बेल्जियमको सडक सडकमा नेपाली उमेदवारको चर्चा

(उनको पार्टीले आधिकारिक रुपमा निकालेको प्रचार गर्ने पोस्टर)

यतिखेर बेल्जियममा खुब चर्चा छ नेपालीको । जिल्लास्तरिय निर्वाचनमा केहि नेपाली उमेदवार बनेका छन् । तर विशेष चर्चा भने चितवनको भरतपुर मूल घर भएका र हाल बेल्जियमको आन्तर्पेन शहर निवासी क्रिष्ण प्रसाद रेग्मीको छ । उनी बस्ने शहरमा त त्यहाँका नागरिकले घर घरमा उनको फोटोसहितको पोष्टरहरु राखेका छन् नै, उनी उमेदवार बनेको प्रचार प्रसार उत्कर्षमा पुर्‍याईएको छ ।

बजार, सुपरमार्केट, घरका झ्याल, चौकोस र ठाउँ ठाउँमा उनी लगायतका केहि समकक्षीहरुको तस्बिरलाई होडिङ बोर्ड बनाएर प्रचार भैरहेको छ । बिदेशमा स्थायी बसोबास गरेका नेपालीकालागि त उनी उदाहरणिय बन्न सक्छन् यदि काम गर्न सके भने । समग्रमा नेपाल र नेपालीकै हितकालागि यो अवशर हुन सक्छ । उनको पार्टीले उहि बिदेशीहरु प्रति कडा निति राख्ने, अमैत्रीपूर्ण, दक्षिणपन्थी नीति लिने भनेर चिनिने गरेको नेपालीहरु बताउँछन् । उनीमाथि पनि आफ्नै दाजुभाइ दिदी बहिनि खेदेको आरोप लाग्न सक्ला उनको पार्टीले त्यस्तै कडा निति लिइरहे ।

उनी आफैं चुनाव प्रचार प्रसारमा खटिएका छन् डटेर । कति नेपालीको साथ र समर्थन पाउँछन् भन्ने कुरोलेपनि अर्थ राख्ने छ । किनभने उनको पार्टी त्यहाँ दक्षिणपन्थीका रुपमा चिनिने रहेछ । उनको पार्टीकै कारणले धेरै आप्रवाशी र त्यसमापनि नेपालीहरुले समस्या झेल्नु परेको पनि नेपालीहरुले बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया