बिदेशका नेपाली बालवालीका बाह्रखरी सिक्दै

सन्तोष न्यौपाने / बेल्जियम

अहिले धेरै नेपाली युवा अंग्रेजी भाषा सिकेर बिदेश जान जाहन्छन् । तर बिदेशमा रहेका नेपाली बालबालिकाको रोजाई नेपाली भाषा भइरहेको छ । बेल्जीयमको आन्तरपेन शहरमा सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिका बाह्रखरी सिक्दै छन् । प्रत्येक शनिबार र आइतबार ३ घण्टा चल्ने उक्त भाषा कक्षा शुल्क प्रति महिना २० युरो छ । जसमा शनिबार अलि कम उमेरका र आइतबार सो भन्दा माथिका गरि २८ जना बालबालिकाहरुले अध्ययन गर्दैछन ।

कुनै कुराको महत्व नजिक हुँदा भन्दा टाढा हुँदा धेरै थाहा हुने रहेछ भन्ने यसले देखाउँछ । अझ आफ्नो देश र आफ्नो भाषाको मोह बिदेश पुगेपछि बढ्न बढ्दो रहेछ । यहाँका नेपालीहरु आफ्ना छोराछोरीले नेपाली भाषा नै बिर्सेलान् भन्ने चिन्ता गर्छन् । त्यसैले उनीहरुलाई नेपाली भाषा सिकाइरहेका छन् ।

बेल्जियमको आन्तरपेन शहरमा चलाइएको भाषा कक्षामा बालबालिका नेपालीका झर्रा शव्द सिक्दैछन् । भाषा कक्षामा नेपाली सिक्न आउने मध्ये धेरैजसो बेल्जीयममै जन्मिएका १५ बर्षसम्मका बालबालिका छन् । बिदेशमा भएपनि आफ्ना बालबालिकाले ठेट नेपाली बोल्न र संस्कृति सिक्न पाएकोमा अभिभावकहरु खुशी छन् ।

विगत ६ वर्षअघि बेल्जियम रहँदै आएका शौरव कारन्जित ३ वर्ष अघि बेल्जियम आएका आफनो छोरा शालिनलाई नेपालि भाष अध्ययनको लागि पठाएकाछन । ३ वर्षको बसाइमा छोराले भाषा बिर्सिसकेको तर यो भाष कक्षाले अधिक फाइदा पुगेको बताए ।’मेरो आफनो बच्चाले केहि कुरा नेपालमै सिकेको थियो । तर यहि जन्मेको मेरो आफनै दाजुको तथा विभिन्न साथिभाइको छोराछोरिले नेपालि संस्कार सिके । घरमा प्रयोग नगर्ने शब्द सिकेका छन’ अभिभावक कारन्जित भन्छन ‘विगतमा यिनिहरुलाई नमस्ते गर भन्दा लाज मान्थे । तर अहिले उनिहरुनै आफै अंकल नमस्ते भन्दै टाढै बाट अभिवादन गर्दै बोलाउँछ । ’यसरि यि दुई जोडिले नेपालि कालकालिकाहरुलाई सिकाइको पाठबाट आफुहरुले गर्व गरेको बताउदै उनिहरु धन्यवादका पात्र रहेको कारन्जितले बताए ।

धेरै नेपालीको गन्तव्य बनिरहेको युरोपेली मुलुक बेल्जीयममा नेपाली बालबालिकाको संख्या पनि बढ्दैछ । ति बालबालिका स्थानीय बिद्यालयमा डच भाषामा पढ्छन् । ६ वर्षकी हुँदा बेल्जियम आएकी ११ बर्षकी सम्झना कार्कीले नेपाली पूरै बिर्सिसकेकी थिइन । तर भाषा कक्षामा सहभागी भएपछि सम्झना अहिले आफ्नो र आफ्नो देशको परिचय यसरि दिन सक्ने भएकि छिन् ।  ‘नमस्कार मेरो नाम सम्झना कार्कि हो । मेरो परिवारमा ६ जना सदस्य हुनुहुन्छ । म भविस्यमा गएर डाक्टर बन्न चाहन्छु । नेपालको राजधानि काठमाडौ हो, नेपालको छिमेकि देश चिन र भारत हुन मेरो देश गौतम बुद्ध जन्मेको र संसारको ठुलो हिमाल भएको देश हो ।’

बेल्जियममै आफ्ना सन्तान जन्मेपछि डच भाषासँगै नेपाली भाषा सिक्न पाउनु जुनसुकै अभिभावकको लागि गर्वकै कुरा हो । तर यहि जन्मेकाले २ महिनामै प्रस्टसँग नेपाली बोल्न सकेको अर्का अभिभावक नविन गुरुङपनि सच्चा कार्कि र सोफिया महर्जनप्रति आभार प्रकट गर्दछन । त्यसो त, केहि अभिभावकले गुरुङ सन्तानलाई नेपाली पढाउन हिच्किचाहट गर्नेपनि नभएका होइनन् । तर यसरि भाषा सिकाइले आफनो देशको संसक’ति नि जोगिने हुँदा यसबाट बालबालिकालाई बञ्चित गर्न नहुने गुरुङको तर्क छ ।

