अव युरोप महासंघ बोल्ने

महेन्द्र पौडेल / बेल्जियम

थोरै समय भयो होला वेल्जियममा दुईचार शव्द केलाउन के पाएको थिएँ राम्रा नराम्रा विभिन्न टिका टिप्पणी आउन थाले । आउनु स्वभाविक भएतापनि कलममाथिको तीखो टिप्पणी र यसको विषय क्षमतालाई एक्लाउने प्रवृत्तिको महशुस हुन पुग्यो  । र सोध्न पुगे एकजना मित्रलाई ‘के यहाँ लेख्नु नराम्रो हो र ? ‘ मित्रको जवाफ थियो– सर केवल पोजेटिभ मात्रै लेख्नुस । नेगेटिभ नलेख्नुस ।

मनमनै सम्झें  ‘स्वदेशमा गरिने पत्रकारिता र विदेशमा गरिने पत्रकारिता कति अन्तर रहेछ । कमसेकम स्वदेशमा धक फुलाएर लेख्न पाइन्थ्यो । मैले जानेको वुझेको मेरो पत्रकारिता र अग्रज विजयदाइको शव्द मनभित्र खेल्यो । उहाँको शव्दमा स्वर्गिय संस्थापक नेता कृष्णप्रसाद भटट्राइले भन्नुभएको ‘विजय वावु नेताले के भन्छन् त्यो नलेख के लुकाउँछन् त्यो लेख ।’ अर्थात कहाँ कमि कमजोरी हुन्छ त्यहाँ लेख । अर्थात विजयदाइको अन्तरंगमा कृष्णप्रसाद भटृराइको ठट्यौली भित्रको ज्ञान । त्यसैले उक्त मित्रको भनाई र लुकाएको लेख्ने मेरो वानीमा अन्तर भेटियो । अन्तत निडर भएर लेख्ने मेरो सोच परिवर्तन हुने कुरै भएन ।

आज यस कम्प्यूटरमा वस्दा मनभित्र अनेक कुराहरु खेले । किन यत्रा अग्रजहरु हुँदापनि पत्रकारहरुको संगठन वनाउन नसकेका होलान भन्ने कुरा जहिल्यै पनि हुँदा त्यो मेरो खुल्दुली युरोप महासंघको तदर्थ समिति छ जसको पहल फ्रान्सबाट पत्रकारिताका गर्ने ददि सापकोटाको पहलले गरेको हुँदा खुशी छु । करिव २०५६ सालतिरको कुरा होला पत्रकारिता पेशामा हात हालेको । त्यो पनि त्यसबेलाका श्री ५ को सरकारको खरिदारको जागीर खानेपानी विभागमा काम गर्दागर्दै राजीनामा दिएर जिल्लामा गएको मौकामा जिल्लावाट निस्कने साप्ताहिक पत्रिका ‘विचार’ मा काम गर्ने प्रस्ताव आयो । आखिर पत्रकार न हो अक्षर त जहाँवाट पनि निक्लन्छ नि । जुन समुदायमा वस्यो त्यहि विचमा लेख्ने मेरो प्रवत्तिमा त्यहाँ काम गर्दागर्दै फेरि काठमाण्डौ गएको मौकामा आइवी मल्लदाइले लौन जनमोर्चाको द्वैमासिक निकाल्नु पर्‍यो भन्नुभयो । त्यसमा दुइचार अंक निकाल्दै थिएँ । आदरिणीय दाजु गणेश शाह जो माओवादी पालामा भौतिक तथा विज्ञान मन्त्री वन्नुभयो । उहाँले टपक्क टिपेर हिमालय टाइम्समा लैजानुभयो ।

