छोराछोरी भएरपनि यो कस्तो जीवन !

शिव सापकोटा / भियना, अस्ट्रिया

एक दिन आफ्नो कामको सिलसिलामा अस्ट्रियाको राजधानी भियना शहर भन्दा ५० किलोमिटर बाहिर तुल्न नामक एक शहर पुगेको थिएँ । डेलीभरि गर्दै जाँदा बूढाबूढीहरू बसोबास गर्न र तिनको हेरचाह गर्न बनाइएको रातो रङले पोतिएको एउटा भवनमा पुगेँ । बाहिरबाट सिसै सिसा लगाइएको छ । त्यहाँ धेरै असक्त बूढाबूढी थिए । उनीहरूको लागि स्याहार सुसार गर्ने केही मानिसहरू पनि त्यहाँ देखिन्थे ।

एकजना शरीरलाई कुप्रो बनाउँदै हिँडेका बुढा मेरो छेउमै आएर टक्क अडिए । उनकै जर्मन भाषामा सोधे – तिमी कुन देशबाट आएका हौ ? मैले नेपाल भनेर आफ्नो देशको नाम गर्वकासाथ सुनाएँ । त्यो सुन्नासाथ उनी निकट झैँ बनेर ४० वर्ष पहिले नेपाल गएको सुनाए । गफिँदै जाँदा उनले भने- अहिले उमेरले डाँडो काटेपनि म कुनै दिन तिमी जस्तै तन्नेरी थिएँ । जागिर थियो । मेरी श्रीमती थिइन । मेरा एक छोरो र एक छोरी थिए । यति भन्दै गर्दा उनी एउटा भन्दै एउटा काठको कुर्चिमा बसे । अनि उनले मलाई नजिकै बोलाएर जिज्ञासा राखे- तिमी कति वर्षका भयौ ? उमेर बताइदिएपछि मेरा मनमा केही बेर कुरा खेले- किन यी बाजेले यसरी मसँग कुरा गर्न खोजे होलान् ?

फेरी आफैँले आफू लाइनै सोधेँ – शायद म त्यो उमेरमा भएको भए पो उनको पीडा बुझ्न सक्दो हुँ । फेरी उनैले भनेको ‘म कुनै दिन तिमी जस्तै तन्नेरी थिएँ’ भन्ने कुरो याद आयो । अनि एकछिन म आँखा चिम्लेर मैले आफूलाई उनैको उमेरको एक ब्रिद्द बनेर अनुभव गर्न खोजेँ । उनले सुस्त आवाजबाट सोधे- किन निदाए झैँ गरेको ? म मुसुक्क हाँस्दै उनकै नजिकै गएँ । र मेरा हातमा भएका केही पुस्तकहरूको प्याकेटे भुइमा राख्दै उनलाई जवाफ फर्काएँ- म निदाएको हैन । तपाइ जस्ता उमेरका मानिसहरूसँगको अनुभव सुनेर खुशिले आँखा बन्द भएका हुन् ।

मैले उनका कुरा सुनिरहँदा अब उनी झन् गम्भीर बने । पारिवारिक वेदना सुनाउन लागे । जीवनमा छोरा छोरी भए के के न होला भनेर खुशि र हर्षका फोहोर छुटाए जति बेला उनी शारीरिक रूपमापनि सबल थिए । हुर्काए । बढाए । परिवारकै सपना देखे । परिवारकै खुशिमा रमाए । तिनैकालागि सोचे । अहिले जब उनी अशक्त बने ती छोरा छोरी कहाँ छन् उनैलाई पत्तो रहेनछ । आफूलाई असाध्यै माया गर्ने श्रीमती ढलेको पनि उनले बाध्य भएर सहे । भने- मेरी पत्नीले मलाई असाध्यै माया गर्थी । आज उ छैन मसित । उसले दिने मायापनि सँगै लगि । मैले छोरा छोरीको लागि धेरै कमाइदिएको थिएँ । जीवन सबै बेकार रहेछ ‘ यति भन्दै मेरो अनुहारतिर फर्के । मैले उनलाई सोधे- तपाईलाई बाहिर घुम्न जान मन छ  ?

त्यतिन्जेलसम्ममा निकै मानिस हाम्रै अगाडिबाट ओहोर दोहोर गरिसकेका थिए । खैरो कपाल, सेतो छाला भएको बूढोसित कालो कपालको कुनै विदेशी ठिटो बसेर गफ मारिरहेको देख्नेहरु अचम्म मानेर हेर्दै थिए । मलाई भने ती बुढा मान्छेलाई हतमा समातेर बाहिर घुमाउने इच्छा आयो । काममा पुग्न ढिला हुन लागिसकेको थियो । मैले उनलाई अर्को पटक लामो समय लिएर भेट्न आउने आश्वासन दिएँ ।

अनी तपाईंसँग लामो कुरा गर्ने छु भन्दै कुर्सीबाट उठेर बाहिर निस्कन लागेँ । फेरी उनले मलाई हातको इशाराबाट बोलाउँदै गरेको देखेँ । फेरी फर्केर गएको त उनले सोधे– तिमी सँग २ युरो छ ? म खुशी हुँदै भनेँ ‘छ किन नहुने २ युरो ? १० युरो दिन खोज्दा उनले लीन मानेनन् । उनले भने ‘ मलाई २ युरो मात्रै देउ’ । उनलाई २ युरो दिएर दान्के भन्दै उनकै भाषामा धन्यावाद टक्र्याएँ । आफूलाई काममा पुग्न हतार भइसकेको थियो । तैपनि म आफूलाई तीनै बुढा बुढीको उमेरको पिडा सुन्न अझ जिज्ञासु बन्दै थिएँ । बाहिर निस्केपछि म पनि तीनै दिनको पर्खाइमा छु भन्ने कुरा महसुस भयो । आफू तन्नेरी छु भन्ने कुरा बिर्सेंछु । काममा पुग्दापनि ती बुढाका कुरा सम्झिरहें । घर आइपुग्दापनि स्म्रितिबाट उनका पिडाले ठाउँ छोडेनन् । लाग्यो- मैले उनलाई सधैँ जीवनभरि साथ दिन, उनका छोरा छोरीको भूमिका खेलिदिन न नसकौंला । तर फेरी उनका कुरा एक पटक धित मरुन्जेल सुनेर उनको मन हल्का पारिदिन त सक्छु । केहिबेर भएपनि खुशि दिन त सक्छु । कुनै दिन फेरी भेट्ने छु !!!!!!!!!!!

तपाइँको प्रतिक्रिया