बेलायतमा राजदुत चालिसेको नदेखिएको पाटो

∙ युधिष्ठिर

सन २००९ मा सुरेश चन्द्र चलिसे बेलायतको १९ औं राजदुत नियुक्त भएर आउँदा त्यस अघिका राजदुत मुरारिराज शर्मा अपदस्त गरिएको शैलीमा हटाइएका थिए । मुरारीराज शर्माको गुनाह यत्ती मात्र थियो, लण्डन दुतावासको क्षेत्रमा पर्ने नर्वेमा प्रधानमन्त्री प्रचन्डको भ्रमण थियो र शर्मा राजदुतको हैसियतले भ्रमणमा सहभागी हुनुपर्दथ्यो । तर उनी त्यहाँ पुगेनन ।

खास कारण के थियो भने तत्कालिन राजदुत शर्माले नर्वेका राजा समक्ष आफ्नो ओहदाको प्रमाण पत्र बुझएका थिएनन, जसमा परराष्ट्र मन्त्रिको हस्ताक्षर हुनु पर्दथ्यो । तर तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादबले नियतबस उनको ओहदाको प्रमाणपत्रमा हस्ताक्षर गरेका थिएनन र शर्मा त्यहाँ जान पाएनन । यद्धपी त्यही बहानामा शर्मा अपदस्त गरिए । सुरेश चन्द्र चालिसे नियुक्त भए ।

प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको सानो सनकमा परराष्ट्र मन्त्रालयमा आफ्नो अधिकांश जागिरे जीवन बिताएका एक जना कुटनितिज्ञ एकाएक हटाइए । अब यसको खास कारण के हो त्यतातिर हेरौं । सुरेश चन्द्र चालिसे बेलायतका लागि राजदुत नियुक्त हुनु पुर्व अमेरिकाका लागि राजदुत थिए । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रशाद कोइरालाले उनलाई आफ्नो एकल निर्णयका आधारमा त्यहाँ पठाएका थिए । तर अर्को सरकार परिवर्तन भएकोले उनी २ बर्ष पछी फिर्ता बोलाईए । त्यसै बेला चालिसे गिरिजा प्रशाद कोइरालाको परराष्ट्र मामिला सल्लाहकार बनेका थिए । पछी सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा उनी फेरी राजदुत नियुक्त गरिए – बेलायतको । कोइराला परिवारका निकै निकट मानिने चालिसेले राजदुत नियुक्त हुनकालागी सुजाता कोइरालालाई मोटो रकम बुझएको चर्चा चलेपनि यसको कतैबाट पुष्टी हुन सकेन । यद्दपी चालिसेले कोइराला परिवारको भने मज्जैले चाकडी बजाएका थिए । 

राजादुत नियुक्त भएपछी यिनले बेलायतमा खासै उल्लेखनिय कार्य गर्न सकेका छैनन । तर यिनको एउटा राम्रो पक्ष के छ भने नेपाली समुदायले गरेको हरेक कार्यक्रममा पुग्छन । हालै मात्र बेलायतबाट प्रकाशित हुने एउटा नेपाली पत्रिकामा अन्तर्वार्ता दिदै चालिसेले आफुले अहिले सम्मकै उत्क्रिष्ठ काम गरेको बताएका थिए । तर बेलायतकै नेपाली प्रतिनिधिहरु उनको कार्यप्रती कत्तिपनि सन्तुष्ट छैनन ।

