बेलायती संग्राहलयलाई झुकाए नेपालीले

भारतीयहरुले बुद्द भारतको हो, भारतमा जन्मेको हो भनेर अनेक भ्रम छरिरहेका छन् । कपिलवस्तु भारतमा पर्छ भन्दै नक्कली कपिलवस्तु बनाइरहेका छन् । ठूलो देश, स्रोत र साधनले भरिपूर्ण छ । पेलेरै गएरपनि भारतीयहरु निकै भ्रम छर्न सफल भएका छन् । तर नेपालीहरु सचेत रहने हो भने तिनले पैसा पेलेकै भरमा सधैं सफल हुन सक्दैनन् । मुख्य गरि बिदेशमा बस्ने नेपालीहरुले पछिल्लो पटक त्यहि भ्रमलाई चिर्न मात्रै सफल भएनन् की बुद्द भारतमा जन्मिएको हो भनेर आफ्नो संग्रहालयमा आजसम्म गलत जानकारी दिँदै आएको बेलायतको संग्रालयलाई झुकाएर सच्याउन सफल भए ।

बेलायतको द ब्रिटिस म्युजियम संग्रहालयमा वर्षौं वर्षदेखि गौतम बुद्द भारतको उत्तरपूर्वी राज्यमा जन्मिएको भन्दै झुटो बिवरण राखिएको थियो । वर्षौं देखि कति नेपालीले देखे वास्ता भएन । तर अब नेपालीपनि टाढा भएका छन् । अहिले त्यसलाई तुरुन्तै सच्याउनुपर्छ भन्दै ईमेल र फेसबूकका भित्ताहरुमा ब्यापक बिरोध भयो । खासगरि बिदेशमा बस्ने धेरै नेपालीले बेलायतको संग्राहलयको गलत जानकारीका बिरुद्द तिब्र आवाज उठाए । विश्व नेपाली साहित्य समाजले संग्रालयका निर्देशकलाई लिखित बिरोधनै जनायो । अन्तत : बेलायतको संग्रालयलाई त्यो सच्याउन नेपालीले बाध्यनै पारे ।

यो त एउटा उदाहरण हो । विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंघा नेपालमापर्छ । त्यसको थोरै भाग भारतमापनि पर्छ । पाटे बाघ र एक सिंगे गैंडा नेपालमापनि पाइन्छ । तर कतिपय बिदेशी पुस्तक र यस्तै जानकारी मुलक क्षेत्रमा नेपालमापनि पाइने तथ्य कहिँ कतै उल्लेख हुन्न । भारतमा पाइन्छ भन्नेमात्रै उल्लेख हुन्छ । यी त सामान्य उदाहरण मात्रै हुन् । नेपाल र भारतमा पाइने थुप्रै वस्तुहरु छन् जसमा नेपालको नाम लेखिएको हुन्न । यो भारतको मिचाहा प्रब्रित्ति मात्रै होइन हाम्रै कमजोरीपनि हो । अहिले बुद्दको जन्मस्थल सच्याउन बाध्य पारे झैं नेपालीहरु सचेत र जागरुक भैदिने हो भने सायद हामीले यसरि मिचिन पर्थेन र हाम्रो सम्पदा, सम्पत्ती सहजै अरुले आफ्नो बनाउन सक्थेनन् कि !

तपाइँको प्रतिक्रिया