‘झापड रेग्मी’ लाई १० हजार पुरस्कार / दोस्रोले हाने २० हजार
देवीप्रसाद रेग्मी अर्थात ‘झापड रेग्मी’ ले एमाले अध्यक्ष झलनाथ खनाललाई झाप्पड हान्नु हुन्थ्यो कि हुन्थेन ? कुटपिट, आक्रमण, हत्या र हिंसा जस्ता कुरा आपत्तिजनक भएपनि नेता देखि वाक्क भएर त्यसलाई जायज भन्ने जनताको जमात ठूलो छ । अधिकांश सर्वसाधारणले त्यसको स्वागत गरेका छन् ।
विगतमा नेतालाई सहयोग र साथ दिएका, तिनले आव्हान गर्नासाथ जुरुक्क उठेर मुठ्ठी उठाउँदै सडकमा ओर्लेकाहरु नै अहिले नेतालाई चड्कन लगाउने रेग्मीलाई स्याबासी दिइरहेका छन् । त्यस्तै मध्येका एक हुन् हाल क्यानडा निवासी राजबर्सिंह थापा । झलनाथलाई झापड हान्ने रेग्मीको साहस र आँट देखि यति उत्साहित बने की उनले रेग्मीलाई १० हजार रुपियाँको पुरस्कारनै घोषणा गरेका छन् ।
उनले नेपालप्लसलाई इमेल लेख्दै आफ्नो तर्फबाट देवीप्रसाद रेग्मीका लागि आफ्नो तर्फबाट दश हजार रुपियाँको पुरस्कार घोषणा गरिदिन आग्रह गरेका हुन् । आफूले क्यानडाबाट उक्त रकम पठाइदिने र नेपालमा उनका परिवार वा उनलाई उक्त रकम हस्तान्तरण गरिदिन अनुरोधपनि गरे ।
क्यानडामा उनीसित के फालाफाल छ पैसा ? धनीमानी रवाफिला व्यक्ति हुन् ? होइन । सामान्य अन्य नेपाली झैँ उनको पनि त्यहाँ दैनिकी चल्छ । जीवन जिउँदै छन् । देश भीरबाट गुल्टिनै लागिसक्दापनि नेताले सपार्नुको साटो झन् बिगार्दै लगेकाले त्यस्तो बेला केही गर्न नसकेर रमिते बनिरहेका बेला देवी प्रसाद रेग्मीको चिन्तन र चिन्ताबाट आफू प्रभावित बनेको उनले बताए ।
देशलाई चुसेको, ठगेको भन्दै उनले नेताहरुप्रति जति आक्रोस पोखेका छन् उतिनै देवी प्रसाद रेग्मीको प्रशंसापनि गरेका छन्- “राजनीतिको नाममा सधै देश र जनतालाई बन्दकी राखेर देशलाई लुट्ने। गरिब जनताले तिरेको करको दुरुपयोग गर्ने चोर नेता, सधै पद लोलुपताको पछाडी दौडिने, देशको लागि नसोच्ने हिँजडाहरुलाई थप्पड लगाउन हिम्मत गर्ने बिर नेपाली हुन उनी। चोर स्यालहरुको आँखा खोलिदिने र देशको लागि मर्न तयार रहने देवी प्रसाद रेग्मीलाई मेरो सलाम ।
सामान्य गरिब परिवारका उनको साहसलाई सम्मान गर्नु पर्ने उल्लेख गर्दै उनले लेखेका छन्- “यस्तो वीर पुरुषको सम्मान गर्नै पर्छ मैले । यस्ता महान् सपूतलाई आदर गर्नै पर्छ ।” त्यस्ता फटाहा, स्यालहरूलाई ठोक्न सक्ने उनीमा कत्रो आँट ? प्रशंसा गरे थापाले । आफूले दिने १० हजार रुपियाँ ठूलो नभएपनि उनीप्रतिको सम्मान भएको उनले बताए । त्यसरी चड्कन लगाएर नेतालाई सचेत पार्ने यदि कुनै दोस्रो व्यक्ति देखा परे उसलाई आफूले २० हजार रुपियाँ पुरस्कार दिने घोषणापनि उनले गरेका छन् । रेग्मीका परिवारलाई उनले घोषणा गरेको १० हजार रुपियाँ पुरस्कारका लागि सम्पर्क गराइदिन अनुरोध छ । नेपालप्लसको यो इमेलमा सम्पर्क गर्न सकिने छ-





