मान्छेको भाषा बोल्ने अचम्मको हात्ती (भिडियो सहित)

एउटा यस्तो एशियाली हात्ती देखा परेको छ जसले मानिसको बोली नक्कल गर्छ । त्यो हात्तीले कोरियाली भाषा बोल्छ जुन भाषा बुझ्नेहरुले सजिलै बुझ्छन् के भनिरहेको छ कोरियाली भाषामा भनेर । कोशिक नाम राखिएको यो हात्तीले ‘यसरि मानिसको भाषा बोल्नु एकदम असामान्य हो’ भनिरहेका छन् बैज्ञानिकहरुले । सुँडलाई मुखमा घुसारेर कोशिकले मानिसको भाषा नक्कल गर्छ । यहि नोभेम्बर १ तारिख बैज्ञानिकहरुको जर्नल करेन्ट बायोलोजीमा प्रकाशित आलेख अनुसार उसले आन्योङ (hello), अन्जा (sit down), अनिया (no), नुओ (lie down), चोआह् (good)। कौशिकको यो भाषा ज्ञानले नयाँ भाषा र स्वर सिक्ने, नक्कल गर्ने नयाँ विकासक्रम र जिव बिज्ञानको विकासलाई संकेत गर्ने भनाई बैज्ञानिकहरुको छ । यो दक्षता मानिसको संगित र स्वर निकाल्ने क्षमताभन्दा धेरैनै चुनौतिपूर्ण हो ।

मान्छेको श्वास नलीले एकै पटक श्वास तान्ने र छोड्ने गर्न सक्दैन । किनकि एउटै हुन्छन् । त्यसले एक पटक तान्छ र अर्को पटक फाल्छ त्यहि मार्गबाट । बोल्दा स्वर चर्काउने र मधुर बनाउने । त्यसलाई अंग्रेजीमा पिच एण्ड टिम्ब्र (pitch and timbre) भनिन्छ । कौशिकमा के क्षमता देखियो भने उसले ति दुबैलाई तालमेल मिलाउन सक्छ । मान्छेले बोल्ने स्वरप्रणाली र तालिम दिनेले सुनाउने शब्दलाई ठ्याक्कै तालमेल मिलाउन सक्छ । यहि नै उसको क्षमता हो ।

हात्तीहरुको मान्छेको झैं ओंठ (Lips) हुँदैन । हात्तीको ओंठ भन्नु नै सुँड हो । मानिस बोल्दा भित्रबाट आएको स्वरलाई ओंठले मिलाउने, नियन्त्रण गर्ने र तालमेल मिलाउने गर्छन् । तर हात्तीमा त्यो नभएकाले भित्रबाट अति सानो स्वर निकाल्छन् । त्यो नलीलाई भनिन्छ लार्निक्स (लारिक्स)। त्यसको काम श्वास निकाल्ने पनि हो । कोशिकले त्यसबाट मानिसले बोल्ने शब्द मिल्नेगरि उच्चारण गर्छ । त्यतिमात्र होइन, अन्य हात्तीले निकाल्ने आवाजभन्दा स्पष्ठसित भिन्न आवाज निकाल्छ ।

अफ्रिकी हात्तीहरुले ट्रकको आवाज नक्कल गरेको पत्ता लागेको थियो केहि पहिले । त्यसो त काजकस्थानको चिडियाखानामा एउटा भाले एशियाली हात्तीले रसियाली र काजक भाषाका केहि शब्द उच्चारण गरेकोपनि दाबी गरिएको थियो । तर त्यसलाई बैज्ञानिकरुपले पुष्टि कहिल्यै गरिएन ।

‘कोशिकले मानिसको भाषा बोल्छ’ भन्ने दाबी गरिएपछि बज्ञानिकहरु गएर केहि कोरियनलाई कोशिकले बोलेको कुरो लेख्न लगाए । त्यसलाई हिज्जेसमेत मिलाएर लेख्न लगाइयो । त्यो अन्य कुनै कोरियालीलाई लगेर देखाउँदा कोशिकले हिज्जेसमेत फरक नपर्नेगरि बोलेको पाए । तर कोशिकले कोरियाली भाषाका जुन जुन शब्द उच्चारण गरेपनि त्यहि अर्थ लगाउन भने नखोजेको बताएका छन् । अर्थात उसले शब्द निकाल्दा त्यसैको आशय दिन नखोजेको बताएका छन् ।
किन यसरि कोरियाली शब्द सिक्यो कोशिकले ? निर्क्यौल त गर्न सकेका छैनन् बैज्ञानिकहरुले । तर उनीहरुको अनुमान के छ भने हुर्कने बेला केहि वर्ष कोशिक अन्य हात्तीको सम्पर्क नभएको, मानिसहरुको मात्रै सम्पर्कमा रहेकाले उसले मानिसको भाषा सिकेको हुनुपर्छ । किनकि हात्तीका छावापनि बच्चामा निकै सिक्न खोज्छन्, उनिहरुपनि जिज्ञासु हुन्छन् ।

कोशिकले कोरियाली भाषा बोलेको तलको भिडियो हेर्नुस् 

http://youtu.be/dQvzLrHog0M

तपाइँको प्रतिक्रिया