दुध र भात खान्छु भन्दा भन्दै डेनमार्कमा खुकुरी प्रहार

सदा झैं त्यस दिनपनि डेनमार्कको कोपनह्यागन स्थित एउटा रेस्टुरेन्टमा साँझ सात बजे काममा पुगे बिराटनगरका अर्जुन शर्मा । रेस्टुरेन्टको काम गरे । मध्य रातपछि बल्ल उनले आफ्नो काम सक्थे । गत मंगलबारपनि सबैले काम आफ्नो सकेर हिँडेपछि उनी चाहिँ आफ्नो काम गर्दै थिए । रेस्टुरेन्टमा एक्लै काम गर्दा गर्दै उनले करिब दुई महिना अघि मात्रै डिपेन्डेन्ट भिसामा आएकी पत्नी ल्याएका थिए । अरु काम गर्नेहरु हिँडिसकेपछिपनि उनी आफ्नो काम गर्दै थिए एक्लै । राती १२ बजेपनि उनले आफ्नी पत्नीलाई फोन गरेर भने “दुध तताउनु । मैले काम सक्न लागें । आएर तातो दुध र भात खान्छु’। पत्नी सायद दुध तताएर बसिन् लोग्नेको प्रतिक्षामा । तर न त उनकी पत्नीले त्यस राती आफ्नो लोग्नेलाई दुध र भात खुवाउन पाइन् । न त उनको दुध र भात खाने ईच्क्षा नै मेटियो । बरु भोली पल्ट बिहान आफ्नो लोग्ने अस्पत्तालमा घाइते अवस्थामा पुगेको खबर मोबाइलबाट पाएपछि पो उनकि पत्नी आकुल ब्याकुल भइन् । उनको घाँटीमा खुकुरी प्रहार गरिएको रहेछ त्यहि राती । उनलाई प्रहरीले अस्पत्ताल लगेछ ।

घटना बिवरण अनुसार, मंगलबार सधैं झैं उनी ढिलो सम्म काम गरे । त्यहाँका नेपालीका अनुसार उनी रेस्टुरेन्टमा सरसफाइको काम गर्थे । त्यसैले रेस्टुरेन्टका अन्य कामदार हिंडेपछिपनि उनको काम बाँकि रहन्थ्यो । त्यसैले उनी एक्लो पर्थे । आफ्नो काम गर्थे । ताला चाबी लगाएर घर जान्थे । त्यसदिन राती १२ बजे सम्मपनि पत्नीसित उनको गफ गाफ भैरहेकै थियो । आउँछु छिट्टै भनेको लोग्ने नआएपछि राती १ बजे लोग्नेको मोबाइलमा फोन गर्दा घण्टी बज्यो तर उठेन । उनकी पत्नी अचम्ममा परिन् । तर बिहान अर्का एक जना पाकिस्तानी कामदार रेस्टुरेन्ट पुगेर ढोका खोल्दा अर्जुन शर्मा भुइँमा ढलिरहेकाथिए । उनको मोबाइल टेबलमा थियो । पर्सपनि टेबलमै पल्टिरहेको थियो । भुइँमा रगताम्मे । घाँटीमा छिया छिया परेको थियो धारिलो हतियारले काटेर । ति पाकिस्तानी कामदारले हत्त न पत्ता साहुलाई खबर गरे । तत्कालै प्रहरी आइपुग्यो र अस्पत्ताल लग्यो । शर्माकी पत्नीलाई प्रहरीले खबर गर्दा पत्नी छक्क परिन् । चारैतिर भुसको आगो झैं फैलियो यो घटना । तर नेपालीले यो घटनालाई अहिलेसम्म गोप्य राख्ने कोसिस गरिरहेका छन् ।

गोप्य राख्न खोजिएपनि एन आर एन डेनमार्कका अध्यक्ष मोहन राज मिश्रले फेसबुक स्टाटसमा यो जानकारी दिएका छन् । उनको फेसबुक स्टाटस अनुसार उनको घाँटीको आकस्मिक रुपमा शल्यक्रिया गरिएको छ । अवस्था स्थिर रहेको छ । श्वास प्रश्वास र रक्त संचार नलीहरू सबै ठिक अवस्थामा छन् । उनी अचेत अवस्थामा छन् र उनी बोल्ने अवस्थामा पुग्न २४ घण्टा कुर्नुपर्ने छ । घटानाबारे अहिले सम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । प्रहरी रिपोर्टको पर्खाइमा छन् सबै । अस्पत्तालमा नेपालीको आवत जावत बाक्लिएको छ जानकारी लिन ।

