नाती नातीना खेलाएबापत आकर्षक तलब
अचम्म लाग्दो है न त खबर ? अब नाती नतीना खेलाउनेलेपनि मज्जाले तलब पाउने भए। तर के गर्नु यो योजना नेपालमा आउन लागेको भए पो ! जर्मन सरकारले ल्याउन लागेको पो त । पश्चिमी मुलुकहरुमा अहिले वालवालिका र बाबु आमाबिच निकै ठुलो खाडल छ । ब्यक्तिवादी चिन्तन, स्वार्थी समाजिक परिपाटी र ब्यस्तताले गर्दा वालवालिकाहरुलाई बाबु आमाले समय दिनै नसक्ने अवस्था छ । अनि ति कि त वाल ग्रिहमा वा अरुकै काखमा हुर्कन्छन । हजुरबा हजुर आमापनि व्रिद्दाश्रम बस्ने वा टाढा हुन्छन । वा बिभिन्न सामाजिक परिपाटी, शर्त र कानुनले गर्दा आफ्नै नाती नातीना को हेरचाह गर्न सक्दैनन । पाउँदैनन । त्यसैले जर्मन सरकारले अर्कै परिवारको अन्य कसैले हेरचाह गर्नु भन्दा आफ्नै हजुरबा, हजुर आमालाई आफ्ना नाती नातीना हेर्न आकर्षित गर्ने नौलो कानुन ल्याउन लागेको हो ।
सरकारले आफ्ना नाती नातीना छन र तिनलाई हेरचाह गर्न आवश्यक छ भनेर सिद्द गर्न सक्ने ब्रिद्द ब्रिद्दालाई त्यहाँ पाउने तलबको चार चार भागको तिन भाग दिने लोभलाग्दो कानुन प्रस्ताबित गरेको छ । यो कानुन यहि जनवरी २००९ बाट लागू गरिने छ । तर त्यसकालागि सर्व प्रथम संसदमा पेश भई अनुमोदन हुनु पर्ने छ । त्यो कानुन सहजै पास हुने समाचारहरुले उल्लेख गरेका छन ।
जर्मनीमा अति कम उमेरका युवतीहरु आमा बन्ने घटनामा ब्रिद्दि भएको छ । तथ्यांकका अनुसार सन २००६ मा १८ वर्ष मुनीका २६०० युवतीहरु आमा बनेका थिए । त्यस्ता कम उमेरका युवतीहरु बढि अल्लारे हुने, अनुभवको कमी र जागिर खान जाने उमेरमा बच्चा खेलाएर बस्नाले सरकारलाई बढि घाटा हुनाले त्यस्तो योजना ल्याएको बताईन्छ । त्यस्तै, त्यसरि हजुरबुवा हजुरआमाले नाती नातीना खेलाउँदा बढि भरपर्दो हुने, परिवारमा बढि माया ममता र समाजमै त्यसले सामूहिक भावनाको ब्रिद्दी गराउने, काम नपाएर एक्लो महसुस गर्ने तथा परिवारबाट टाढिएर निरास बन्ने गरेका ब्रिद्द ब्रिद्दामापनि थुप्रै सकारात्मक प्रभाव पर्ने बताएका छन । निक्कै आकर्षक मानिएको यो योजना यूरोपका अन्य मुलुकमापनि छिट्टै बिस्तार हुने टिप्पणी राजनितिज्ञहरुले गरेका छन ।





