एमाले नेता रावलकै अगाडि पोर्चुगलमा झडप (भिडियो सहित)

 

देश लुटेकाहरु अब बिदेशबाटपनि अत्तालिँदै छन् । बिदेशका नेपालीलेपनि तिनलाई लघार्दै छन् । बहिस्क्रित गर्दै छन् । एकै जात, एउटै भाषा, उहि परम्परा, थोत्रिएको संविधान र मक्किएको परिपाठीनै राखेर देश लुट्न खोज्ने राजनितिक लुटेराहरुलाई बिदेशका नेपालीले पनि अस्विकार गर्दै छन् । तिनै नेताका पछाडि लाग्ने, चाकरि गर्ने चाकरिबाज, झोले कार्यकर्तालाई चुनौति दिँदै संघियता बिरोधी नेकपा एमालेका ठग नेता भिम रावल र प्रकाश ज्वालालाई कालो झण्डा देखाएका छन् पोर्तुगलका नेपालीहरुले । तिनको बेइज्जति गरेका छन् पोर्चुगिज कम्युनिस्ट पार्टीका नेताको अघिल्तिर । तिनका आउरे बाउरे नेताको सामुन्ने । त्यहाँ झडप भएकोपनि उल्लेख छ ।

एमाले नेता प्रकाश ज्वाल्ला स्वच्छ नेताका रुपमा दरिँदा दरिँदैपनि उनी समेत फटाहा, भ्रस्टाचारी नेता भिम रावलको पिछलग्गु भएर हिँड्दा घानमा परेका छन् । उनलेपनि अपमान र ग्रिणा अनि कालो झण्डा हेर्नु परेको छ । पटक पटक ग्रिह, पर्यटन लगायतका मन्त्री हुँदा करोडौं अनियमितता गरेका नेता हुन् रावल र करोड भन्दा बढि मूल्य पर्ने महँगो गाडी सरकारी धनमा चढ्ने नेता हुन् उनी । हिजो एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मञ्चले भेटघाट र राजनितिक छलफल राखेका थिए । त्यहिँ भाग लिन सबैलाई निम्तो गरियो । सबैलाई मञ्चमा राखियो । पोर्चुगिज कम्युनिस्ट पार्टीका नेतालाईपनि ड्यासमा बोलाइयो । त्यस लगत्तै संघियताका समर्थक नेपालीले कालो झण्डा देखाउँदै नारा लगाए । हललाई गुञ्जायमान बनाए संघियताका पक्ष र संघियता बिरोधी नारा लगाएर ।

एमाले नेता र आयोजकको कुनै हुति चलेन । आयोजकहरु न्यास्स मुख लगाए । हेरेको हेर्‍यै परे । तर संघियताका पक्षधरहरुले निरन्तर नारा लगाइरहे । आयोजकहरु भुइमै आएर शान्त रहन आग्रह गरेपनि टेरेनन् । अनेक रोदन गरियो । तैपनि कुनै सिप चलेन । प्रकाश ज्वाला चुपचाप बसेपनि भिम रावल आफ्ना कार्यकर्तासित खुब जंघिए ‘यस्तो ठाउँमा पनि किन बोलाउनुभाको ?’

त्यहाँ आक्रमण नै हुने स्थिति देखियो किनकि संघियताका समर्थकहरु नारा लगाउँदै मञ्चतिर अगाडि बढ्दै गए । अनि राम धुलाई होअल भन्ने डरले भिम रावलले प्रहरीलाई बोलाउन आग्रह गर्दै भने “पुलिस बोलाउनुस् न के हेरेर बस्नु भाको छ ?” संघियताका बिरोधी वा कार्यक्रम आयोजक एमालेका कार्यकर्ताका बिचमा केहि झडप भएको अपुष्ट दाबीपनि छ । दुई पक्षले एक अर्कालाई “पख्लास” भनिरहेका छन् । तर संघियताका पक्षधरहरु बलियो देखिएपछि एमाले कार्यकर्ताहरु निरिह देखिएका छन् । तिनका नेताको मुख कुचुक्क खुम्चिएको छ ग्लानीले ।

त्यहाँ आफ्ना नेता आउने भनेपछि बेल्जियमका एमाले नेता शिव बरुवाल लगायत यूरोपका बिभिन्न मुलुकका नेपाली भात्रि संगठन नेपाली लोकतान्त्रिक मञ्चका नेताहरु पुगेका थिए । अन्य देशमा पनि यस्तै जमघट गर्ने भनिएपनि हाल पोर्चुगलको झडप र कालो झण्डा देखेपछि नेता र कार्यकर्ता दुबै अन्यौलमा परेका छन् । (यो भिडियो योगेन्द्र मिलन छन्त्यालले खिचेका हुन्)

तपाइँको प्रतिक्रिया