बधाइ र शुभकामना सन्तोस !
नेपालप्लसका पाठक, सहयोगि र सहभागि मित्रहरुलाई थाह नै छ, सन्तोस न्यौपाने हस्ताक्षरित नाम मात्रै होइन । यो नाम साहसिक समाचार लेख्ने को परिचय पनि हो । निडर र निर्भिक भएर कलम चलाउन खोज्ने थुप्रै संभावना भएको युवा पत्रकारको नामपनि हो । उनले मूख्यगरि बेल्जियमबाट लेखेका केहि रिपोर्ट र समाचारले धेरै पाठकको मन जितेको छ नेपालप्लस, न्युज २४ टिभी र उज्यालो एफ एममापनि । अत्याचारी, मानव तस्कर र जालीहरुको मुटुमा ढ्यांग्रो ठोकेको छ ।
हो हाम्रा यीनै मित्र भर्खरै दाम्पत्य जिवनमा बाँधिएका छन् सिता भण्डारीसित । बेल्जियमबाट नेपाल पुगेर उनले आफ्नो विवाह नेपाली परम्परा अनुसार गरेका हुन् । उनको दाम्पत्य जिवनको सफलता, दिर्घायु, स्वस्थ, सुखी र प्रगतीकोलागि हामी आत्मैदेखि कामना गर्छौं । बधाइ तथा शुभकामना सन्तोस !!!
• रमेश कँडेल तथा परिवार, बेल्जियम
• नेपालप्लस डट कम ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






