बेल्जियममा स्मारक निर्माण : केहि सुझाब
● गुमनाम पाँचौँ
स्मारक सम्बन्धि समाचार पढेर सारै दुख लाग्यो र यो लेख्न मन लाग्यो । बेल्जियमका पदका भोकाहरु जहाँपनि कुकुरले हड्डीकालागि लडे झैँ लड्छन् । भाषण गर्न मन्चमा उक्लन कति मन लागेको हो लाग्न पनि । चारै तिर हात हाल्ने तर कामको नाममा झिँगो नमार्ने यिनीहरु पदका खातेहरु हुन् । यिनका घाँटीमा पदका खात । पद नपाए हान्ने बगरको जस्तो आवाज निकाल्ने भनेर लेखेको खादा झुन्डाइदिए हुन्छ ।
यो समाचारमा लेखिएको कुरा सहि हो भने रामबहादुर गुरुँग र महेश थापा नै यो जिम्मेवारी बहन गर्नका लागि अगाडि सार्न लायकका पात्र हून् । जसले अध्ययन गरेर यहाँ सम्म ल्यायो र थाह दियो तिनलाई अपमान गर्न नैतिकताले मिल्दैन । त्यसैले पदका खातेहरु सँग यो मानवको निम्न अनुरोध छ ।
स्मारक समिति निर्माण गर्ने ।
यो समितिले अर्थ सँकलन र प्रचार प्रसार उप समिति बनाउने । समितिलाई स्वतन्त्र भएर काम गर्न दिने बहुमतको कदर गर्ने । तर उदेश्य जसरी पनि स्मारक बनाउने नै हुनुपर्ने । त्यो भन्दा पहिला आचार सँहिता बनाउने । यो समितिमा बसुन्जेल कुनैपनि राजनीतिको कुरा गरेर मेरो पार्टी र सँगठन स्मारकमा यसो लेख्न चाहन्छ उसो लेख्न चाहन्छ नभन्ने र भाँडो नहाल्ने । स्मारक नबनुन्जेल तिनको भुमिका तटस्थ खालको देखिनुपर्ने । हिसाब किताबहरु पारदर्शी राख्ने । स्मारक बनाउँदाका घडीमा बेल्जियम छाडेर बाहिर जानुपर्ने अबस्था आएमा मात्र समितिले टिकट किनिदिने र केहि रकम यात्रकालागि दिने तर खानाको रकम आफ्नै गोजीबाट ब्यहोर्न लगाउने ।
प्रचार प्रसार उपसमितिमा स्मारकका बारे राम्रो सँग ब्याख्या गर्न सक्ने दुइ चार हकी मानिस राख्ने । किन चाहिन्छ स्मारक भन्ने बुझाउन सक्ने खालको मानिस हुनुपर्छ । यो उपसमितिमा स्मारक समितिको प्रबक्ता बस्न सक्छ । साधारणतया सचिव नै प्रबक्ता हुन्छ । त्यसैले अध्यक्ष पदका लागि रामबहादुर गुरुँग बस्नुभो भने सचिवमा थापा जी बस्न सक्नुहुन्छ । उपाध्यक्षमा तमु समाजका केहि बस्न सक्नुहुन्छ । संयोजन अहिले सम्मको योगदान हेरेर तमु समाजलाईनै गर्नु दिनु उपयुक्त हुन्छ । समाचार जाँदा प्रबक्ता या अध्यक्ष मार्फत जाने बनाउने । पत्रकार हुँ भन्ने तर सिन्को पनि नभाँच्ने हरुलाई कुनैहालतमा समितिमा नराख्ने ।
तर नेपाली मिडिया सँग पहुँच भएका केहि पत्रकारहरुलाई समन्यव गर्न सकिन्छ । महिनाको एक पटक के के प्रगति भयो त भन्ने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइरहने । माओवादी काँग्रेश एमाले राप्रपाले एनआरएन ले कम्तीमा एक एक जना प्रतिनिधि पठाउने । तमुकै नेतृत्वमा होस । तमुको नेतृत्वमा सबै नेपाली माहानुभावहरुको सहयोगमा बनाउने । जसको रगत बगेको थियो तिनका सन्तानले जिम्मा लिन्छु भन्नु नेपालीको हैसियतमा भन्दा किन टाउको दुखाउनु पर्ने ? स्वतन्त्र छवि भएका केहि राम्रा र अशल मानिसहरुपनि पार्ने । यो भित्र दुताबासलाई पनि प्रतिनिधिका रुपमा राख्ने । उसलाई धेरै ठूलो जिम्मेवारी दिनु हुदैँन किनभने भोली बिबाद सिर्जना गर्न सक्छ । प्रतिनिधिको रुपमा दुताबासलाई राख्ने । दुताबासले समन्वयकारी भूमिका खेल्ने । कसैलाई ठूलो र कसैलाई सानो नदेख्ने । केहि महिलाहरु राख्न भुल्दै नभुल्ने ।
