई बधाई दिन चाहन्छु ।  ( समलिंगीप्रतिको घृणाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा ब्लु डायमन्ड सोसाइटीद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मार्टिनको सम्बोधन)  (सभार: कान्तिपुर, जेठ ४, २०६३)

तपाइँको प्रतिक्रिया