यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको

सात समुद्र पारी बस्ने नेपालीहरु आफु आफुमै मारापिट । बैमनस्य । सबै मै ठूला । मै जान्ने । मै धनी । मै बिद्वान । कसले कसलाई टेर्ने ? कसका कुरा सुन्ने ? पण्डित दिनबन्धु पोखरेललाई माध्यम बनाइयो महायज्ञ लगाएर । नेपाल हाउस भन्ने नेपाली सांस्क्रितिक भवन बनाउने नाममा महायज्ञ गरियो । नेपालीहरु बिच बैन्स्यता, रिस राग, बेल्जियमा रहेका नेपालीहरु बिचको जातिय वैमन्स्यता र राजनैतिक तनावलाई सदाका लागि नस्ट गर्ने वचन दिएका थिए पण्डित दिनबन्धुलेपनि ।

केहि नेपालीहरु अब सब मिल्ने भए भनेर दंगपनि परे। तर बिचरा दिनबन्धुले बोलेर के हुने ? १२ वर्ष कुकुरको पुच्छर बाँसको ढुंग्रोमा हालेपनि उस्तै। यो महायज्ञपछि त झन रांक्किए झैं देखिए नेपाली । त्यो महायज्ञ झन रिस र रागको कारण बनिरहेको छ । झन घर घरमा कलहको बिउ बनेको छ । एन आर एनको निर्वाचनबाट त्यहां बैमन्स्यता झन संस्थागत र राजनितिक रुपले चर्किएको देखिएको पो छ ।

त्यतिखेर नेपाल हाउस बनाउने भन्दै पण्डित ल्याए । महायज्ञमा पण्डितले नेपालीहरु बिचको बैमन्स्यता सबै चट पारिदिने भनेपछि सब दंग परे। लौ कसले कति दानको घोषणा गर्ने भनेर प्रतिस्पर्धा चल्यो ।

म ५०० यूरो ।

ल मेरो १०० यूरो ।

मेरो ५००० यूरो ।

हुँदा हुँदा ब्यक्तिले २० ह्जार यूरोसम्म दिने घोषणा गरे । तालै तालमा लागेर नाचे । तँ भन्दा म के कम ? भन्ने प्रतिस्पर्धी भावनाले दान रकम बढ्यो । नाचको तालमा रकम बढाएर लेखाउने प्रतिस्पर्धा चल्यो । दिनेले ‘लेख’ भने पछि लेख्नेले लेख्नेनै भयो । वरिपरिकाले हौस्याए ‘दाई यत्ति हो र ? अरुले त यति हाले’

‘अर्को सनक्क सन्किंदै ए हो र ? उसो भए ल यति लेख्दे’ भन्दै मारुनी न्रित्य नाच्यो ।

‘सर फलानाले यति दियो तपाईले जम्मा यति ? इज्जत जाने भो । भएन यो त’। त्यहि तालमा लागेर बढाए । एन आर एन बेल्जियमले सहयोग गरेको कार्यक्रम आयोजक मुख्य जयन्तु संस्क्रितम थियो । उनीहरुले त जुँघामा ताउ नै लगाए । नेपाल हाउस बनाउन एन आर एन बेल्जियमले मात्रै ५५ हजार ५ सय ५५ युरो दिने घोषणा गरेको थियो । तर बेल्जियमका मित्रहरु एन आर एन आफैंले त्यो रकम नदिएको बताउंछन् । हुन त त्यसको म्याद दुई वर्ष राखिएको छ ।

मुखले घोषणा गरेको पैसो त सात लाख ५० हजार हो । तर दिने कसले ? जसले घोषणा गरे पैसो दिने भन्दा घर घरमा मारमुंग्रि चलेको छ । लोग्नेले अरुको तालमा लाएर घोषणा त गर्‍यो । घरम गएर श्रीमतीले हप्की लाउने ‘किन यत्रो पैसो बोलेको? कहाँबाट ल्याएर दिने?’

अर्कोको घरमा ‘ओइ तैँले किन घोषणा गरिस् हँ ? कसले तिर्छ ?

कतै ‘तैंले बोलेको तैलेनै तिर म किन तिर्ने?’

अहिले ‘उ बेला मन परि जसलेपनि बोल्यो नि’ भन्दै हिँडेका छन् ।

घर घरमा यत्रो पैसा किन बोलेको भनेर मनमुटाव छ । कोहि त्यति बेला ब्यापार हर्लक्क भएको देखेर बोले । अहिले घर खर्च चलाउन र यस्सो केहि ब्यापार गर्न सापटी खोज्दै हिँड्ने भएका छन् । तिनले अब कहाँबाट दिने ? कोहि सम्पर्कमै आउन छोंडेका छन् । कसैको मोबाइल फोन उठ्दैन समितीको कसैले फोन गर्‍यो भने । पैसा हुनेलेपनि ‘अरुले दिए दिउंला नी हेरौं न’ भन्दै च्यापेर बसेका छन् । घरमा जसले दिन खोज्छ ‘तँलाइ केको हतार?’ भन्दै बाझाबझ हुने गरेको छ ।

नेपाल हाउस बन्छ भनेर निकै उफ्रिए । महायज्ञमा पैसा दिनेको चुरिफुरि र घोषणा गरेको रकम देख्दा अब बन्ने भो भन्नेपनि सोचे । तर अहिले घुषणा गरेको पैसोको आधापनि उठ्ने छाँट छैन । उल्टो नेपाली नेपालीबिचको बमनस्यता सब चट पार्ने भनिएको यज्ञले त घरघरै झैझगडा पो हुल्यो त !

आयोजक मध्ये कोहि लाजले ‘पैसो उठ्या छ’ भन्छन् । तर कति उठ्यो त चुपचाप छन् । अहिले बेल्जियमका नेपालीहरु उनीहरुलाइ प्रश्न गर्दै छन् ‘ए पैसो उठ्या भए ककसको उठ्यो त ? नाम के ? त्यो पैसो कुन बैंकमा छ त सर्वजनिक गर्नु परो नी त’। तर बिचरा आयोजकले कहाँबाट दिने ? पैसो उठेको भए पो दिने त ? बिदेशमा बस्ने नेपाली सभ्य, जाने बुझेका, देखेका र बिद्वान भन्ने सोच्छन् मात्रिभुमीमा । तर नाथे दिएकै दानमा हेर्नुस् त बिदेशमा लडाभाँती नेपालीको !

तपाइँको प्रतिक्रिया