कसको हिम्मत हत्यारालाई कारवाहि गर्ने ?

journalist-uma-singh.jpgजनपुरकी पत्रकार उमा सिंहको हत्या भयो । हत्या यसै त जसको भएपनि निन्दनिय हो । सबैले निन्दा गरेका छन । झन एक कलमकर्मी का हिसाबले हामीलाई त्यसले बढि दुखि बनाउनु स्वभाविक हो । यस अघि भएका हत्यामापनि हुँदै आएका हुन त्यस्ता बिरोध । उमा सिंहको हत्यारा पत्ता नलागेसम्म नेपाल पत्रकार महासंघले आन्दोलन जारी राख्ने ठोकुवा गरेका छन महासंघका अध्यक्ष धर्मेन्द्र झाले ।  म धर्मेन्द्र झाको ब्यक्तिगत रुपमा बिरोधी होइन नै । तर मलाई उनको उद्घोष बकवास मात्रै लाग्छ । किनभने त्यसरि अनाहकमा ज्यान गएको उमा सिंहको मात्रै होइन । यस अघि २७,२८ जनाले ज्यान फालिसकेका छन । ति सबैका हत्याराले उन्मुक्ति पाइरहेका छन । उमा सिंगका हत्याराले पनि त्यसैगरि पाउने छन ।

हरेक पत्रकारको ज्यान जाँदा नेपाल पत्रकार महासंघले त्यसै भन्दै आउने गरेको छ । तर अहिले सम्म कुनैपनि पत्रकारको हत्याराले कार्वाही भोगेको छैन ।

कारवाही गर्ने कुरा त परै रहोस, हत्यारा पक्राउकालागि निष्पक्ष छानबिन समितिपनि बनेको छैन । बनेपनि त्यसले प्रभावकारि ढंगले कहिल्यै काम गरेको छैन । क्षणिकका लागि देखायो अनि फास न फुस । बरु जति पत्रकार मारिन्छन ति कसैका निम्ति राजनिति गर्ने माध्यम बन्छन । तिनको बिरोध हुँदा लामा लामा ब्यानर बोकेर अघिल्लो पंत्तिमा बस्ने । फोटो खिचाउने, महासंघका सिमित पदाधिकारीहरुले चर्को भाषाण ठोक्ने । मेडियाहरुमा फोटो छपाउने, प्रतिक्रिया दिने र राजनितिक दलका निकट हुने । धर्ना, जुलुस भए प्रहरीका अगाडि गएर उत्तेजित नारा लगाउने अनि स्वेच्छिक गिरफ्तारी दिने । 

हेर्नुस त अस्ति हिमाल मेडियामा आक्रमण हुँदा कति पत्रकार जुर्मुराएका थिए । ओहो हो हो त्यति त नेपालको सिमा मिचिँदापनि उठ्दैनन । हिमाल मेडियामा आक्रमण हुँदा कान्तिपुरदेखि सारा दैनिक अखबारले मुल प्रिष्ठमा भैसी जत्रा अक्षरले समाचार छपाए । कतिले त मुल समाचार बनाए । हप्तासम्म हरेक दिन त्यहि समाचार चापियो । नेपाल समाचारपत्रका संपादक पुष्करलाल देखि कान्तिपुरका कैलाश सिरोहीयासम्म सडकमा ओर्ले । तर आज हेर्नुस त एउटा पत्रकार मारिँदाको हालत ? कहाँ छन ति कुन्दा र कनक दिक्षित ? कहाँ गयो पुष्करलाल र कैलाश सिरोहियाको निष्पक्ष पत्रकारिता ?

हिजो हिमाल मेडियामा आक्रमण हुँदा उफ्रि उफ्रि सरकारले निषेध गरेको क्षेत्रमा भाषण ठोक्ने पत्रकार खोइ आज आफ्नै सहकर्मीको हत्या हुँदा ? हिजो सरकार बाहिर हुँदा कत्रा नारा लगाए माओवादीले क्रिष्णसेन इच्छुकका हत्यारालाई कारवाही गर्छौं भन्दै । सरकार माओवादी नेत्रित्वको । सञ्चारमन्त्री माओवादीकै । रक्षा र प्रधानमन्त्री माओवादीकै ? अनि के ले रोक्यो माओवादीलाई क्रिष्ण सेनका हत्यारा पत्ता लगाउन ? बरु तिनैले अरु पत्रकारको हत्या गरे । कति पटक खोक्यो नेपाल पत्रकार महा संघले हत्यारालाई कारवाही गर्छौं भन्दै । के वीरेन्द्र शाह र ज्ञानेन्द्र खड्काको हत्या हुँदापनि त्यहि खोकेको होइन ? अनि कहाँ कहिले पत्ता लागे त तिनका हत्यारा ?

कसैलाई अतिवादी लाग्न सक्छ तर यो वास्तबिकता हो, उमा सिंहका हत्यारापनि पत्ता लाग्ने छैनन । उनको ज्यान गयो । उनका परिवारले पिँडा भोगे । अनन्तसम्म भोगिरहने छन । दुई चार दिन ग्रिहमन्त्रीले दुई चार जना प्रहरीको गस्ति बढाउलान जनकपुर क्षेत्रमा । केहि दिन स्थानिय पत्रकारले बिरोध जनाउलान । रेडियोमा शोक धुन बज्ला । त्यो बाहेक केहि हुने छैन । न त बाँचेका पत्रकारलेनै बढि सुरक्षित महसुस गर्ने छन ।  बरु थप राजनिति नगरे हुन्थ्यो उमा सिंहको हत्यामाथि । फोटो साभार-नयाँ पत्रिका दैनिक ।

तपाइँको प्रतिक्रिया