पत्रकार चालीसेको जिवन बचाउन सहयोग गर्ने की !
आफ्नो गरि खाने जिवनको सम्पूर्ण भाग उनले अरुकालागि खर्चे । अरुकै दुख, पीडा, बेदना, दुखाई, आपत बिपतकालागि दगुरे । आवाजबिहिनहरुका आवाजलाई स्पेसटाईम दैनिक मार्फत सार्वजनिक गरेर न्याय गर्ने कोसिस गरे । च्यानल नेपाल मार्फत जानकारी दिए । कुनै बेला उनी नागरिकका सामान्य समाचार जुन म्रित्यु नै होला भनेर डराइहाल्नु पर्दैनथ्यो, त्यसलाईपनि उचित स्थान दिएर सचेत गराए, साथ दिए । अहिले तिनै रमेश चालिसे आफैं समाचार बनिरहेका छन् । आफैं थलिएर अस्पत्तालको बिस्तारामा पल्टिएका छन् । र ‘मलाइ बचाओ’ भन्दै याचना गरिरहेका छन् ।
उनका दुबै म्रिगौलाले काम गर्न नसकेको धेरै भयो । शुरुदेखिनै उनले उपचारका लागि याचना गरेका हुन् । किनभने डाईग्नोसिस गर्नु नै म्रिगौला नफेरुन्जेलकालागि समाधान हो । त्यो नेपालमा महँगो छ । त्यति गराउन उनीसित आर्थिक क्षमता छैन । त्यहि भएर उनले निकै भयो आर्थिक सहयोगकालागि आव्हान गरेको । तर उनको याचना शुरुमा कसैलेपनि सुनिदिएन । अहिले नेपाल पत्रकार महा संघलेनै नेपालका सबै पत्रकारलाई एक सय रुपियाँ सहयोग गर्न आव्हन गरेको छ । महासंघका अध्यक्ष शिव गाउँलेले नै यो आव्हान गरेका छन् । गाउँलेको आव्हान तल हेर्नुहोला ।
उनलाई अहिले तत्कालको खाँचो भनेको डाइग्नोसिस गराएर राख्ने हो । अनि बिस्तारै करिब १० लाख रुपियाँ जम्मा गरेर म्रिगौला फेर्ने । अहिले डाइग्नोसिस गरेर त्यो रकम जम्मा हुँदै गर्यो भने पालोमा राखेर चिकित्सकहरुले उनको म्रिगौला फेरीदिन सक्छन् । अनि पाउँछन् उनले नयाँ जिवन । उनी एक जनालाई बचाउन सकियो भने म्रिदुभाषी भनेर पनि चिनिएका उनले धेरै आवाज बिहिनहरुको आवाज सार्वजनिक गर्न पाउने छन् ।
आर्थिक जिवन भनेको जिवन नै हो । जिवन बचाउनु भन्दा ठूलो सेवा, धर्म र पुण्य केहि होइन । त्यसैले यसलाई सेवा गर्ने, पुण्य कमाउने अवसरका रुपमा लिँदापनि हुन्छ । उनलाई सहयोग गर्न पत्रकार नै हुनु पर्छ भन्नेपनि छैन । जसले जति सक्छ उति सहयोग गर्न सक्छ । हामीले पनि यूरोपमा रहेका सबै मित्रहरुलाई उनको जिवन रक्षाका लागि केहि न केहि आर्थिक सहयोग गर्न आव्हान गरेका छौं । उनलाई सहयोग गर्नको लागि तलको बैंक ठेगानामा रकम पठाउन सक्नुहुनेछ ।
फ्रान्स वा वरपर रहेर सहयोग गर्न चाहनुहुने साथीहरुले नेपालप्लसमा पनि सम्पर्क गर्न सक्नुहुने छ । सहयोग रकम र सहयोगीको नाम नेपालप्लस मार्फत सार्वजनिक गरिने छ । फ्रान्समा रहेका इच्क्षुक साथीहरुले फोन वा ईमेलबाटपनि हामीलाई सम्पर्क गर्न सक्नुहुने छ ।
रमेश चालिसेको अपील
बिगत एक दशक भन्दा लामो समय देखि नेपालको राष्ट्रिय पत्रकारीतामा संलग्न पत्रकार रमेश चालिसे दुबै मृगौला फेल भइ जीबन मरणको अबस्थामा हुनु हुन्छ । मृगौलाको उपचार ज्यादै खर्चिलो र जटिल भएको र पत्रकार चालिसेको आर्थिक स्थिति पनि ज्यादै कमजोर भएकोले उपचारमा थप जटिलता थपिएको छ । आर्थिक संकटका कारण बिगत ४ बर्ष देखि पत्यारोपण गर्ने प्रयास बिफल भएको छ । हालका दिनमा स्वस्थ्यमा अझ जटिलता थपिदै गएको चिकित्सकहरु बताउछन् । प्रत्यारोपण गर्न करीब १० लाख जति लाग्ने चिकित्सकको अनुमान छ । अतः पत्रकार चालिसेको जटिल परिस्थितिलाइ ध्यानमा राखि सबै क्षेत्रबाट सक्दो आर्थिक सहयोग गरि सहयोग गर्न अनुरोध गर्दछु ।
शिव गाउँले (सभापती, नेपाल पत्रकार महासंघ) को अपील
दुवै मृगौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहनु भएका श्रमजीवी पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले ‘रमेश चालिसे बचाउ अभियान’ सञ्चालन गरेको छ । आ–आफ्नो शाखा मार्फत अथवा नेपाल पत्रकार महासंघको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. को ०१२०१०२०२५२६४५ खातामा सहयोग उपलब्ध गराउन अनुरोध गर्दछौं ।
Details :
Nepal Investment Bank LTD
Bank Account No: 01201020252645
Name FNJ NEPAL
SWIFT CODE: NIBLNPKT






