माओवादीले माओवादीमाथिनै किर्ते काम गर्ने ?

एक्रिक्रित नेकपा माओवादी पार्टीका नेताले एक अर्का प्रति आरोप र प्रत्यारोप त गरेकै छन् स्वदेशमा । अब बिदेशमा पनि पार्टीको फूट र मनमुटाव देखिएको छ । बिदेशका पनि बिभिन्न देशमा छरिएका छन् माओवादी । संगठन बिस्तार लगभग सबैजसो महादेशमा छ । स्वदेशमा नेता फुट्दा बिदेशका संगठनमापनि असर पर्ने नै भयो । त्यहि असर अहिले यूरोपमा पनि देखिएको छ । बरु बिदेशमा रहेका माओवादीले एक अर्काको सहमती रहेको भन्दै किर्ते काम गर्न पो थालेछन् । जन आन्दोलन दिवस मनाउने नाममा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईले यथास्थितिवादको नाममा छुट्टै कार्यक्रम गरेको आरोप लागेको हो ।

उता मोहन बैध्य पक्ष भनिनेहरुले छुट्टै कार्यक्रम गरेर उनीहरुलाई चुनौति दिए । तर यूरोपमा त त्यो भन्दापनि अगाडि बढेर संस्थापन पक्षकै बचाउ र चाकरी गर्दै बिज्ञप्ती जारी गरेछन् । माओवादीको जन वर्गिय संगठनमा प्रचण्ड र बाबुराम पक्षले सल्लाह समेत नगरि जो पायो उसको नाम हालेर बिज्ञप्ती जारी गरेछन् । अहिले त्यसैको भण्डाफोर गर्न भन्दै एकिक्रित नेकपा माओवादीका यूरोपस्थित ११ वटा जनवर्गिय संगठनले भण्डाफोर गर्न बिज्ञप्ती जारी गरेका छन् । बिज्ञप्तीमा जन संविधान बनाउनकालागि कस्सिनु पर्छ भनिएको छ । शान्ति र संविधान निर्माण प्रकृयामा सामन्त, दलाल तथा पुजीपतिहरुसंग सहमति गर्दै विभिन्न वाहनावाजीमा जनताका मागहरुवाट क्रमश पछि हट्दै गएको, पार्टी भित्र व्यवहारमा वर्गउत्थान,विचारमा वर्ग समन्वय तथा आचरणमा निम्न पूजीवादी हैकम कायम भएको आरोप लगाइएको छ । अहिलेको बिज्ञप्ती बढि सन्तुलित देखिन्छ किनभने यसमा पार्टी फुटको स्पष्ठ उल्लेख छैन । तर गिज्ञप्ती हेर्दा क्रान्तिकारी मागहरुका पक्ष र जनसंविधान बनाउनु पर्छ भनिएकाले बैध्य पक्षको प्रभाव परेको बुझिन्छ । बिज्ञप्ती हेर्नुस् है त जस्ताको तस्तै ? 

गैरवामपन्थी चरित्रको भण्डाफोर गरौं, जनसंविधान निर्माणको मार्गमा अगाडि वढौं ।

यूरोपमा रहेका प्रगतिशील वामपन्थीहरुको हवाला दिंदै चैत्र २४ २०६८ मा प्रकाशित कथित प्रेश विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा हाम्रो संगठनलाई र हामीलाई पनि समावेश गराइएकाले त्यसको भ्रत्सना गर्दछौं। संगठनको मूल्य र मान्यतालाई मिचेर यस्तो हर्कत गर्ने अमूक व्यक्तिहरुलाई तल्लो स्तरको छलकपट र गैर वामपन्थी व्यवहार नगर्न आह्वान गर्दछौं ।

चैत्र २४ लाई जनआन्दोलन दिवसको रुपमा मनाउने कुरालाई हामी सम्मान गर्न चाहन्छौं । उक्त दिनको मर्म भनेको नेपाललाई जनताको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा लैजाने नै हो । जसका लागि नेपालमा सामन्त, दलाल तथा नोकरशाही पजीपतिवर्गको उत्पिडनको पुर्ण रुपमा अन्त्य हुन पर्दछ । अव वन्ने संविधानमा उत्पीडित जाति,समुदाय, क्षेत्र, भाषा, सांस्कृतिक पहिचान, आदिवासी जनजातीलाई आधार मानी संघीय एकाइको निर्माण, आत्मनिर्णयको अधिकार, जातीय,क्षेत्रीय स्वायत्तता र स्वशासन, महिला, दलित, तेस्रो लिड्गी तथा मुस्लिम समुदाय र अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेषाधिकार सहितको समावेशीता तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ ।

