सोमबार पेरिसमा क्रिष्ण थापाको श्रद्दान्जली

अफ्गानिस्तानमा तालीबान आक्रमणकारीहरुको निशानामा परेर मारिएका फ्रान्सेली सेनाका नेपाली क्रिष्ण बहादुर थापाको संझनामा भोली श्रद्दान्जली समारोह गरिँदै छ । समारोह पोखरा रेस्टुरेन्टमा आयोजना गर्न लागिएको हो । श्रद्दान्जली सभा दिउँसो १.३० बजेबाट राखिएको छ । यो समारोहमा उपस्थित भएर थापा प्रति श्रद्दान्जली अर्पण गरिदिन अनुरोध छ ।

यो कसैले कुनै संघ संस्थाले आयोजना गरेको होइन । थापाप्रति सम्मान ब्यक्त गर्न, स्मरण गर्न र उनको परिवारप्रति दुख ब्यक्त गर्दै एक नेपालीले अर्को नेपालीको वेदनामा सहानुभूती जनाउन स्वस्फूर्तरुपमा ब्यक्तिगत तवरबाट आयोजना गरिएको हो । पोखरा रेस्टुरेन्टमा पुग्न लाइन ८ को मेंजो आल्फर्ड स्ताज मा ओर्लिनुपर्छ । पोखरा रेस्टुरेन्टको ठेगाना तल हेर्नुस् ।

19 Avenue République
94700 Maisons-Alfort
  Tel-  01 49 77 61 71      

Métro : Maisons-Alfort – Stade

तपाइँको प्रतिक्रिया