बेल्जियमको दूतवासमापनि लेखा परिक्षण शंकास्पद

सन्तोष न्यौपाने / बेल्जियम

बेल्जियममा पहिलो पटक नेपाली दुतावास बेल्जियमको लेखा परिक्षण गर्न आएका महालेखा परिक्षकका कर्मचारि र पररास्ट्रका एक कर्मचारि बेल्जियमकालागि नेपाली राजदुत प्रमेश कुमार हमालको निवासमा बसे । नेपालबाट अहिले परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव दूर्गा रायमाझी, महालेखा परिक्षक कार्यालयका मोहदत्त तिमल्सिना र नेत्रप्रसाद गौतम लेखा परिक्षण गर्न करिब १५ दिन अघि बेल्जियम आएका थिए । तर जो जाँचबुझ गर्न आएका छन् तिनको काम कारवाहीपनि शंकास्पद छ । किनभने यसरि लेखा परिक्षण गर्न आएका यी तिनै जना कर्मचारीले टि ए डि ए लिन्छन् । टोलीको नेत्रित्व गरेका मोहदत्त स्वयंले यो फ्रान्समा स्विकारपनि गरिसकेका छन ।

यसरि ति कर्मचारी राजदूतकै निवासमा राजदूतकै खानपिनमा नबस्नुपर्ने हो । दुतावास स्रोतका अनुसार उनीहरु राजदूत हमालको निवासमा सँगै बसेर एक हप्ता बेल्जियममा बिताए र अर्को गन्तब्य फ्रान्स तर्फ हानिए  ।

नेपाल सरकारबाट लिएको भत्ता तथा सम्पुर्ण सुविधा उनिहरुले चोख्खो रुपमा बचाएका छन । देशले काम गर भनेर सबै सुविधा प्रदान गरयो कर्मचारि तन्त्र भने भ्रस्टचारि जमाउनमा मस्त । यसले उनिहरुमा रहेको भ्रस्टचारको सानो अंशलाई प्रस्ट पारेको छ भने राजदुत हमाल र दुतावासको लेखा परिक्षणमापनि केहि शंका गर्ने ठाउ छाडेको छ ।

कुटनैतिक नियोगमा काम गर्नेहरुले आखिर किन यत्रो सुविधा लिएका ब्यत्तिहरुलाई आफनै निवासका आश्र्रय दिए ? यो प्र्र्रश्नको जवाफ बेल्जियमका राजदुत हमालले मेडियाको मार्फत प्रस्ट पार्नुपर्छ अन्यथा फ्रान्सका राजदुत भन्दा फरक हुनेछैन । अर्कोतर्फ दुतावासमा कति खर्च हुन्छ ? नेपालबाट बजेट कति आउँछ ? कहाँ कति खर्च हुन्छ ? सम्पुर्ण विवरण दिन दुतावासले किन ग्राहो मानेको होला ? के दिदैमा उनिहरुलाई केहि अप्ठयारो पर्छ ? लेखा परिक्षण गर्न आउनेहरु पनि सुटुक्क आउँछन सुटुक्क जान्छन किन ? त्यो त न संचारकर्मीलाई न त बिदेशमा रहेका नेपालीलाई पत्तो हुन्छ ।

जनताले तिरेको करबाट पालिएका कर्मचारिहरुले जनताको मर्म किन नबुझको ? त्यसमा पनि युरोपमा बसेर नयाँ ज्ञान हासिल गरेका कुटनैतिक नियोगका कर्मचारिहरु । आजको समय हिजोको जस्तो छैन । सबैले सरकारि कामको पारदर्सिता चाहन्छन । तर हाम्रा कुटनैतिक नियोगहरुले यसो गरेको देखिँदैन ।

देशमा राजदुत बन्नको लागि हानथाप हुन्छ । त्यसमा पनि घुस दिएर राजदुत बन्ने प्रथाले देशमा आधिपत्य जमाएको कुरा जनमानसमा ब्याप्त छ । एक स्रोतका अनुसार राजदुत बन्नकै निमित्त ६० लाख रुपैया पार्टिलाई दिइ राजदुत बनेको पनि खुल्न आएको छ । तर त्यो कुन देशका राजदुत हुन भन्ने खुलाइएको छैन ।

यि त भए लेखापरिक्षणका कुरा  । अब लागौं राजदुत हमालका बारेमा बेल्जियमको नेपालि समुदायको राय तथा दुतावासका कर्मचारिको काम तर्फ ।

हमाल नेकपा एमाले पार्टिले नियुक्त गरेर बेल्जियम आएका हुन । कुटनैतिक सम्बन्ध तथा पार्टिभित्र पनि उनलाई राम्रो रुपमा हेर्ने गरेको सुन्नमा आएको थियो । तर राजदुत भइसकेपछिपनि बेल्जियमको नेपाली समुदायमा उनि राम्ररि घुलमिल भएर रहन सकेनन । जसको कारण धेरैले उनलाई राम्रो रुपमा लिन सकेनन । उनि यहाँ भएपनि आफनो पार्टिको काममा लागे भन्ने आरोप लागेको सुन्नमा आएको थियो । स्रोतका अनुसार नेकपा एमाले समर्थित नेपाली लोकतान्त्रिक मंचको बैठक उनले आफ्नै निवासमा राखेको जान्नमा आएको थियो । यो काम गरे वा गरेनन राजदुत हमालले जानुन । अर्को तर्फ हमाल केहि दिन पश्चात आफ्नो कार्यकाल सिध्याएर नेपाल फिर्ता हुँदैछन । तसर्थ उनले आफ्नो कार्यकालमा गरेका विवरण संचारकर्मी र यहाँका नेपालीलाई उपलब्ध गराउनु जरुरि छ । दुखद कुरा भन्नुपर्दछ अरु राजदुत जस्तै यिनलाई यहाँ रहेका कम नेपालीहरुले मात्र सम्झनेमा दुइमत छैन ।

अर्कोतर्फ दुतावासमा काम गर्र्ने कर्मचारि नम्र, सबैसंग मिल्न सक्ने र हसिलो हनु जरुरि हुन्छ । तर यस्तो ब्यवहार कतिपय कर्मचारिमा पाइएन यसको पछिल्लो उदाहरण सहचारि पोस्टमा बसेकि पुजा नामकि कर्मचारि हुन । आफ्नो कार्यकक्षमा आएका जो सुकै सेवाग्रहिलाई सम्मान पुर्वक आदर गर्नुपर्दछ । तर उनले त्यस्तो आदर, र शिष्ठता सिक्न बाकि रहेको जस्तो लाग्यो । तसर्थ अन्य कर्मचारि कुमारराज खरेल तथा रिता धितालबाट उनले केहि सिक्नु जरुरि रहेको छ ।

त्यसै गरेर रिसेप्सनमा यहाँ चाहिने भाषमा दक्ष भएको नेपाली नागरिकनै राख्नु जरुरि छ जसले गर्दा दुतावासमा आउने सबैलाई सहज हुनेछ । यसको लागि दुतावासले सम्बन्धित पक्षमा बेलेमै खबर गरोस ।

तपाइँको प्रतिक्रिया