अब हेरौ उनको चर्तिकला – उनले दुतावास भवन मर्मतका लागि बजेटको आग्रह गर्दै धेरै पटक सरकार सँग गुहारे होलान । तर सरकारले उनले मागेजती बजेट दिन आनाकानी गर्‍यो । आधा कम दिने भयो । अनी उनले शुरु गरे मिडियाबाजी । बेलायतबाट सन्चालन भइरहेको एउटा अनलाइन मार्फत जतीसक्दो धेरै बजेटका लागि दवाव दिईरहे । सरकारले हरेक पटकको बजेटमा बेलायतका लागि रकम छुट्याउँदै गयो । एउटा कुरा यथार्थ के हो भने भवन मर्मत गर्नैपर्ने भएको थियो । त्यो आवश्यक पनि थियो । तर चालिसेले त्यसको लागि जुन जुन उपाए प्रयोग गरे त्यो भने नितान्त तल्लोस्तरको काम थियो । पहिलो त नेपाली दुतावासमा आउने हरेक कुट्नितिज्ञलाई उनले पत्र पत्र उप्किएको दुतावासको सिलिङ देखाउथे । रंङ उडेका भित्ताहरु देखाउँदै भन्थे “हामीले त यसको मर्मत पनि गर्न सकेका छैनौं । ” एक जना बेलायती कुट्निटिज्ञले यो पंतिकार सँग डेढ बर्ष अघी भनेको कुरा अहिले पनि उत्तिकै ताजा छन । उनले भनेका थिए “के नेपालको अवस्था एउटा दुतावास भवन पनि मर्मत गर्न नसक्ने अवस्थामा छ ? इट्स रियल्ली स्याड ।”

पंतिकार त्यतीबेला चुपचाप हिँड्यो । तर सरकारले हरेक बर्ष छुट्याउने बजेट के रङ लगाउन पनि नपुग्ने थियो त ? राजदुतले देश कै बद्नाम हुन्जेल यो कुरालाई संसारभरिका कुटनितिज्ञहरुसँग किन छताछुल्ल पारे ? अनी सरकारले तीन महिना अघी छुट्याएको मध्ये कती रकम खर्च भयो मर्मतका लागि ? यो खोजीको बिषय हुने छ र पंतिकारले जोर जुलुम गरेर त्यो खोज्ने छ, चाहे बेलायत नै किन जान नपरोस ।

राजदुत चालिसेले तीन बर्षको बेलायत बसाइमा देशका लागि केही गर्न भने सकेनन । तर आफ्नालागि भने निकै धेरै गरेका छन । सबभन्दा बढी त उनी प्रचन्डका प्रिय बनेका छन जसले गर्दा उनको जागिर जोगिएको छ । अमेरिकाबाट फर्काइएपछी यिनले कुटनितीका बारेमा बुझे बुझेनन थाहा छैन । तर जागिर कसरी जोगाउने भन्ने कुरा भने राम्ररी बुझ्न सकेछन । सुजाता कोइरालाले नियुक्त गरेको भएपनी यिनले झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनैको चाकडीमा लागे । उदाहरणको लागि दुताबासले गर्ने दसैं लन्च अथवा डिनरमा त्यतिबेला उनले एमालेका कार्यकर्ताहरुलाई खोजी खोजी बोलाएका थिए ।

अहिलेकोको दसैं पार्टीमा माओवादी त्यो पनि प्रचन्ड र बाबुराम खेमाका कार्यकर्ताहरु खोजी खोजी बोलाइए । लण्डनमा रेष्टुरेन्ट गरेर बस्ने एक जना माओवादी कार्यकर्ता सुरेन्द्र श्रेष्ठ यसपटकको पार्टीमा देखिए रे, श्रेष्ठ बिरलै देखिन्छन दुतावासमा । दुतावासका एकजना कर्मचारीले भने “ति सुरेन्द्र श्रेष्ठलाई मैले यो तीन बर्षसम्म कहिल्यैपनि दुतावासका कार्यक्रमहरुमा देखेको थिइन । ” अर्को तर्फ कांग्रेसका कोइराला खेमाका भनेर चिनिने बिज्ञान शर्मा र सम्पूर्णनन्द ढुङ्गाना भने देखिएनन । खुल्ला निमन्त्रणा भनिएको भए पनि माओवादी कार्यकर्ताहरुलाई राजादुत आँफैले फोन गरेर डाकेको दुतावासकै कर्मचारी बताउँछन । जब कि गत बर्ष देखिए जस्तै एमाले र कांग्रेस समर्थकहरु यसपटक देखिएनन ।

तपाइँको प्रतिक्रिया