डार्बीनका साथीले फैलाएछन् बेलायतभरि नेपाली गुराँस
कुराकानी बढ्दै जाँदा जेम्सले इटालिएन कलाकारबारे झण्डै सकेको । अब तिनै चार्ल्स डार्बीनका साथीबारे पो लेख्न खोजेको । तर आफूलाई धरमर रहेको सुनाए । मैले उनलाई सुझाएँ – हेर चार्ल्स डार्बीन बारेको आकर्षण कहिले मर्ला ? उनीसित संवन्धित, उनका असल मित्रसित संवन्धित, अझ उनका मित्रहरुले गरेका कामबारे लेखेको पुस्तकले त यसै चर्चा पाउँछ नी ।
चार्ल्स डार्बीनका एक असल मित्र रहेछन् जोसेफ डाल्टन हुकर । हुकरका पीता त्यतिबेला ज्योग्राफिकल सोसाइटीक प्रमुख रहेछन् बेलायतका । बाउको छाप पर्ने नै भो । उनैका बाउले उनलाई हिमाली क्षेत्रको फूल र बनस्पती संकलन गर्न पठाएका रहेछन् ।
उनी ११ नोभेम्बर १९८७ मा बेलायतबाट हिँडेछन् एसिया । १६ अप्रिल १८४८ मा खच्चडमा चढेर दार्जिलिङ । बेलायती कूटनितिज्ञ ब्रायन हड्सनको सहयोगमा इस्ट इन्डिया कम्पनी सरकारसित अनुमती लिएर सिक्किम हुँदै बंगाल पुगे । त्यहाँका वनस्पती जम्मा गरेछन् र जनावर देखेपछि तिनको क्रियकलापबारे आफ्ना साथी चार्ल्स डार्बीनलाइ बयान गरेर पत्र पठाएका रहेछन् (हेर्नुस् डार्बीन र हुकरबिच भएको पत्र आदानप्रदान) । टिस्टा नदी पार गरेर २७ अक्टोबर १८४८ मा स्थानिय केहि मानिसको सहयोगमा उनी नेपाल छिरेछन् । उनी नेपालको पूर्वी सिमा पशुपतीनगरबाट छिरेको जेम्स बताउँछन् । कञ्चनजंघा हिमालतिर गएछन् त्यहिँबाट। त्यहि क्षेत्रमा उनले भक्कु जम्मा पारेछन् फूल र वनस्पती । नेपालको सिमापनि उनी कुनै अनुमती नलिइकनै छिरे ।
चार्ल्स डार्बीनका एकदम मिल्ने साथी हुकर । उनले डार्बीनलाई आफ्नो यात्राबारे सुनाइराख्ने गर्थे । यतिसम्मकी डार्बीनको विश्व हल्लाउने किताब सर्भाइबल अफ द फिटेस्ट भन्ने पुस्तक लेख्नु अघि डार्बीनले हुकरलाई सुनाएका रहेछन् – हुकर मेरो दिमाखमा यस्तो यस्तो आएको छ । म लेख्ने सुर कस्दै छु । कसैलाई नसुनाउनु है यसबारे ? हुकर कतिसम्म मिल्ने साथी रहेछन् भने त्यसलाई उनले पुरै गोप्य राखेछन् ।
जेम्सलाई केपनि जानकारी रहेछ भने हुकरले त्यतिबेलै नेपालबाट मात्रै तिन ट्रक फूल र वनस्पती ल्याएका रहेछन् बेलायत । त्यतिबेला बेलायतमा हाम्रो हिमाली क्षेत्रका लाली गुराँस नभएकै त होइनन् । फाट्टफुट्ट मात्रै रहेछन् । बेलायत भरि फैलाउने, थरी थरीका लालिगुराँसलाई बेलायतको घरघरमा पुर्याउने, बेलायतीको आकर्षण बढाउने काम चाहिँ यीनै हुकरले गरेका रहेछन् । रमाइलो के छ भने हुकर संवन्धि वेभ साईटमा पनि लोगोनै हाम्रै देशतिर पाइने लाली गुराँसको छ । यसलेपनि देखाउँछकि उनी हाम्रा वनस्पतीमा चाख राख्थे । बेलायतमा सबै खाले लालिगुराँस भित्र्याएकोपनि हुकरले नै हो भन्ने सुनाउँछन् जेम्स ।
हुकरका मिल्ने साथी नेपाल गएका । नेपालका फूल र वनस्पती ओसारेका । त्यहाँ हुँदा डार्बीनलाई आफ्नो यात्रा बारे ब्याख्या गरेका । डार्बीनपनि वनस्पतीमा चासो राख्ने ब्यक्ति । नेपालको बारेमा डार्बीन त्यतिबेलै जानकार रहेको तथ्य बुझिन्छ । डार्बीनका अध्ययन अनुसन्धानहरु खोतल्न सक्ने हो भने नेपालीको लागि महत्वपूर्ण दस्तावेज, सामाग्रि वा खोज हातलाग्न सक्छ ।
हुकरकै बारेमा अध्ययन गर्ने हो भनेपनि नेपालबारे निकै तथ्यहरु पत्ता लगाउन सकिन्छ । उनले ल्याएर बेलायती घरघरै पुर्याएका वनस्पतीबारे मात्रै पर्याप्त प्रचारप्रसार गर्न सक्ने हो भनेपनि प्रक्रितिका पूजारी बेलायतीहरुबाट निकै फाइदा लिन सकिँदो हो । तर त्यो काम गर्ने कसले ? बिदेशामा बसेका नेपालीलाई यस्ता खोजबिनमा खासै चासो छैन । दूतावासले गर्ला भनौं भने आरामगर्न आउने मानसिकता छ । केहि गर्छु भनेर यस्सो गोडा उचाल्नेकापनि छिमल्ने मानसिकता भएका लम्पटहरु राजदूत भएर आउँछन् । कि त नेपालबाट लर्को लाग्ने पाहुना पाल्दै ठिक्क हुन्छ तिनलाई । गतिलो नीति छैन । देशमा सरकार भन्ने नामनिशान छैन । हाम्रो काम त उहि बिदेशीले केहि खोजिदिए भने दंग पर्ने, केहि लेखिदिए भने पढ्ने न हो । जाला त बेलायत बस्ने कुनै नेपालीको ध्यान यतातिर ?





