नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो)

नेपाली नेताले देश चलाउन सकेनन् । नेपाल असफल राष्ट्र भो । अब कुन देशले चलाउने भनेर युरोपेली परिषदमा छलफल चलिरहेको छ रे ।

एउटा कार्यक्रममा हामी केही साथी थियौँ । नेपालको बिग्रँदो राजनीतिक अवस्थाका बारेमा गफ हुँदै थियो । त्यति बेला एकजना मित्रले सुनाए । होइन होला भन्दापनि हो कि हो लगाए । कसलाई जानकारी होला ? सिधा सोध्दा कसैले भन्दैन भएपनि । उनैले भने- नेपालकालागि पूर्व फ्रान्सेली राजदूत मिसेल जोलिभेटलाई थाह छ । उसैसित सोध्नुस् त मिलाएर ।

तुरुन्तै सम्पर्क गरें । घरैमा बोलाए । शुरुमै त्यही प्रश्न सोध्दा न तर्सिने पो हुन् की भन्ने सोचेर सबै जिज्ञासा मेटिसकेपछि अन्तिममा भूमिका बाँध्दै लगेर सोधेँ । उनले नेपाल पुरै असफल राज्य भैनसकेको । आधा भने असफल भएको बताए । अन्य कुनै देशले चलाउने विषयमा चर्चा चलेको भन्ने कुरा चाहिँ उनले अस्विकार गर्दै भने- त्यो होइन । असफलनै भैसकेको राज्य कसले चलाउँछ ? भिडियो हेर्नुस है त ?

तपाइँको प्रतिक्रिया