पत्रकार महा संघको झण्डा अब पेरिसबाट उचालिँदै
नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महा संघको झण्डा पेरिसमा उचालिन तयार भएर बसेको छ । यहि सेप्टेम्बर ०२ आइतवारका दिन युरोप भर (युरो जोन भित्र) छरिएर रहेका नेपाली पत्रकारहरुको पहिलो अधिवेशनका दिन त्यो झण्डा उचालिने छ । अर्थात् नेपाल पत्रकार महा संघ युरोप (एफ एन जे युरोप) को पहिलो अधिवेशन मार्फत त्यो झण्डा युरोपमा उठाइने छ । यसका लागि प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महा संघका केन्द्रिय अध्यक्ष शिव गाउँले पेरिस आइपुग्दै छन् । उनले एफ एन जे युरोप (युरो जोन भित्र, यस अघि बेलाययमा शाखा गठन भैसकेको) को पहिलो अधिवेशन उद्घाटन गरेर युरोपमा एफ एन जेको पहिलो शाखाको बिउ रोप्ने छन् । यसका लागि युरोपमा बिभिन्न मुलुकबाट नेपाली पत्रकार आउने अन्तिम तयारि भैसकेको छ ।
युरोपका बिभिन्न मुलुकमा रहेका नेपाली पत्रकारहरुको जमघट हुने भएकालेपनि यसको चासो ब्यापक देखिएको छ । एफ एन जे युरोपको यो पहिलो अधिवेशन कार्यक्रमलाई सफल बनाउन र सहयोग गर्न फ्रान्सका नेपाली संस्था नेपाली एकता समाज, तमु समाज र पाकोफेन लागि परेका छन् । त्यसकालागि करिब दुई सय जना सजिलै सित अटाउने हल लिइसकिएको छ । हल, खाना, न्रित्य र अन्य सबैका लागि सहयोगि संस्थाहरुले आआफ्ना जिम्मेवारी लिएर जुटेका छन् ।
प्राय पत्रकारहरुका कार्यक्रममा पत्रकारहरु पत्रकार मात्रै सिमित रहने वा त्यसमा स्थानिय नेपालीहरुलाई आम रुपमा सहभागिता जनाउने गरिन्न । तर एफ एन जे युरोपले यो पटक अलि भिन्न र खुला तरिका अपनाएको छ । यसमा स्थानिय नेपालीहरुलाई पनि सहभागिता गराउन पत्रकार, पत्रकारिता र बिभिन्न मेडियासित संवन्धित जिज्ञासाहरु राख्न पाउन् भनेर हलमा पत्रकारहरुसित सिधै प्रश्नोत्तर गर्न पाउने मेसो मिलाएको छ । यसले गर्दापनि पेरिसबासी र अन्य ठाउँका नेपालीहरुमा चासो र उत्सुकता बढेको हो ।
कार्यक्रममा बीबीसी नेपाली सेवा, कान्तिपुर दैनिक, नागरिक न्युज दैनिक, उज्यालो नाईन्टि नेट वर्क, एन आर एन टिभी, नेपाल टेली भिजन, रेडियो नेपाल लगायत थुप्रै मेडियाका नेपाली पत्रकारसित सिधा सवाल जवाफ गर्न पाइने छ । यस बाहेक युरोपमा बसेर स्वतन्त्ररुपमा कलम चलाउँदै आएका केहि प्रसिद्द पत्रकारहरुको समेत सहभागित हुँदै छ । त्यसका लागि केहि समय हल खुला गर्न लागिएको हो ।
त्यसैगरि, यो कार्यक्रममा पत्रकारहरुले युरोपमा नेपाली पत्रकार, पत्रकारिता र त्यसको अवस्थाबारे आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । मध्यान्हबाट स्थानिय र निम्तालुहरु सहितको कार्यक्रम शुरु भएपनि नेपाली पत्रकारहरु त्यस अघिनै भेला भएर नयाँ बिधान र नयाँ कार्य समितिका लागि जुट्ने छन् । त्यसको समय महा संघका अध्यक्ष पेरिस आउनासाथ सल्लाह गरेर सबैलाई खबर गरिने छ ।
कार्यक्रमलाई अलि रमाइलो र मनोरन्जनात्मक, सहभागितामुलक समेत बनाउन नेपाली एकता समाज फ्रान्स, तमु समाज फ्रान्स र पाकोफेनका नेपाली कलाकारहरुले नेपाली न्रित्य र संगित प्रस्तुत गरेर बिदेशमा नेपाली संस्क्रिति के कसरि जोगाउन लागि परेका छन् भन्ने उदाहरण प्रत्यक्षरुपमै देखाउने छन् । नेपाली पत्रकारहरुका माझमा ति संस्थाले आफ्ना गतिबिधि, नेपाल र नेपालीका लागि बसेर गरेको योगदानबारे छोटकारिमा पावर पोइन्ट मार्फत देखाउने निधो समेत गरिएको छ ।
स्थानिय नेपालीको ब्यापक सहभागिता होस् र भार पनि नपरोस् भनेर त्यसमा मध्यान्हको खानाको ब्यवस्था समेत गरिएको छ । युरोपमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक कार्यक्रममा फ्रान्सवासी सबै नेपालीहरुलाई सहभागिता जनाउन फेसबुक, ईमेल लगायत सामाजिक सञ्जाल र अनलाईन मेडियाहरु मार्फत नेपाल पत्रकार महा संघ युरोप र सहयोगि नेपाली एकता समाज फ्रान्स, तमु समाज फ्रान्स र पाकोफेनले गरिसकेका छन् ।
कार्यक्रम शुरु हुने समय : बिहान १२ बजेदेखि
कार्यक्रम हुने स्थान : 1 rue 8 mai 1945, 94700 Maison Alfort (मेजोँ अल्फर्टको हल)
प्रबेश शुल्क : जम्मा ५ यूरो (दिउँसोको खाना सहित)
मेट्रो ८ स्टेशन : Maison Alfort Stade