नेपालप्लसलाई डेनमार्कका केहि मित्रले दिएको जानकारी अनुसार अर्जुन शर्मा डेनमार्क पुग्नु अघि पनि अन्य देशमा बसिसकेका ब्यक्ति हुन् । उनले बेल्जियममा अध्ययन गरेका थिए । केहि समय फिनल्याण्डमापनि काम गरे । पछि डेनमार्कमा ग्रिनकार्ड माग गरेका थिए । उनले पाएपनि । करिब एक वर्ष अघि देखि मात्रै उनी डेनमार्क बस्दै आएका थिए । ग्रिनकार्ड पाएपछि पत्नीलाई उनले पर्यटक भिसामा बोलाए । करिब दुई महिना अघि मात्रै उनकी पत्नी डेनमार्क आइपुगेकि थिईन । उनले बिदेशमा पढेपनि सायद अलि तल्लो स्तरको काम गर्नु परेकोले हो कि ! उनी अलि मानसिक रुपमा बिक्षिप्त थिए भन्छन् डेनमार्कका केहि नेपाली । त्यसैले होला, उनको यस अघिपनि डेनमार्क कै कुनै रेस्टुरेन्टमा यस्तै घटान भैसकेको थियो ।

केहि नेपालीहरु उनले आत्महत्या गर्ने प्रायस गरेको  अनुमान लगाउँछन् । कोहि आत्महत्याको कुनै संकेत नभएको जानकारी दिन्छन् । घटनाको प्रक्रिति हेर्दापनि रेस्टुरेन्टमा कोहि प्रवेश गरेर ह्त्या प्रयास गरेको देखेको छैन । किनभने उनले भान्छामा काम गर्ने चक्कु त्यहिँ छन् । मोबाइल, पर्स लगायतका उनका निजि सामान टेबलमै थिए । घाँटीमा छ्याक छ्याक पारेका धेरै डाम छन् । शंका के भने आत्म हत्याको प्रयास गरेको भए किन आफूले आफैंलाई सिध्याउन सकेनन् ? आत्म हत्या प्रयास स्वरुप रेट्दा रेट्दै अति दुखेर ढलेका हुन् की ! मानसिक रुपमा बिक्षिप्त भएकाले रेट्दा रेट्दै बिचैमा छोडेका हुन् कि ! घटनानै शंकाको घेरामा छ ।

उनलाई रिक्स भनिने अस्पत्तालमा राखिएको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ । तर यस घटनाबारे सकभर त्यहिँका नेपालीलाईपनि सूचना लुकाउन खोजिएको छ । तर नेपाली हरुको पारा उहि हो, नभन्नु ल ? भन्दाभन्दै घटना त थाह पाएका छन् तर भएको के हो कसैलाई जानकारी छैन । नेपालमा आफन्तले थाह पाएभने बेमोज हुन्छ भन्दै घटना लुकाउन खोजिएको छ । तर नेपाली दुतावास, परराष्ट्र मन्त्रालय र प्रहरीबाट सार्वजनिक हुन्छ भन्ने सामान्य ज्ञानलाईपनि बेवास्ता गरेको देखिन्छ त्यहाँका नेपालीले ।

घटनाबारे नेपालीहरु उत्सुक भएर भनौं वा रनभुल्लमा परेर नै होला, डेनमार्क निवासी घनश्याम गौतमको फेस बुक स्टाटसमा धेरै नेपालीले अर्जुन शर्माको यस घटना प्रति चासो र चिन्ता ब्यक्त गरेका छन् । तर पाएको जानकारीपनि कसैले दिएका छैनन् । यतिसम्म कि अर्जुनका बारेमा सार्वजनिक जानकारीपनि दिएका छैनन् नेपालीले ।

तपाइँको प्रतिक्रिया