त्यसो त, यहाँ अध्धययनरत बालबालिकाहरुलाई नेपालको माया औधि लाग्ने कुरा उनिहरुको लवजबाट प्रस्टाएको छ । बेल्जियममा पढि भविस्यमा नेपालमा गएर सेवा गर्ने उनिहरुको लक्ष्य रहेको छ । यस्तै मध्येका एक हुन १२ वर्षिय जगदिश भटट । उनि डाक्टर बनेर नेपाल गई नेपालीहरुलाई सेवा गर्ने बताउछन । भटट अहिले कक्षा ६ मा अध्ययन गदैछन ।

महिना अघि बेल्जियम आएकी शिक्षिका सोफिया महर्जन र ५ वर्ष अघि आएका उहाँका श्रीमान सच्चा कार्कीको जोडिले ३ महिना अघि नेपाली कक्षा सुरु गरेको हो । बेल्जियममै जन्मेका बालबालिकालाई तीन महिनामै प्रष्टसँग नेपाली बोल्न र लेख्न सक्ने सोफिया महर्जन बताउँछिन् । यसमा भाषा मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा बालबालिकालाई समावेश गराई अधिक जानकारि दिने गरेको शिक्षिका महर्जनले बताइन । शुरुमा बेल्जियम आउँदा नेपाली बालबालिकाहरुसँग बोल्दा कठिन भएको थियो उनलाई । नेपाली बोल्न हिचकिचाउने, बालबालिकाहरु डच बोल्ने तर आफु नेपाली बोल्ने गर्दा उनको मन दुखित भएको थियो ।  त्यहि अनुरुप आफनो श्रीमानसँग सल्लाह गरेर यो सानो प्रयास गरेकि हुन ।

अहिले पढाउन थालेको साढे तिन महिना भयो । सुरुको दिनमा शब्द बुझाउन गाह्रो हुन्थ्यो । ‘बच्चाहरु मलाई नेपाली बोल्न नै मन लाग्दैन भन्थे ‘उनले सुनाइन् ‘आजकाल मलाइ देख्ने बितिकै नेपाली बोल्छन नेदरल्याण्ड भाषा (त्यहाँ नेदरल्याण्डको भाषा र फ्रान्सेली भाषा बोलिन्छ । नेदरल्याण्डको भाषालाई उनीहरु फ्लेमिस भन्छन् । कसै कसैले डचपनि भन्ने गर्छन् यो भाषालाई) बोल्दैनन । मलाइ खुसि लागेको छ किनकि बच्चाहरुले जुन शब्द सिकेका छन त्यो ब्यवहारमै उतारेका छन् ।’

(नेपाली चेली निता र बेल्जियन नागरिक पोलको वालक नेपाली कखरा लेखिएको टिसर्टमा । यसबाट देखिन्न त नेपाली भाषाको कत्रो मोह छ आफ्ना बालवालिकाकालागि ?)

बेल्जियममै स्नाकोत्तर अध्ययन गर्दै गरेकि सोफियाले नेपाली बालबालिकाहरु नेपाली बोल्न नसेकेको देखेर यो प्रयास थालेकि हुन् । नेपाल छदा ६ वर्ष रेडियो सिटि एफएममा काम गरेकि उनले अनाथ बालकालिकाको लागि तालिम दिने गरेकि थिइन् । नेपालमा वालबालिकाको लागि गरेको अनुभव अनुसार यहाँ सिकाइरहेकि छिन् ।

(आफ्नो भाषा र संस्क्रिति जोगाउन बेल्जियमका बाल वालिकालाइ नेपाली पढाउने सोफिया महर्जन र सच्चा कार्कीको मनकारी, सचेत जोडी यहि हो)

बिदेशी मुलुकमा आइपुगेका नेपालीलाई एउटै सम्वन्ध सुत्रमा जोड्ने मुख्य धागो भनेको भाषा र संस्कृति नै हो । त्यसैले बेल्जीयमको ब्रुज शहरमा हप्ताको एक दिन चलाइएको नेपाली भाषा कक्षा नेपाली बालबालिकाका लागि सहयोगी भएको छ । बिदेशी मुलुकमा आइपुगेका नेपाली बालबालिकाले यसरी नेपाली भाषा सिकेपछि उनीहरुमा आफ्नो देश र आफ्नो भाषाप्रतिको मोह बढाएको छ । बिदेशी भूमिमा आइपुगेर पनि नेपाली भाषा र संस्कृति फैलाउन गरिएको यो प्रयास प्रशंसायोग्य छैन त ?

तपाइँको प्रतिक्रिया