एन आर एन भेलाका नाममा मेडिया धम्काउने जमघट

गएको आइतवार एन आर एन बेल्जियमको वार्षिक साधारण सभा थियो । त्यो एन आर एन सभा थिएन वास्तविक रुपमा । मेडिया धम्काउने सभा थियो । दुस्साहस थियो । फट्याइ लुकाउने सभा । रुने सभा । आत्तिने सभा । चिरिफुरी गर्ने सभा । हरगुहार माग्ने सभा । बोलिसकेर भागाभाग गर्ने सभा । मुख लुकाउने सभा । त्यसैले एन आर एनको वार्षिक साधारण सभा भनिएपनि भयो त्यस्तै । यो भिडियोमा एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङले गरेको विष वमनबाट त्यो प्रस्ट हुन्छ । कतिपय आफ्नो मत राखेर भटाभट बाटो लागे । लुकेर टाप दिए । एन आर एन बेल्जियमले समग्र एन आर एन संस्थामाथि कालो धब्बा लगायो । बोलेका बोली, बाचा गरिएका कसम, दुखि नेपालीहरुले दिएको सदस्यता रकम कुनै केहि बाँकि राखेन । अपचलन गर्यो । ढाँट्यो । लुकायो । त्यो बदमासी र जालझेललाई बहादुरी र ईमान्दारिताका साथ नेपालप्लसले सार्वजनिक गर्यो ।

यो सूचना नेपालप्लसले एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङको घर फोरेर झिकेको थिएन । कुनै सदस्यको कम्प्युटर झ्याप पारेर लिएको थिएन । बरु एन आर एन बेल्जियमकि अध्यक्ष जानकी गुरुङ र कार्यकारी समितिका अन्य ब्यक्तिहरु प्रतिको अविश्वास, असफलता र बदमासीको प्रमाण थियो यो । अत्याचारी, नालायकी, फटाहा, आडम्बरी र एन आर एनको समग्र लोगो, नाम र प्रतिष्ठालाई धज्जी उडाउने, बदनाम गर्नेहरु बिरुद्द त्यहिँका ईमान्दारहरुले दिएको सूचना थियो । तर हेर्नुस् त अध्यक्ष जानकी गुरुङको भुकाई । कतिसम्म लाचार भने आफैंले यि यि मान्छे मार्फत यति यति पैसो उठ्नु छ भनेर आफैंले सहि गरेर प्रेस बिज्ञप्ती र सर्कुलर जारी गर्ने । त्यहि त्यहि सामाग्रिलाई झन मेडियाले स्थान दिँदा उफ्रिने । यस्तालाई संस्थागत, सांगठनिक के ज्ञान रहेछ त ? माईक र माला पाए जहाँपनि सहि ठोक्ने रहेनछन् त ?

जानकि गुरुङले परिचय लुकाउने भनेर भन्न खोजेको के हो ? आफ्नो जस्तै भित्रि र बाहिरी दुई रुप ? बरु आम बेल्जियमबासीले चिनेकि जानकि गुरुङ र एन आर एनकी अध्यक्ष जानकी गुरुङको ईज्जत, प्रतिष्ठा र टिक्का टिप्पणी हेर्दा गुरुङलेनै लुकाए झैं लाग्छ बास्तविक परिचय । जानकी गुरुङलाई मुख देखाउनपनि लाज हुने खालका प्रतिक्रियाहरु आएका थिए उनका बिरुद्द । यदि नेपालप्लस गैह्र जिम्मेवार हुन्थ्यो भने आएका प्रतिक्रिया जस्ताको त्यस्तै र सबै राखिदिने थियो । तिनलाई सम्पादन गर्ने, हटाउने गरेर क्षम्य र पाच्य प्रतिक्रिया मात्रै राखेको छ नेपालप्लसले ।

बरु संस्थागत मर्यादा र संस्थाको जिम्मेवार पदको गरिमा नभुलिकनै उत्रन म जानकि गुरुङलाई सुझाव दिन चाहन्छु । जानकि गुरुङलाइ भ्रम रहेछ, संस्थाको पदको दुरुपयोग गर्नु, संस्थाको पैसो हिनामिना गर्नु, कबोलेको नतिर्नु, संस्थागत भाँजो हाल्दै हिँड्नु ठूलो काम गरेको हो भन्ने । उनले मलाई पाँच जना समर्थक देखाउन भनेकि रहिछिन् । उनको दिमाखमा त्यो दिन पनि बादल लागेको रहेछ, आँखाको द्रिष्य अगाडि तुवाँलो ठडिएको रहेछ । किनभने त्यो दिन उनैले राखेको कार्यक्रमकै मञ्चबाट धेरै बक्ताले नेपालप्लसले सत्य तथ्य समाचार दिएको भनेर प्रशंसा गरेका थिए । एन आर एनको कार्यक्रम भनेर नेपालप्लसमा केन्द्रित भएको त्यो सभा नेपालप्लसलाइ समर्थन, माया र प्रेम गर्नेहरुकै कारणले हो । नेपालप्लसले पाँच जना जम्मा गर्न नसक्ने भए किन यति त्रसित हुनुपर्थ्यो र एन आर एनका अध्यक्षहरु ? भिडियोका लागि तेज नेपालीलाई धन्यावाद ।

तपाइँको प्रतिक्रिया