उपाध्यक्षमा एउटा महिला राख्ने । सँस्था या सँगठनहरुले मानिस पठाउँमा सकेसम्म तगडा महिला या जनजातीकै प्रतिनिधि रोज्ने । गेसो या कुनै नेपालका सँघ सँस्थाका प्रतिनिधिहरु समेत राख्न सक्ने बनाउने । बेल्जियमा कुनै सँस्था नेपालीका लागि मद्दत दिन तयार छन् भने कुरा गर्ने । जहाँ स्मारक बनाइन लागेको हो त्यहाँको नगरप्रमुखसँग दुताबासको समन्यवयमा रहेर काम गर्ने । उनलाई इन्भाइट गर्ने दुताबासमा र समितिका प्रतिनिधिहरुबिच छलफल चलाउने । उनले केहि पैसा या निर्माण सामाग्रीमा मद्दत दिन सक्छन् या निर्माण सामाग्रीमा कर छुटको ब्यवस्था गरिदिन सक्छन् । भुल्नै नहुने कुरा हो यो ।
कुनै न कुनै सँस्था या पार्टीमा रहेर काम गरिसकेका अनुभवी र देश बिदेशका लाहुरेहरुलाई त्यहाँ माथि मारिएका परिवारका कुनै प्रतिनिधिहरु पनि सँलग्न गराउने । तर प्रतिनिधिहरुले आचार सँहिता मान्छु भनेर सहि गर्ने । नमानेका खन्डमा समितिको बहुमतले निकाल्न सक्ने बनाउने ।
आर्थिक उपसमितीमा पैसा दिन सक्ने महानुभावहरु खोज्ने । जसले धेरै चन्दा दिन्छ उसले हस्तक्षेप गर्न सक्ने भएकोले हस्तक्षेपबाट जोगाउन आचार सँहितामा केहि थप ब्यवस्थाहरु गर्ने । पैसाले जहाँपनि पेल्छ अचेल । पैसाले पेल्न थालेपछि भ्रष्टाचार अनैतिकताका कुरा हुन्छन् ।
एनआरएनले हात हाल्ने होइनै सबै तिर । बेल्जियमको एनआरएन र पार्टीहरुको काम त जहाँ पनि हूँडल्ने भयो । एनआरएनको त्यति राम्रो घर बनाउने प्रोजेक्ट छ त्यहि गर्नु नि । आफ्नो थान्कामा बसेर एउटा काम पनि नसक्ने अनि अरुको काममा किन हात हाल्नु ? मैले त भने नि हड्डी खान पल्केका छन् केहि मानिसहरु । त्यसै आँफैलाई के के न हुँ भन्नि ठान्छन् ।
यो सम्मारक बनाउन सँभाव्यता अध्ययन गर्न पर्यो । कति पर्छ । कति मान्छे लाग्छन् । कस्तो बनाउने । सबै मिलेपछि अपुग पैसा उठाउन गाह्रो होला भन्ने मलाइ लाग्दैन । बस कामको लागि स्वच्छ मनले समय दिन सक्ने मनमा लोभ र पाप नभएको मानिस चाहिन्छ । समिति बनेपनि खासमा काम गर्नेहरु थोरै हुन्छन् । यो बिचार गर्ने ।
यसै विषयसित संवन्धित अन्य लेखपनि पढ्नुस्
बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति
“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”
बेल्जियमको इपरमा टकराएको जातिय पहिचान
गुमनाम मृत्यु
बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?
प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली






