पत्रकार महासंघ युरोपशाखा विवादयूक्त अधिवेशन
–महेन्द्र पौडेल / बेल्जियम
ऊ बेला घर घरमा आएर गाउँने गन्धर्वको जतिसुकै चर्कोश्वर पनि अर्थ रहँदैन जबसम्म गन्धर्बले सत्य तथ्य घटनालाई गीत माध्यम गाउँन सक्दैन । अर्थात पत्रकार महासंघ युरोपशाखाको अधिवेशन पश्चात संगीतकारले आ–आफ्नै किसिमले जोडतोडकासाथ डम्फु बजाईरहेका छन्, डम्फु किन बजीरहेको छ सवैलाई थाहा छ । डोकोले ढाकेर लुकाउँछु भन्ने नसोच्दा हुन्थ्यो ।
आउनुहोस अव अधिवेशनका विषयमा चर्चा गरौं, पत्रकार महासंघको अधिवेशनमा राजनीतिक पार्टीको पत्रलाई स्वभाविक ठान्नेले सर्वप्रथम हामी कुन हैसियत र धरातलमा पत्रकार वा राजनीतिक गर्दैछौं बुझ्न जरुरी छ । र सचेत बर्गले विदेशीभूमिमा यो पनि हेक्का राख्नुपथ्र्यो कि पहिला हामी नेपाली हौं अनिमात्र राजनीतिक आस्था । नत्र हामीले हाम्रा अग्रजको उदाहरण दिएर हामी चोखिनु भनेको हाम्रो बौद्धिक दरिद्रता सिवाय केही होइन । राजनीतिको जरा केन्द्रदेखि गाउँसम्म गडेको हाम्रो समाजमा हामीले आजसम्म आफ्नै मौलिक नीति वा आफ्नै समाजअनुसारको नेता छान्न त सकेनौं सकेनौं विदेशमा आएर राजनीतिक आस्था सवैमा भएपनि हामीले हरेक क्षेत्रमा निष्ठा किसिमका व्यवहार गरिरहेका छौं । आस्था र निष्ठा फरक कुरा हुन । राजनीतिक पार्टीको पत्रलाई स्वभाविक मान्नेहरुले देश छोडेर विदेशी भै विदेशी भूमिमा कलम चलाएकाहरुको स्थितिलाई मुल्यांकन नगरी राजनीतिक आस्थाका आधारमा छाति नापेर अगाडी बढ्ने हो भने ऊ बेलाको गोर्खा भतिकेन्द्र र पेरिस अधिवेशनको कुनै फरक छैन ।
बुझ्नुपर्ने कुरा के हो भने अधिवेशनको निर्वाचन समितिले छानेका पत्रकारहरुको महासंघले पुर्नमुल्यांकन गर्दैन भने १२ हजार सदस्यबाट घटाएर ८ हजार बनाएका महासंघका सदस्यबिचका ४ हजारको फेरी मुल्यांकन हुनुपर्दछ । नत्र विदेशमा बनाइएका पत्रकारको आधार पत्रकार महासंघ एनआरएनपछिको दोश्रो संस्था बन्न सक्छ । अधिवेशन पश्चात नेतृत्वमा को आए भन्ने प्रश्न होइन, प्रश्न त्यो हो नेतृत्वमा कस्ता आए भन्ने प्रश्न हो । अलिकति बिबेक भएका र पत्रकारितालाई माया गर्नेवालाहरु सवैलाई थाहै छ त्यो रुमालले नाक नथुनीकन नेतृत्वलाई सघाउन हाम्रो विकल्प छैन । तथापि तर अधिवेशनमा छाति ननापिएकाहरु भर्ति हुन नपाइने भन्ने किसिमको परिपत्रले के निर्देश गर्दछ सवैले बुझ्ने कुरा हो भनिरहन परोइन ।
क्रियासिल पत्रकार साथीहरु सामेल भएनन् भन्ने प्रश्नमा सवैमा खट्किएको हुन सक्छ । त्यो छातिनापिने परिपाटी होला भन्ने कल्पना गरिएन एकातिर । अर्कोतिर विदेशमा पनि राजनीतिक पार्टीको हस्तक्षेप होला भन्ने सोचिएन । परन्तु विदेशमा स्वदेशबाट आयातित दस्ताबेजको सपथ नखाएका स्वभिमानीहरु छरलिएर बसे किनकी ढोंगी स्वभामिानको औचित्य नभएको हामीले बुझेका पनि छौं । अपितु दिउँसोभरी अरुको गुलामी बनेर अनि आदर्श हाक्नु नैतिकता लाग्दैन ।
अन्त्यमा अग्रजहरुले के बुझ्नु पर्दछ भने कसले के पत्रकारिता गर्यो भन्दा पनि कस्तो पत्रकारिता गर्यो कस्तो परिस्थिति? कुन अवस्थामा गर्यो र कसरी गर्यो त्यो बुझ्न जरुरी छ । मुलत यी कुराहरु अलग्याएर कसैले पत्रकारिता गर्यो गर्छु भन्नु हास्याँस्पद मात्र होइन दिवालियापन हो । तर टीठ लाग्ने कुरा के भने युरोपशाखाको तदर्थ समिति बनेपछि विभिन्न पत्रिकामा काम गरेको उदाहरण दिने पत्रकार साथीहरुले कम से कम त्यो पत्रिकाको त्यो बेलाको प्रधान सम्पादकको नामसम्म जानेको भए राम्रो हुने थियो भने दान दिने देखिपछि खरानी धस्नेले अर्ति नदिएपनि हुनेथियो ।
सारांशमा भन्नुपर्दा नेपाल पत्रकार महासंघमा वा वाहिर बसेर सम्पादक पत्रकार भएर राजनीतिक गरेका वर्तमान प्रधानमन्त्री देखि स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्रराई लगायन दजनौं नेता तथा
मन्त्रीसम्मलाई माथ खुवाउने उल्टो बिचारका बेमौसमे तर्कसिलहरु पेरिसमा देखिए किनकी त्यहाँ राजनीतिज्ञ भएर पत्रकार बने । हामीले देख्दै भोग्दै आएको के हो भने पत्रकार भएर राजनीतिक गरेको देखियो तर राजनीतिक गरेर पत्रकार भएको देखिएको थिएन ।

तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






