विकिलिक्स र आसान्जेलाइ बचाउन सहयोग गर्नुस् है ?
अमेरिकी दूतावास र उसको विदेश मन्त्रालयका २ लाख ५१ हजार २ सय ८७ पत्राचार विकिलिक्स वेबसाइटबाट खुलासा गर्ने सार्वजनिक भएपछि त्यसका प्रमुख जुलियन आसान्जेको जिवन अहिले असुरक्षित छ । उनलाई हत्या गर्ने मनशायले अमेरिकाले स्विडेन सूपुर्दगी गर्नुपर्ने माग गरिरहेको छ ।
अहिले सबैभन्दा बढि आक्रोशित अमेरिका छ । किनभने प्रजातन्त्रको मुकुन्डो लगाएर सबैभन्दा बढि अत्याचार र आतंक उसैले फैलाएको रहेछ । तिनै कर्तुतहरु विकिलिक्सले सार्वजनिक गरिदिएपछि विकिलिक्सका प्रमुख आसान्जेको हत्या गर्नुपर्ने माग अमेरिका लगायतका केहि मुलुकले गरिरहेका छन् उनमाथि अपराधी र आतंककारीको आरोप लगाएर । तर अधिकांश कानुनविदका अनुसार उनले कनुन उल्लंघन गरेको ठहरिँदैन । उनका बिपक्षी एकातिर छन् भने अर्कोतिर उनको पक्षमा लहर बढ्दो छ ।
उनलाइ बचाउन विश्वभरिबाट उनको पक्षमा आवाज उठाउनु जरुरी छ । उनको जिवन रक्षा होस् भन्ने पक्षमा तपाई हुनुहुन्छ भने क्रिपया यो लिंकमा गएर आफ्नो समर्थन गरिदिनुस् । तपाई पहिलेनै Avaaz भन्ने संस्थाको सूचिमा हुनुहुन्छ भने ईमेल मात्रै राखिदिएपनि पुग्छ । नत्र भने त्यो भन्दा तल्लोमा गएर Name, Email, country, postcode, cell/phone भएर SEND मा क्लिक गरिदिनुस् भै हाल्छ । नेपालमा POSTCODE को तरिका नभएपनि अन्य कुनै पाँच वटा जति अंक राखिदिएर भर्न सकिन्छ । तपाई जुन देशमा भएपनि सकेसम्म नेपालकै नाममा भर्नु भयो भने त्यसले नेपालीहरुको सहभागिता देखाउने छ । यो समाचार लेखुन्जेलसम्म मा बिभिन्न देशका तिन लाख ५५ हजारले उनको पक्षमा सहि गरिसकेका छन् । यो हप्ता उनीहरुको लक्ष्य चार लाख समर्थन जुटाउने छ । तर उनको पक्षमा समर्थन त्यो भन्दा निक्कै बढि हुने देखिन्छ ।