करिव दुइवर्षजति हिमालय टाइम्समा काम गरिरहेको मौकामा अग्रज धीरेन्द्र प्रेमर्षि, पुर्व पत्रकार महासंघ अध्यक्ष धर्मेन्द्र झा, मैथिली सर्जक अशोक चौधरीको टिमले एउटा जिम्मा दियो, रिड्स मिथिला नामक पत्रिका प्रकाशनको त्यसको । संयोजक भएर काम गर्दै थिएँ माओवादी पीडित संघले स्मारिकाको जिम्मा मलाई नै थोपर्‍यो। माओवादी आन्दोलनको अलिकति चरम पुगेको त्यो समय राम्रो कामलाई प्रश्रय गर्नुपर्दछ र नराम्रो कामको भण्डाफोर गर्ने मेरो प्रवृत्ति त्यसबेला तुहियो जुन वेला मैले २०५७ सालको वाढी पीडित घटनामा प्रत्यक्ष संलग्न त्यसवेलाका युवराज दीपेन्द्र शाहको सकरात्मक पहलको पक्षमा पाठकहरुलाई जानकारी गराउन पुगे भने वुर्जुवा शिक्षा भन्दै स्कुल वन्द गराउँदै हिडेका त्यसवेलाका माओवादीहरुले गरेको वितण्डा त्यहि शिक्षाको  पाधिको विषयमा लेखिएको मेरो लेखले वनाएको मलाई हतोत्साही र  माओवादी पीडित संघको कार्यालयमा वजेको घण्टीको झर्रो शव्दले फोनै काट्नुपरेको पीडा अनि आज आएर माओवादी सभासदहरु भटाभट एसएलसी पास भएको खवर सुन्दा कता कता अनौठो पनि लाग्छ । कता कता दुःख पनि लाग्छ । २ वर्ष अगाडी वेपत्ता भनेर छापिएछ मेरो फोटो सहित कुनै पत्रिकामा । वेला वेलामा स्तम्भ लेख्ने मेरो वानी त्यो पनि मोफसलवाट । कुनै वेला त्रिभूवन युनिभर्सिटिमा लाइवेरिमा वसेर दिउँशोभरि कोरेर मोफसलवाटै अन्नपुर्णपोष्टमा स्तम्भमा लेख पठाउँथे ।

केही समय त अन्नपुर्णपोष्टले मलाई लेख्नेप्रति उत्साह जगायो । राष्ट्रियस्तरमा लेखेर वाँचेको म विदेशमा उम्रदैका चिल्ला पात भनेर आएका टिप्पणी एउटा मेरो शरीरकै तीन भाग केलाएर दिएका टिप्पणी लगायत मेरो लेख पुरा नपढी दिनुभएको पाठकको टिप्पणी प्रति मेरो ध्यानाकर्षण हुनपुग्यो । त्यो भन्दा पनि वढि पहिलो अंकमा भुलवश फोननम्वर दिन पुगेछु । रातको दुइ तीन वजे विना नम्बरसहित आएका फोनको घण्टीको झर्रो शव्दप्रति दिक्क लागेर परिवर्तन नै गरिदिएँ । अनि सोचे विदेश न हो । दुइटा टिप्पणीलाई टिप्पणी गर्नु मेरो सन्दर्भ भित्र पर्दैन । तर अर्का मित्रको टिप्पणी सान्दर्भिक भएतापनि पत्रकारिताको मर्म नवुझेजस्तो लाग्यो । स्वच्छ, वैचारिक वहस र टिप्पणीलाई सदा स्वागत गर्दछु । पत्रकार कसैको पेवा हुँदैन जो इमान्दार, लगनशीलता र योग्य छ उसको जहाँपनि कदर हुन्छ । जुनसुकै परिस्थितिमा उसको कलम भनेको तपाइको शव्द मात्र होइन तपाइको कृयाकलाप र विचार पनि हो, जसले सार्वजनिक पदको अगुवा गर्दछ । पत्रकार तपाईका अभिव्यक्ति पनि हुन् भन्ने हेक्का राख्नु पर्दछ । 

अन्त्यमा अव संगठन बोल्नेछ । अव हाम्रो संगठन हुनेभयो । यसमा सवै तहका पिछडिएका पीडिएका मनभित्र सत्य बोल्ने आँट हुँदा हुँदै पनि बोल्न नसकेका लेख्न नसकेका सवै साथी भाईहरु आउनेछन् र संगठनलाई दरो बनाउने छन् भन्नेमा ढुक्क छु । यो ददि सापकोटा मात्र सफलता र उनको मात्र कर्तव्य होइन । उनको पहललाई होस्टेमा हैंसे थप्ने काम हामी सवैको हो । यदि यसो गर्न सकिएन भने हामीले लेख्ने र सचेत बर्गमा गनिएका हामीलाई समाजले के भन्ला वा के मूल्य देला ? संगठन जे जसरी भएपनि अव संगठनभित्रै वसेर छलफल गर्ने । त्यही विवादित विषयमा वहसलाई अगाडी बढाउने काम गर्नु पर्दछ । हाम्रा असहमतीलाई सार्वजनिक गर्ने गैर काम गर्नु हुँदैन । यो संवेदनशील र चेतनशील वर्गको संस्था हो । अन्त्यमा यस तदर्थ समितिका पदाधिकारीलाई शुभकामना सहित अवको कार्यक्रमलाई यथासक्या चाँडो र छलफलमा ल्याऔं भन्ने छ । अव हाम्रो पनि संस्था हुने भो भन्नेमा गौरव गरौं सवैले ।

तपाइँको प्रतिक्रिया