नेपाल ११५ पटक भ्रमण
आज लुईस बेल्भिस सित अन्तर्वार्ता गरियो । उनी ११५ पटक नेपाल गएका रहेछन् । उनीसित यति धेरै ज्ञान, अनुभव, नेपालको पर्यटनका समस्या र तिनलाई सुधार गर्ने उपाय र अक्किल छन् कि भनिसाध्य छैन ।
करिब साँढे दुई घण्टा अन्तर्वार्ता गरें । साह्रै हुरुक्कै रहेछन् उनी नेपाल भनेपछि । उनीसितका अनुभव मूलत अर्को पुस्तकका रुपमा आउनेछन् । तर केहि अनुभव म पेरिस फर्किएपछि लेख्ने छु । नेपालीका यति धेरै समस्या रहेछन् कि यहाँ भनिसाध्य छैन । पासपोर्ट बनाउन नेपाली दुतावासका अधिकारीले दिएको सास्तीपनि उत्तिकै रहेछन् । त्यसका अबरेमा बारेमा पनि मैले केहि साथीहरुसित छलफल गरेको छु । त्यसका बारेमा पनि लेख्ने छु । लुईससित अन्तर्वार्ता गरेपछि म नेपाली साथीहरुको आग्रहमा बार्सेलोनाका केहि ठाउँ राती घुम्न निस्केको छु ।
(बार्सेलोना, राती फ्लास दिएर खिचिएको तस्विर)
(बार्सेलोना, राती फ्लास अफ गरेर खिचिएको तस्विर)अब राती अहिले समुद्री क्षेत्र हेर्न जाने हो । भोली विश्वकै ८००० मिटर अग्ला चौधै वटा हिमाल चढेकि एदुर्न पासाबनसित बिहानै अन्तर्वार्ता छ । उनीसितका अनुभव झै गहन हुने छन् ।
बल्ल बल्ल बलराम वाग्लीजीको साइबरमा आएर यति लेख्न पाएँ । लामो समयदेखि फेसबुक मा साथीक रुपमा रहेका गोपाल रेग्मीजीसितपनि आजै भेट भयो । साथी ईश्वर शर्मापनि सँगै छन् । नेपालीका समस्याका बारेमा अहिले हामी बसेर छलफल गर्दै छौं । बाँकि कुराहरु भोली लेखौंला । तपाईहरुको साथ, सहयोग गाली र ताली सबैकालागि धन्यावाद ।