त्यस्तै गरेर राज्यका सबै अंग र तहहरुमा किसान र मजदूरको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । सामन्ती भूस्वामित्वको अन्त्य गर्दै क्रान्तिकारी भूमिसुधार कार्यक्रमको व्यवस्था गरी हदबन्दीभन्दा बढीको जमिन भूमिहीन र वास्तविक सुकुम्बासीहरुलाई विना मुआब्जा वितरण गरिनु पर्दछ । राष्ट्रिय औद्योगिक अर्थतन्त्रको संरक्षण र विकास गर्दै शिक्षा, स्वाथ्य, रोजगार, खाद्य, आवास र सामाजिक सुरक्षालाई र राज्यको दायित्व अन्तरगत पारिने संवैधानिक व्यवस्था हुनु पर्दछ ।

नेपालमा सदियौंदेखि कायम रहेको वैदेशिक हस्तक्षेप त्यसमा पनि विशेषगरी भारतीय विस्तारवादी निती अन्तर्रगत भएका सन्धि सम्झौताहरु खारेज गरिनु पर्दछ र पन्चशीलको आधारमा नयां सन्धि तथा सम्झौताहरु कायम गरिनु पर्दछ । यी र यस्ता जनपक्षीय बिषयवस्तुहरुलाई नयां संविधानमा व्यवस्था गरि कार्यान्वयन गर्ने अर्थमा सम्पन्न हुने जनआन्दोलन दिवसलाई हाम्रो पुर्ण समर्थन रहने छ ।

एकिकृत नेकपा माओवादीले यी विषयवस्तुहरुको उठानका साथ दशवर्षे जनयुद्ध सम्पन्न गरी यीनै नाराका साथ संविधान सभामा ठूलो दल भएको कुरा राष्टिय तथा अन्तरराष्टिय स्तरमा स्पष्ट छ । शान्ति र संविधान निर्माण प्रकृयामा सामन्त, दलाल तथा पुजीपतिहरुसंग सहमति गर्दै विभिन्न वाहनावाजीमा जनताका मागहरुवाट क्रमश पछि हट्दै गएको, पार्टी भित्र व्यवहारमा वर्गउत्थान,विचारमा वर्ग समन्वय तथा आचरणमा निम्न पूजीवादी हैकम कायम भएकाले आम जनसमुदायलाई चिन्तित वनाएको छ ।

यसरी जनताको भविष्य निर्धारण गर्ने प्रमख भुमिकामा रहेको पार्टीमा वढ्दै गएको विकृतिलाई रोक्नको लागि पहल गर्नाको सट्टा त्यसैको निरन्तरता स्वरुप विज्ञप्तिमा उल्लेखित कुनै पनि संगठनमा छलफलनै नगरी र अधिकांश संगठन तथा त्यसका नेतृत्वलाई जानकारीसम्म पनि नगराई विज्ञप्ति जारी गर्नु कायर मानसिकताको उपज सिवाय केही होइन । नेपाली समाजमा विध्यमान गम्भिर अन्तर्विरोधको असर हाम्रा संगठनहरुमा पनि परेको अवस्थामा धैर्यवान भइ छलफल र वहस जारी राख्दै सार्वजनिक विषयहरुमा संगठनमा कायम रहेका न्युनतम सहमतिमा रहेर मात्र व्यवहार गर्न हामी फेरी पनि आह्वान गर्दछौं ।

• संयुक्त नेपाली मोर्चा, यूरोप

अध्यक्ष नवीन सापकोटा

• नेपाली जनजाती सरोकार मञ्च, यूरोप

अध्यक्ष – राम वहादर गुरुङ्ग

• नेपाली जनप्रगतिशील मञ्च, वेल्जियम

महासचिव – प्रेम पाठक

• नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

महासचिव – सोम थनेत

• अन्तरराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी

विनोद कार्की

• नेपाली जनप्रगतिशील मञ्च, फ्रान्स

अध्यक्ष – अशोक घले

• मगर राष्ट्रिय मुक्ति मोर्चा, वेल्जियम

अध्यक्ष- कुल मगर

• नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल

अध्यक्ष- राम गौचन

• नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी

अध्यक्ष- गंगालाल श्रेष्ठ

• नेपाली जनप्रगतिशील मञ्च, स्पेन

अध्यक्ष- ईश्वर शर्मा

• नेपाली जनप्रगतिशील मोर्चा, इटली

अध्यक्ष – बाबुराम खतिवडा

चैत्र २४ २०६८

तपाइँको प्रतिक्रिया