रक्सी र चुरोट भन्दा ट्विटर र फेसबूकको लत खतरा
मेडियाको तलतल कति बिघ्न हुने रहेछ । तपाई चुरोट, बिँडी तान्नुहुन्छ । रक्सी पिउनुहुन्छ भने त्यसको खतरा र लत कत्तिको हुन्छ ? तर सामाजिक मडिया हेर्नुहुन्छ । पढ्नुहुन्छ । वा मेडिया नभैहुन्न भने ? चुरोट र रक्सीको भन्दापनि बढि हुने रहेछ । बरु चुरोट नतानी सकिने । रक्सी नधोकिपनि धान्न सकिने । तर खबर नबुझि, नजानि, नपढी नहुने । त्यसले त झन बढि तलतल बनाउने रहेछ । नयाँ अनुसन्धान गर्ने बैज्ञानिकहरुले गज्जबको तथ्य पत्ता लगाएका छन्, फेसबुक, ट्विटर, ईमेल जस्ता मेडियाको लत चुरोट र रक्सीकोभन्दापनि बढि ।
ति सामाजिक मेडिया चलाउन थालेपछि अझ बढि तलतल लाग्ने रहेछ र मान्छे त्यसैमा टाँस्सिरहन खोज्ने रहेछ । अरुले के गरेका रहेछन् ? के गर्दै होलान् भन्ने उत्सुकताले मान्छेहरु ईमेल, फेसबुक र ट्विटर जस्ता सामाजिक मेडिया बढि प्रयोग गर्छन् । यो राम्रो बानी त होइन नै । तर के चाहिँ राम्रो हो भने यि मेडिया चुरोट र रक्सी भन्दा सस्ता छन् । शारिरिक क्षती कम गर्छन् ।
अमेरिकाको सिकागो स्थित बुथ बिसनेस स्कूलले एउटा अनुसन्धान गरेको थियो । तिनले जर्मनीका २०५ जना मानिसमाथि अध्ययन गरे। उमेर १८ देखि ८५ थियो । तिनलाई दिनको सात पटक सात दिन सम्म सोधियो, तपाईलाई के गर्न मन लाग्छ ? कस्तो सोच आउँछ ? के को अभाव हुन्छ ? कुन बेला कस्तो हुन्छ मन लाग्छ ? हुटहुटी केले बनाउँछ ? अहिले के गरौं जस्तो लाग्दै छ ? उसको गतिबिधी र मनमा लागेका भावनाबारे प्रश्न सोधिएका थिए ।
त्यसरि सोध्दा चुरोट र रक्सीको तलतल उच्च रुपमा ब्यक्त भएन । फूर्सदको समय लिनु, आराम गर्नु र सुत्नु प्रमुख प्राथमिकता देखिए । दोस्रो नंबरमा फेस बुक र ट्विटर चलाउने अनि ईमेल हेर्ने र लेख्नु रहेछ प्राथमिकतामा । यी सामाजिक मेडियाको क्षती शारिरिक रुपमा कम भएपनि यसले समय धेरै लिन्छ । अध्ययन र अनुसन्धान, ब्यापारिक र अन्य व्यवसायिक तथा सिप सिक्ने र अन्य स्रिजनात्मक काममा यसले बाधा पुर्याउने बैज्ञानिकहरुको दाबी छ ।
यसको अर्को खतरापनि छ । अहिले अमेरिकी गुप्तचर संस्था सि आइ ए लगायत धेरैले यस्तै सामाजिक सञ्जाललाई निगरानी गर्छन् । गुप्तचर संस्थाहरुलाई यसो गर्दा सस्तो र सजिलो पर्छ । राजनितिक र अपराधजन्य खबरको निगरानी गर्न तिनलाई किन सजिलो हुन्छ भने तिनको आइ पी ठेगाना लिन सजिलो हुन्छ । पठाउनेहरु धेरैको तस्विर हुन्छ । कि त तिनका निकटका ब्यक्तिको तस्विर हुन्छ । त्यसबाहेक पढेको स्कूल, बानी, मन पर्ने कुरा, आफ्नो गाउँठाउँ र उसित निकटका ब्यक्तिको नालेबीली र तस्विर हुन्छन् । त्यसबाट गुप्तचरी गर्न सजिलो हुन्छ । पक्कैपनि फेसबुकमा पठाइएका लेखिएका सबै खबर गुप्तचर संस्थाले पढ्न भ्याउँदैनन् । तर तिनले राजनितिक, संकास्पद, अपराधिक केहि कि वर्डहरु मार्फत निगरानी गर्छन् ।
लण्डन डेली मेलले बेलायतबाट अमेरिका जाँदै गरेको एक युवाको त्यस्तै म्यासेज ट्विटरबाट लिएर अमेरिकाको बिमानस्थलमा पक्राउ गरेको उल्लेख गरेको छ । लस एन्जलसको लाक्स मा एक बेलायती जोडीलाई समातेर १२ घण्टासम्म पुर्पक्षकलागि प्रहरी समक्ष राखियो । किनभने तिनले दुई वटा म्यासेज कसैलाई ट्विट गरेका थिए। त्यस मध्ये एउटा यस्तो थियो “free this week, for quick gossip/prep before I go and destroy America?” यो देखेपछि अपराधिक मनोब्रित्ति देखिएको आरोपमा तिनलाई पक्राउ गरिएको थियो । त्यसैले फेसबुकमा के लेख्दै हुनुहुन्छ ? कस्तो मेल पठाउँदै हुनुहुन्छ ? कस्तो म्यासेल ट्विटरबाट पठाउनुहुन्छ ख्याल गर्नुस् है ?





