पेरिसमा पहिलो तमु ल्होसार (भिडियो ब्लग)

तमु समाज संयोजन समितीले हिजो पहिलो पटक पेरिसमा आफ्नो पर्व ल्होसार (गुरुङ जातिको नयाँ वर्ष) मनायो । अफ्नो भाषा संस्क्रिति, संस्कार, पर्व र आफ्नो पनलाइ जगेर्ना गर्ने, दुख सुख साँट्ने हिसावले ल्होसार मनाए । गुरुङ जातिको भनिएपनि सबै जात र जातिका नेपालीलाइ निम्ता गरे । त्यसैले यो जाति विशेष भन्दा पनि सबै नेपाली मिलेर रमाउने, एकले अर्कोलाई सहयोग र सद्भाव राख्ने हिसावले मनाए । असाध्यै छोटो समयमा आयोजना गरिएपनि असाध्यै राम्रोसित सफल पारे ।

ल्होसार रामजी गुरुङ, पुष्प गुरुङ (अनिता दिदी) र देवीजंग गुरुङ (माईला भेना) को पोखरा रेस्टुरेन्टमा भएको हो । मिठा मिठा गुरुङ गीत गाए । नाचे । कार्यक्रममा आफ्नो न्रित्य देखाउने धेरै थिए । सानी नानी आदिती हमालले समेत बिना संकोच आफ्नो न्रित्य देखाएर दर्शकलाई छक्कै पारिन । स्वागत मन्तब्य दिँदै फ्रान्सकालागि नेपाली राजदूत मोहन क्रिष्ण श्रेष्ठले नेपालको विविध भाषा, संस्क्रिति, संस्कार र परम्परा रहँदा रहँदैपनि सारा नेपाली एक भएर मिलेर बस्न सक्नु नेपालीको महानता र ठूलो सम्पत्ती भएकाले यसमा गौरव गर्नुपनि औंल्याए।



(फोटो फिचरपनि आउँदै छ हेर्दै गर्नुहोला)

तपाइँको प्रतिक्रिया